News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद प्रमुख समाचार

साविक विजेता मुम्बई आईपीएल क्रिकटबाट बाहिरियो

काठमाडाैं । अबुधाबीमा शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरवादलाई ४२ रनले हराए पनि रन रेटमा पछि पर्दै मुम्बई लिग चरणबाटै बाहिरिएको हो ।

मुम्बईले १४ खेलमा १४ अंक जोडेपनि कोलकाता नाइट राइडर्ससँग नेट रन रेटमा पछि पर्दै मुम्बई प्ले अफ पुग्न असफल भयो ।

मुम्बईले दिएको २ सय ३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरवादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो।

हैदरावादका कप्तान मनिस पाण्डेले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै जासन रोयले ३४ तथा अविशेक शर्माले ३३ तथा प्रियम गार्गले २९ रन बनाए । मुम्बईका जस्प्रित बुम्राह,नाथन कल्टर र जेम्स निशमले २/२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन जोडेको थियो । मुम्बईका इशान किशनले ८४ रनको अर्धशतकीय इनिङ्स खेल्दा सूर्यकुमार यादवले ८२ रनको अर्धशतकीय इनिङ्स खेले ।

हैदरवादका जासन होल्डरले ४ तथा राशिद खान र अविशेक शर्माले २/२ विकेट लिए ।