
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२रसुवा बाढी : ७८१ जनाको शव भेटियो
काठमाडौँ । सर्लाहीको हरिवन नगरपालिका नयाँ रोडस्थित मानव सेवा आश्रममा एक महिलामाथि निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ। यो घटनामा पीडित पक्षले दिएको उजुरी प्रहरीले लिन मानेको छैन।
हरिवन नगरपालिका–१ पटौना टोलकी २९ वर्षीया रेखाकुमारी कार्कीमाथि गत कार्तिक ८ गते आश्रममा निर्घात कुटपिट भएको थियो। मानसिक रोगको उपचारका लागि भन्दै गत कार्तिक ३ गते कार्की आश्रम गएकी थिइन्।
केही दिनपछि आश्रमबाट सञ्चालक सदस्य सुकदेव कार्कीले रेखाकुमारीकी आफन्तलाई फोन गरेर उनलाई लैजान आग्रह गरेका थिए। सञ्चालक कार्कीले रेखाकुमारीकी दाजु नवीन कार्कीलाई फोन गरेर ‘तपाईको मानिस हामी राख्न सक्दैनौं, घर लैजानुस्’ भनेका थिए।
‘तपाईको मान्छेलाई हामीले राख्न सकेनौँ घर लैजानुस् भन्दै सुकदेवले फोन गर्नुभयो,’ कार्कीले भने, ‘घर आउँदा दिदीको शरिरभर कुटपिट गरेको निलडाम र घाउ थियो, संवेदनशील अंगमा पनि चोट छ। बिरामी मेरी दिदीलाई यसरी किन कुटपिट गरियो ?’
रेखाकुमारीकी परिवारले यस घटनामा दोषीलाई कानुनी कारबाही हुनुपर्ने माग राख्दै गत कात्तिक १० गते इलाका प्रहरी कार्यालय हरिवनमा उजुरी दिएको थियो, तर प्रहरीले उजुरी लिन मानेन।
‘आश्रमले सहयोग गरिरहेकोले मिलेर जाऊ भन्दै प्रहरीले उजुरी लिन मानेन,’ रेखाकुमारीका दाजु नवीनले भने, ‘आश्रमले हामीलाई हरेक कुरामा सहयोग गरेको छ, ऊविरूद्ध उजुरी लिन मिल्दैन भनेर इन्स्पेक्टरसाबले भन्नुभयो, उजुरी दर्ता गरेनन्।’
त्यसपछि न्याय माग गर्दै पीडित परिवार जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयसमेत पुगेका थिए। तर त्यहाँ पनि उजुरी नलिने भएपछि सरकारी वकिल कार्यालयमार्फत् जाहेरी दिने तयारी गरेको कार्कीले बताए।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान