
१राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
२फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु
३सुकुको हत्यामा जन्मकैद भएका सञ्जय जेनजी आन्दोलनमा जेलबाट भागेर नवलपुरमा लिए जिउनरामको ज्यान
४अध्यादेशले खोस्यो ठगहरूको राजनीतिक ‘सुरक्षा कवच’
५सहकारी क्षेत्रमा आमूल परिवर्तन
६रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा २० जनाको मृत्यु
७‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
८‘दयाशंकर पालिखे पत्रकारिता’ सम्मानबाट सूर्यचन्द्र र कृष्णमणि सम्मानित हुँदैं
९नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
१०स्याङ्जामा लागूऔषधसहित फारुक अली र निशान थापा पक्राउ
११जबरजस्ती करणी मुद्दामा फरार रहेका हेम कुमार १२ वर्षपछि पक्राउ
१२हिमाली लेकहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
७सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
११पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
१२अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
पोखरा, २१ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुलुकमा जब संकट पर्छ तब कांग्रेसमाथि थप जिम्मेबारी आइलाग्ने बताएका छन् । नेपाली कांग्रेस पोखरा महानगरले दशैं, तिहार, नेपाल सम्वत, छठ तथा ईदको अवसर पारेर बिहीबार गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले पार्टीको स्थापनाकालदेखि नै यो प्रक्रिया निरन्तर चलेको बताएका हुन् ।
गएको चुनावमा कम्युनिस्टले २ तिहाइ ल्याएपछि नेपाली कांग्रेस निर्धक्कसँग प्रतिपक्षमा बसेपछि उनीहरुबीचकै कलहले संवैधानिक संकट निम्तेपछि कांग्रेस अघि सर्नु परेको उनले बताए । उनले भने, ‘चुनावका बेला कांग्रेससँग अत्तालिएर अप्राकृतिक गठवन्धन बन्यो, सरकार बनेदेखि नै खटपट सुरु भयो, आखिर गठवन्धन टुटेर छाड्यो ।’ कांग्रेस प्रतिपक्षमा बस्दा पनि रचनात्मक भूमिका खेलेको स्मरण गर्दै उनले अहिले सरकारमा रहँदा झनै जिम्मेवारी थपिएको भनाइ राखे ।
२०६४ को चुनावमा माओवादी ठूलो पार्टी बने पनि संविधानसभाले संविधान दिन नसकेको भन्दै त्यसका लागि पनि कांग्रेस नै अग्रसर हुनुपरेको स्मरण गरे । उनले भने, ‘विगतका घटनाहरुले हामीलाई पाठ सिकाएका छन्, विकास र समृद्धिका लागि काग्रेसकै नेतृत्व आवश्यक पर्ने रहेछ ।’ मुलुकमा भएका सबै खालका परिवर्तनका लागि कांग्रेसकै नेतृत्वदायी भूमिका महत्वपूर्ण रहेको पनि उनले दोहो¥याए ।
कांग्रेस अहिले १४ औं महाधिवेशनमा लागिरहँदा वडा, पालिका र हिमाली जिल्लामा चुनाव भइसकेको भन्दै उनले अब पार्टीलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए । पार्टीभित्र हुने आन्तरिक लोकतन्त्रका लागि चुनावी प्रक्रिया अपनाइ पनि यसलाई सहज रुपमा लिन उनले कार्यकर्तासँग आग्रह गरे । उनले भने, ‘जुझारु, सक्रिय, एक अर्काको अस्तित्व स्वीकार्ने कांग्रेस बनाएर अगाडि बढ्नुहोस, यही शुभकामना छ ।’
कास्की कांग्रेसको चिप्लेढुंगास्थित पार्टी कार्यालयमा भएको कार्यक्रममा प्रदेश मन्त्रीद्वय कुमार खड्का, बिन्दुकुमार थापा, पार्टीका पूर्व महामन्त्री तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा, शुक्रराज शर्मा, महादेव गुरुङ, कास्की सभापति कृष्ण केसी सहित नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।
नगर सभापति सुरेन्द्र बिजुक्छेले कांग्रेस संस्थापक बिपी कोइरालाले सुरु गरेको चियापान समारोहलाई जिल्ला र पालिकास्तरसम्म पनि निरन्तरता दिइएको बताए । आपसी भाइचार स्थापना र संगठन सुधारका लागि यस्ता कार्यक्रम फलदायी हुने उनको भनाइ थियो । कार्यक्रममा नगर उपसभापति प्रयागराज भण्डारी, सचिव टुबराज बास्तोलाले शुभकामनासहित भनाइ राखेका थिए ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म