
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
बार्सिलोना । स्पेनका ८२ वर्षीय पर्वतारोही कार्लोस सोरिया अहिले निकै दुखित छन्। बुधबार शेर्पाहरुले धवलागिरिको चुचुरोमा पुग्न डोरी लगाइरहेका थिए। तर त्यतिबेला कार्लोस र उनका साथि लुईस क्याम्प वानदेखि बेस क्याम्पतर्फ झर्दै थिए।
‘यति राम्रो दिनमा साथि लुईस र मैले बेस क्याप झर्ने निर्णय गर्यौं। किनभने हिमालको अवस्था र मेरो खुट्टाको अवस्थाले गर्दा चुचुरोमा पुग्न असम्भव जस्तै थियो,’ कार्लोसले दुखित हुँदै सामाजिक संजालमा आफ्ना भावानाहरु पोखेका छन्।
यसपटक हिमालमा धेरै हिउँ परेको र हिमालको मौसम अन्य बेलामा भन्दा भिन्न रहेको कार्लोसको बुझाइ रहेको छ। हिमालमा एकदमै चिसो बढेको र खुट्टामा दुखाई बढेपछि कार्लोसले उचाई चुम्न सकेनन्। क्याम्प वानबाटै आरोहण स्थगित गर्दै बेस क्याम्प झरे।
‘मैले धेरैनै ठूलो कोशिस गरे। सकेको बल लगाए। अन्तिमसम्म पनि मेहनत गरिरहे। मेरो खुट्टाको मांशपेशीको दुखाइ एकदमै धेरै थियो। खुट्टामा नशाको दुखाइ पनि रह्यो। हिमपात बढी भएका कारण र खुट्टाको दुखाइले गर्दा परिस्थिति असहज रह्यो,’ उनले भने। झन्डै तीन वर्षअघि उनको घुँडाको शल्यक्रिया भएको थियो ।
धवलागिरिको चुचुरोमा पुग्ने उनको १२औं पटकको प्रयास पनि असफल रह्यो। ‘म धेरै पटक यहाँ आए।अझै पनि पटक पटक आउनलाई कुनै दु:ख छैन। तर जति पटक पनि यहाँ आए म आफ्नै खुट्टाले तल झरे।अहिलेसम्म हिमालयबाट कसैले उद्दार गर्नु परेको छैन,’ कार्लोसले भने।
श्रीमती क्रिष्टिना दे घान्चियोले तयार पारेको फुलगुच्छा कार्लोसको हातमै थियो । उनले हिमालको चुचुरोमा चढाउने सोचेका थिए। तर सकेनन्। ‘मेरी श्रीमतीले दिएको फूल यसपटक चुचुरोमा पुर्याउन सकिन। बेस क्याम्पको पूजामा चढाइदिएको छु,’ कार्लोसले सुनाए।
कोरोना महामारीका कारण उनकै उमेर समूहका धेरै मान्छेहरुले ज्यान गुमाएका छन्। ती सबै बृद्व मान्छेहरुको सम्झना गर्दै कार्लोस धवलागिरि चढ्न आएका थिए । उनीहरूको सम्झनामा पनि कार्लोसले चुचुरोमा फुल चढाउने योजना थियो। ‘फेरि अर्को वर्ष बसन्त ऋतुमा फर्केर आउनेछु। मलाई हौसला बढाउने सबैलाई धेरै धेरै धन्यवाद। मैले जिन्दगीमा कसैलाई पनि ठगिन। कोशिस गर्नेछु जिन्दगीमा कसैलाई पनि ठग्न नपरोस्,’ उनले भने।
कार्लोस यसै वर्ष अप्रिलमा पनि धवलागिरि पुगेका थिए। तर उनको यात्रा क्याम्प वानसम्म मात्र रह्यो। नेपालमा कोरोनाको दोस्रो लहरले त्रासदी बढ्यो। फलस्वरूप स्पेन सरकारले कार्लोसलगायत हिमालमा फसेका पर्वतारोहीहरुलाई चार्टर विमानमार्फत स्वदेश फर्काएको थियो । त्यसो त सन् २०२० मा नेपाल भ्रमण वर्षको अवसर पारेर धवलागिरि पुग्ने उनको योजना थियो। कोरोना भाइरस महामारी उनका लागि बाधक बन्यो ।
सबैभन्दा बढी उमेरमा विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ शिखर आरोहण गरेर कीर्तिमान राख्ने कार्लोसको सपना छ । उक्त कीर्तिमान राख्न अब उनले धवलागिरि र तिब्बतको सीसापाङ्माको चुचुरो चुम्न मात्र बाँकी छ ।
सन् १९९८ मा उनको पहिलो प्रयास थियो । कार्लोसले दुई दशकयता १२औं पटक चुचुरो चुम्न कोशिस गरे । तर, सफल बनेका छैनन्। उनी ८ हजार ५० मिटर उचाइसम्म पुगेका थिए तर ११७ मिटर माथि पुग्न नसक्दा धवलागिरिको चुचुरो टेक्ने सपना अझै अधुरै छ ।
उनले ७५ वर्षको उमेरमा कंचनजंघा र ७७ वर्षको उमेरमा अन्नपूर्ण हिमालको आरोहण गरेका थिए । ६२ वर्षको उमेरमा सगरमाथा शिखरमा पाइला टेके । विश्वको सर्वोच्च शिखरमा पुग्ने सबैभन्दा वृद्ध व्यक्तिको रेकर्ड केही समय उनको नाममा पनि रह्यो र पछि तोडियो ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर