
१रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
२आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
३पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
४सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
५युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
६महान्यायाधिवक्ताको विवादास्पद निर्णय
७नेपाली काँग्रेसको सभापतिमा गगन थापा
८तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
९पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१०राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
११सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
यंगुन । म्यान्मारमा देशको शासनसत्ता सेनाले लिने कदमको विरोध गर्दा पक्राउ परेका साढे पाँच हजारभन्दा बढी मानिसलाई मुक्त गर्ने घोषणा सैन्य सरकारले गरेको छ।
गत फेब्रुअरीमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि रक्तपातपूर्ण विरोधप्रदर्शनहरू भएका थिए। त्यस क्रममा हजारौँ मानिसहरू पक्राउ परेका थिए भने सयौँ जनाको मृत्यु भएको थियो।
म्यान्मारका सैन्य नेता जेनरल मिन ओङ ह्लाइङले मानवीय कारणले ५,६३६ बन्दीलाई रिहा गरिने बताएका छन्।
सेना प्रमुखलाई राजनीतिक सङ्कट अन्त्य गर्नका लागि पर्याप्त कदम नचालेको भन्दै एउटा वार्षिक क्षेत्रीय सम्मेलनमा आमन्त्रण नगर्ने निर्णय गरिएको केही दिनमा नै यस्तो घोषणा भएको हो।
दक्षिण पूर्वी एशियाली देशहरूको सङ्गठन ९आसियान०ले जेनरल मिन ओङ ह्लाइङको सट्टा म्यान्मारबाट एकजना गैरराजनीतिक व्यक्तिलाई निम्तो गर्ने निर्णय गरेको थियो।
एउटा निगरानी समूहका अनुसार म्यान्मारमा आङ सान सू चीलाई सत्ताबाट हटाइएपछि गरिएको दमनका क्रममा कम्तीमा १,१७८ जनाको मृत्यु भएको छ भने ७,३५५ जनलाई पक्राउ गर्नेदेखि अभियोग लगाउने र सजाय दिने काम भएको छ।
सेना प्रमुख मिन ओङ ह्लाइङले अक्टोबर महिनाको अन्त्यतिर पर्ने एउटा महत्त्वपूर्ण बौद्ध पर्वलाई ध्यान दिएर उनीहरूलाई रिहा गरिन लागेको बताए।
टेलिभिजनमा बोल्दै सेना प्रमुखले सैन्य नेताहरू शान्ति र लोकतन्त्रका निम्ति प्रतिबद्ध भएको बताए। उनले उनको सरकारले प्रजातन्त्र पुनर्स्थापना गर्न पाँच चरणको योजना बनाएको बताए।
अधिकारीहरूले सैनिक कूको विपक्षमा प्रदर्शन गरेका दुई हजार आन्दोलनकारीलाई गत जुलाईमा रिहा गरेका थिए।
आसियानले शुक्रवार बसेको उक्त सङ्गठन आबद्ध देशका विदेशमन्त्रीको आपत्कालीन बैठकमा म्यान्मारको सेनालाई अक्टोबर २६ देखि २८ सम्म हुने शिखर बैठकमा प्रतिनिधित्व गर्न दिने या नदिनेमा सहमति नभएको जनाएको थियो।
सदस्य देशका आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने परम्परा रहेको १० सदस्यीय क्षेत्रीय समूहले गरेको उक्त निर्णयलाई अभूतपूर्व भनिएको थियो।
उक्त समूहले म्यान्मारका सैन्य नेताहरूले संवाद र द्वन्द्व कम गर्ने आफ्ना वाचा पूरा गर्न नसकेको र आफ्ना प्रतिनिधिहरूलाई अहिले नजरबन्दमा राखिएकी आङ सान सू चीलाई भेट्न नदिइएको उल्लेख गरेको थियो।
गत अप्रिलमा आसियानले म्यान्मारका सैनिक प्रमुखलाई देशमा जारी हिंसात्मक दमन रोक्न र राजनीतिक बन्दी रिहा गर्न आग्रह गरेको थियो। एजेन्सी
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर