News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

धुलिखेल जिपलाइनमा प्रचण्ड सरर….

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुलिखेल पुगेर जिपलाइन गरेका छन् । उनी पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेका हुन् । उनी सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्टबाट फर्कने क्रममा परिवारसँगै जिपलाइनको मज्जा लिन पुगे ।

साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताए। पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाइ छ। जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दूरी ११ सय मिटर छ।

डनन्यूज ट्रेन्डिङ