
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२रसुवा बाढी : ७८१ जनाको शव भेटियो
काठमाडाै । नेपाल बार एशोसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि प्रश्न उठेकाले उनले मार्ग प्रशस्त गर्दा नै राम्रो हुने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रधानन्यायाधीशको पद सम्मानित पद भएकोले उनको सहज ढंगले बहिर्गमन हुनेमा आफूहरू विश्वस्त रहेको सुनाएका हुन् ।
उनले भने, ‘हामीले भद्र कार्यक्रम गरिरहेका छौँ । हामीले अदालत बहिष्कार गरेका छैनौँ । इजलास हामीले बहिष्कार गरेका छैनौँ । अदालतमा मुद्दा सुनुवाइ गर्न स्थगित गर्न भनेका छैनौँ । अहिलेको अवस्थामा प्रधानन्यायाधीशको सहज बहिर्गमन नै सही विकल्प हो । पद परित्याग गर्नेहरूको नाम भोलि सुनौलो अक्षरले लेख्न सकिन्छ । तपाईँमाथि प्रश्न उठ्यो, अहिले मार्ग प्रशस्त गर्नुहोस् । सम्माननीय प्रधानन्यायाधीशको प्रतिष्ठा र स्वतन्त्र न्यायपालिकाको रक्षाको लागि पनि मार्ग प्रशस्त गरिए उहाँको नाम सुनौलो अक्षरले इतिहास लेखिनेछ। उहाँले मार्ग प्रशस्त गरे सबैको हित हुन्छ ।’
उनले बारले हिजो नै भोलिदेखि आन्दोलनका कार्यक्रम सञ्चालन गरिने जनाए । उनले अहिले प्रधानन्यायाधीशको बारेमा प्रश्न उठेकोले आफूहरूले मार्ग प्रशस्त गर्नुहोस् भनेको स्मरण गराए । उनले आफूहरूले न्यायालयको स्वतन्त्रता, निष्पक्षता, पारदर्शिता र जनताप्रतिको जिम्मेवारीको लागि सुरुदेखि नै धेरै विषय उठाएको बताए ।
उनले भने,‘हामीले त न्यायाधीश नियुक्त हुन योग्यहरूको नाम सार्वजनिक गर्नुहोस् भन्यौँ । प्रारम्भदेखि यी विषय उठाएका छौँ । न्यायालयको गरिमाको लागि हामीले सुरुदेखि नै आवाज उठाएका छौँ । राजनीतिक दलहरूको हस्तक्षेपविरुद्ध यी आवाज हामीले उठाएका छौँ । दलहरूबाट न्यायपालिकाका प्रमुखलाई प्रयोग गर्ने, भाग दिने, न्यायाधीशहरूलाई पदक दिने काम भयो । चरम उत्कर्षमा पुगिसकेको छ । सत्ता गठबन्धनमा रहेका दलहरूले खेलेको भूमिका, न्यायाधीशहरूलाई वितरण गरेको पदक, यी सबै गतिविधिले स्वतन्त्र न्यायपालिकाको गरिमा भङ्ग हुनेछ ।’
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान