
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
६रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
७गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
८कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
९अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१०रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
११कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१२काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
काठमाडौँ । सर्वोच्च अदालतका १५ न्यायाधीशले प्रधानन्यायाधी चोलेन्द्र शम्शेर जबराले राजीनामा दिनै पर्ने अडान राखेका छन् ।
मंगलबार १५ जना न्यायाधीशहरूसँगको सामूहीक भेटमा प्रधानन्यायाधीश राणाले कसैले राजीनामा माग्दैमा नदिने बताएपछि फेरि आन्तरिक छलफल गरेका न्यायाधीशरूले राणाले राजीनामा दिनै पर्ने अडान कायमै राखेका हुन् ।
प्रधानन्यायाधीशमाथि प्रश्न उठिसकेकाले उनले राजीनामा नदिइ न्यायपालिका सञ्चालन गर्न सम्भव नरहेको निष्कर्षमा यथावत रहेको बैठकमा सहभागी एक न्यायाधीशले बताए ।
वरिष्ठतम न्यायाधीश दीपक कार्कीसहित भएको १५ न्यायाधीशको छलफलमा अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन बुधबार साढे ११ बजे फेरि बैठक बस्ने तय भएको छ ।
मंगलबारको छलफलमा वरिष्ठतम न्यायाधीश कार्कीसहित न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन् ।
बिदामा रहेका न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपनामल्ल प्रधान र तेजबहादुर केसी बुधबार दिउँसोसम्म भ्रमण छोट्याएर आइपुग्दैछन् । उनीहरुले पनि सामूहीक निर्णयमा ऐकेबद्धता जनाउने जानकारी गराइसकेको छन् ।
अमेरिकामा रहेका न्यायाधीश ईश्वर खतिवडाले पनि राणाले राजीनामा दिनुपर्ने सबै न्यायाधीशहरुको धारणामा सहमति जनाएका छन् । सर्वोच्च अदालतमै एक्लीएका राणा भने वर्तमान सत्तारुढ गठबन्धनले महाअभियोग या अन्य कदम नचाल्ने बचन दिएकाले राजीनामा नगर्ने अडान राख्दै आएका छन् ।
चौतर्फी दबाब र न्यायाधीशहरुले इजलास वहिष्कार गर्दा पनि प्रधानन्यायाधीश राजीनामा नदिने अडानमा पुगेपछि सर्वोच्च अदालतमा संकट देखिएको छ ।
स्वचालित पेशी प्रणाली लागू गर्न अनिच्छा जनाएका जवरामाथि कयौँ भ्रष्टाचार काण्डमा भएका फैसला, पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दा तथा न्यायपालिकाको सुधारमा नलागेर सत्ता चलाउन भागवण्डा खोजेको आरोप लागेपछि न्यायीक वृत्तबाटै उनको राजीनामा मागिएको छ ।
आज पनि भएन सुनुवाइ
प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादले मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलासमा गरी दुई सय १६ मुद्दाको सुनुवाइका लागि पेसी तोकेका थिए । तर ती कुनै पनि इजलासमा मुद्दा सुनुवाइ भएन ।
सोमबार पनि प्रधानन्यायाधीश जबराले आफूबाहेकका न्यायाधीशका लागि पेसी तोकेका थिए । तर, सुनुवाइ हुन सकेको थिएन ।प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने माग राख्दै आएका न्यायाधीश अघोषित इजलास वहिष्कारको अभियानमा छन् ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !