
१पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
३ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
४पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
५डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
६पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
७विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
८सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१०फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
११‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
काठमाडाैं । दुई वर्षअघि प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेका तत्कालिन नेकपा सर्लाही इन्चार्ज कुमार पौडेलका परिवारले १० जनाबिरुद्ध किटानी जाहेरी दर्ता गरेको छ । जिल्ला न्यायाधिवक्ता रिद्धिराज निरौलाको रोहवरमा कुमारकी आमा दुर्गादेवी पौडेलले दिएको जाहेरी सनाखत गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी सन्तोष सिंह राठौरले बताएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलले असोज ११ मा ‘जाहेरी दर्ता गरेर अदालतलाई जानकारी गराउनु’ भन्ने आदेश गरेका थिए । २०७६ असार ५ मा सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित लखन्देही जंगल नजिक प्रहरीले नियन्त्रमा लिएर उनलाई गोली हानी हत्या गरेको थियो । तत्कालिन अवस्थामा उनी दोहोरो भिडन्तमा मारिएको भन्दै प्रहरीले दावी गरे पनि संचारकेन्द्र डटकमले घटनास्थलको ताजा तस्विर ब्रेक गरेर ह त्या भएकाे समाचार प्रकाशन गरेको थियो ।
संचारकेन्द्रले सार्वजनिक गरेको उक्त तस्विरमा पौडेललाई यातना दिएर, हात समेत ३ ठाउँमा भाँचेर गो ली हानेको प्रष्ट देखिन्छ । सोहि तस्विर सार्वजनिक भएपछि घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगले पनि अनुसन्धान गरेको थियो । आयोगले २०७६ कार्तिक ४ मा प्रतिवेदनसहित घटनामा संलग्नहरूलाई कारवाही गर्न सरकारलाई सिफारिस गरेको थियो । तर, तत्कालीन केपी शर्माओली नेतृत्वको सरकारले सो सिफारिसलाई बेवास्ता गरेको थियो ।

प्रहरीले अहिले पनि सो घटनालाई ‘इन्काउन्टर’ गरिएको जिकिर गर्दै आएको छ । हुलाकबाट पठाएको जाहेरी दर्ता नगरेको भन्दै कुमारकी आमा दुर्गादेवी पौडेलले २०७७ मंसिर १२ मा सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
२०७६ माघ २३ मा सर्लाहीका तत्कालिन एसपी विश्वमणि पोखरेल र सरकारी वकिल कार्यालयका तत्कालीन प्रमुख प्रकाश कोइरालाले जाहेरी नलिएपछि दुर्गादेवीले २०७६ माघ २४ मा हुलाकबाट जाहेरी पठाएकी थिइन् । सो जाहेरी प्रहरीले सनाखत गर्न अस्वीकार गरेपछि दुर्गादेवी पौडेलले सर्वोच्चको ढोका ढकढक्याएकी हुन् । हुलाकबाट पठाएको जाहेरी जिल्ला न्यायाधिवक्ताको रोहबरमा निवेदीका बाट सनाखत गराउन न्यायाधीश सिन्हा र फुयाँलले आदेश गरेका थिए
१० जनाविरुद्ध किटानी
आफ्नो छोराको गैह्रन्यायिक ह’त्या गरिएको भन्दै दुर्गादेवीले १० जनालाई विपक्षी बनाएर हुलाकबाट जाहेरी पठाएकी थिइन् । सो जाहेरी न्यायाधिवक्ताको रोहबरमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले निवेदीकाबाट सनाखत गराएको छ ।
सर्लाहीका तत्कालिन सीडीओ कृष्णबहादुर राउत, एसपी गोपालचन्द्र भट्टराई, प्रदेश–२ का तत्कालीन डिआइजी हरिबहादुर पाल, इप्रका लालबन्दीका इन्सपेक्टर किरणप्रसाद न्यौपाने, इप्रका नवलपुरका सई सूर्य कुमार कार्की र जिल्ला अस्पतालमा सर्लाहीका डा. वीरेन्द्रकुमार मण्डल विरुद्ध किटानी जाहेरी दिइएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत हवल्दारहरु सत्यनारायण मिश्र र विनोद शाह तथा इन्सपेक्टर कृष्णदेव प्रसाद शाह (केडी) बिरुद्ध पनि किटानी जाहेरी दिइएको छ । पीडित पक्षले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापालाई पनि योजनामा संलग्न भएको जिकिर गरेका छन् ।

घटना हुँदा गृहमन्त्री थिए रामबहादुर थापा ‘बादल’ । सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक थिए । गृहमन्त्री र आइजीपीको योजनामा आफ्ना छोरालाई कब्जामा लिएर ‘ह त्या’ गरिएको दुर्गादेवीले दाबी गरेकी छिन् । इन्सपेक्टर कृष्णदेवप्रसाद शाह नेतृत्वको टोलीले हानेको गोलीबाट कुमार पौडेलको ज्यान गएको थियो ।
तत्कालीन आइजीपी खनालले प्रहरी हेडक्वार्टरमा कार्यरत इन्सपेक्टर शाह, हवल्दार सत्यनारायण मिश्र र विनोद शाहलाई खटाएर हत्या गरेको पीडितको आरोप छ ।
घटनाबारे गृहमन्त्री रामबहादुर थापाले संसदमा दिएको जवाफ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दिएको प्रतिक्रिया समेतका आधारमा उनीहरुमाथि पनि अनुसन्धान हुनुपर्ने दुर्गादेवीले माग गरेकी छिन् । अनुसन्धान अधिकृत तोकेर घटनाबारे अनुसन्धान शुरु गरिने एसपी राठौरले बताए । उनले भने–‘अनुसन्धान प्रक्रिया अघि बढेको छ ।’