
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
एजेन्सी । नर्वेमा एक व्यक्तिले धनुष र तीर प्रयोग गरेर आक्रमण गर्दा ५ जनाको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् । राजधानी ओस्लोबाट दक्षिण–पश्चिममा रहेको कोंग्सवर्गमा यो घटना भएको हो । प्रहरीले स्थानीय समयअनुसार साँझ ६ बजेर १३ मिनेट जाँदा घटनाबारे पहिलो सूचना प्राप्त गरेको थियो ।
प्रहरी प्रमुख ओयभिन्ड आशले संदिग्धलाई पक्राउ गरिसकेको र हालसम्म उनले एक्लै यो घटना घटाएको पाइएको जानकारी दिएका छन् । प्रहरीले यो घटना आतंकवादसँग सम्बन्धित रहेको या नरहेकोबारे अध्ययन गर्ने पनि बताएको छ । प्रधानमन्त्री एर्ना सोल्बर्गले घटनालाई ‘भयानक’ भएको संज्ञा दिएकी छन् ।
आक्रमणकारीले शहरको पश्चिमी क्षेत्रमा रहेको कुप एक्सट्रा सुपरमार्केटमा यो आक्रमण गरेको बीबीसीले जनाएको छ । घाइते हुनेमा एक प्रहरी पनि रहेका छन् । उनी आक्रमणको समय त्यही पसलमा रहेको बुझिएको छ । सुपरमार्केटका प्रवक्ताले घटनामा कर्मचारी सुरक्षित रहेको जानकारी दिएको छ । प्रहरीले साँझ ६ बजेर ४७ मिनेट जाँदा आक्रमणकारीलाई नियन्त्रणमा लिन सफल भएको थियो ।
एक प्रत्यक्षदर्शीले टीभी२ सँग कुराकानी गर्दै उनले एक व्यक्तिलाई धनुष र तीर बोकेको देखेको र त्यसपछि मानिसहरु भागभाग भएको बताइन् । अधिकारीहरूले आक्रमणकारीले घटनामा अन्य हतियारको प्रयोगबारे पनि अनुसन्धान गरिरहेका छन् । यसअघि सन् २०११ मा नर्वेमा भएको आतंकवादी हमलामा ७७ जनाको मृत्यु भएको थियो ।