
१आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
२रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
३आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
४पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
५सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
६युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
७महान्यायाधिवक्ताको विवादास्पद निर्णय
८नेपाली काँग्रेसको सभापतिमा गगन थापा
९तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
१०पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
११राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
दोहा । नेपालीहरुको प्रमुख श्रम गन्तब्य रहेको कतारले गैरकानुनी रुपमा बसेका विदेशी कामदारलाई आममाफी दिने घोषणा गरेको छ ।
कतारमा आईडीको म्याद सकिएका, बिना वर्क परमिट काम गरिरहेका तथा पारिवारिक भिसाको नियम पालना नगरेकासहित बिभिन्न कारण कतारमा गैरकानुनी रुपमा बसेका कामदारहरुलाई सजाय र जरिवाना बिनै आममाफी दिन लागेको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आममाफी प्रकृयामा सहभागी हुन चाहनेहरुले कतारको सर्च एन्ड फलो अप डिपार्टमेन्टमा वा आन्तरिक मन्त्रालयको उम सलाल, उम सुनैम, मेसाइमिर, अल वक्रा र अल रयान सर्भिस सेन्टरमा दिउँसो १ बजेदेखि बेलुका ६ बजे भित्र आफ्नो नाम दर्ता गराउन सकिने जनाएको छ ।
आममाफी प्रक्रिया आइतबार अर्थात् अक्टोबर १० मा सुरु भएर डिसेम्बर ३१ सम्मको समयसीमा तोकिएको मन्त्रालयले जनाएको छ । कतार सरकारको यो निर्देशन २०१५ को कानून नं २१ को प्रावधान अन्तर्गत आप्रवासीहरुको बसाई तथा बाहिरिने नियम अन्तर्गत जारी गरिएको जनाएको छ ।
कतार सरकारले आममाफी दिने निणर्य गरेसंगै यहाँ गैरकानुनी रुपमा बसेका थुप्रै नेपाली कामदारहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । कतार के कति नेपाली गैरकानुनी कार्यरत छन् भन्ने बारे केहि जानकारी नभएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कानुनी रुपमा कार्यरत छन् । जसममा ११ हजार ९० जना महिला पनि कार्यरत छन् ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर