
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेका सांसदहरुको विरोधका बीच चारवटा विधेयकहरु अगाडि बढाइएको छ ।
राष्ट्रिय सभा बैठकले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अखिलेख संरक्षण पहिलो संशोधन विधेयक र सुरक्षण मुद्रण सम्बन्धी विधेयक अघि बढाइएको हो ।
एमाले सांसदहरु विरोध जनाएर उभिरहेको बेला प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले यी विधेयकहरु पेश गरेका थिए । यी चारवटै विधेयकहरु दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
मन्त्री कार्कीले नै महालेखा परीक्षकको ५८ औं वाषिर्क प्रतिवेदन २०७८ पनि राष्ट्रिय सभामा पेश गरेका छन् । त्यसपछि राष्ट्रिय सभाको बैठक असोज २४ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।
त्यसअघि बैठक सुरु हुनासाथ एमाले सांसदहरु आ-आफ्नो आसनबाट उठेका थिए । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पार्वती रावललाई बोल्ने समय दिएका थिए । उनले सरकारले दल विभाजन विधेयक ल्याएको लगायतका कारण विरोध जारी रहेको बताइन् । उनले विरोध रहेको कुरा नोटिस रहेको भन्दै बस्न आग्रह गरे तर एमाले सांसदहरु बसेनन् ।
त्यसपछि राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाले खिमलाल देवकोटालाई बोल्ने समय दिए । उनले लगातार विरोध जनाउँदा आफूहरु बोल्न नपाएको र सांसदहरुले सभामुखप्रति अमर्यादित शव्द प्रयोग गरेको भन्दै नियमापत्ती जनाए । अध्यक्ष तिमल्सिनाले फेरि सदनको कारबाही नियमित गर्न सहयोग गर्न आग्रह गर्दै सांसदहरुलाई बस्न भने । तर एमाले सांसदहरु उभिरहे ।
विरोध जारी रहेपछि अध्यक्ष तिमिल्सिनाले कार्यसूचीका ३ र ४ नम्बर बुँदा हटाइएको जानकारी गराए । कार्यसूचीको बुँदा नम्बर ३ मा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले अध्यागमन विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने उल्लेख थियो ।
यसैगरी बुँदा नम्बर ४ मा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फौजदारी कसुर तथा फौजदार कार्य सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७८ र यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७८ पेश गर्ने उल्लेख थियो ।
एमाले सांसदहरुको विरोधका बीच राष्ट्रिय सभामा राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएको र राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज भएको पत्र वाचन गरे ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर