
१पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
३ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
४पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
५डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
६पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
७विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
८सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१०फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
११‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
काठमाडाैं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले चारवटा मन्त्रालय पाएको छ । जसपाले भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाएको हो ।
सो मन्त्रालयमा क–कसलाई पठाउने भनेर टुंगो लगाउने जिम्मेवारी पार्टीका अध्यक्ष उपेन्द्र यादलाई दिइएको छ । मंगलबार बसेको जसपा संसदीय दलको बैठकले यादवलाई सो जिम्मेवारी दिएको हो ।
बैठकमा यादवले पार्टीले चारवटा मन्त्रालय पाएको जानकारी गराएका थिए । अध्यक्ष यादवले भोलि कार्यकारिणी समितिको बैठक बोलाएका छन् । कार्यकारिणी समितिबाट पनि मन्त्रीको नाम चयन गर्ने बारेमा म्याण्डेट लिइने बताइएको छ ।
यसैबीच बैठक स्रोतका अनुसार वर्तमान सरकारमा यादव आफै सहभागी नहुने भएका छन् । जसपाको भागमा चार मन्त्रालय मात्र परेको हुनाले यादव सरकारमा नजाने लगभग निश्चित रहेको एक सांसदले बताए ।
उपप्रधानमन्त्री सहित चारवटा मन्त्रालय दिएको भए यादवको जाने सम्भावना हुनसक्थ्यो । तर उपप्रधानमन्त्री नपाएपछि उनी आफै सरकारमा नजाने लगभग पक्का भएको हो ।
पार्टीका अध्यक्ष यादव मात्र होइन, पार्टीका अरु शीर्ष नेता डा.बाबुराम भट्टराई, महेन्द्र राय यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ पनि सरकारमा नजाने कुराकानी भएको बताइएको छ ।
उनीहरुले सरकार र संगठनमाथि निगरानी गर्ने छलफलमा उठेको ती सांसदले बताए । यद्यपी भोलि कार्यकारिणी समितिको बैठकमा पनि छलफल भएपछि यादवले अन्तिम निर्णय लिनेछन् ।