News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

तरुण दलको स्थापना दिवसमा मुटु रोगीलाई सहयोग

पोखरा । नेपाल तरुण दलको ६८ औं स्थापना दिवसको अवसर पारेर नेपाल तरुण पोखरा महानगरले पोखरा ३१ वेगनासका मुटुरोगी कर्ण बहादुर दुरा ९दुरा कान्छा० लाई रु ३४ हजार २ सय ६३ रुपैयाँ सहयोग गरेको छ। पुर्व तरुण सदस्य समेत रहेका दुरा विगत एक वर्ष देखि मुटु रोग बाट पिडित छन् ।

अमेरिकन समाज कास्कीका अध्यक्ष कुल प्रसाद गुरुङ, राजेन्द्र सेन्चुरी, नेत्र केसिको पहलमा तरुण दल कास्की निर्वाचन क्षेत्र नं १ का महाधिवेशन प्रतिनिधि सुरज जंग राणाको संयोजकत्वमा तरुण दल पोखरा महानगरका अध्यक्ष सागर गुरुङ, जिल्ला सदस्य राम रानाभाट लगायतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो।

राजनीति भन्दा माथि उठेर सबैले सहयोग गर्न सके कठिन परिस्थितिमा रहेका धेरै नागरिकलाई सहयोग मिल्ने तरुण नेता तथा संयोजक राणाले बताउनुभयो। थप उपचारका लागि शहिद गंगालाल हृदय रोग केन्द्र पुगेका दुरालाई केही समय अघि कोरोना संक्रमण देखिपछि त्यसलाई जितेर शल्यक्रियाको तयारीमा रहेको परिवार श्रोतले बताएको छ।

यस अघि वेगनास युवा क्लवका पूर्वअध्यक्ष महेश पौडेलको संयोजकत्वमा ‘दुरा कान्छा बचाउ अभियान’ले ४ लाख ५२ हजार रुपैयाँ संकलन गरेर हस्तान्तरण गरेको थियो।