
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१०रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
११गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१२फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
बार्सिलोना । स्पेनका ८२ वर्षीय पर्वतारोही कार्लोस सोरिया अहिले निकै दुखित छन्। बुधबार शेर्पाहरुले धवलागिरिको चुचुरोमा पुग्न डोरी लगाइरहेका थिए। तर त्यतिबेला कार्लोस र उनका साथि लुईस क्याम्प वानदेखि बेस क्याम्पतर्फ झर्दै थिए।
‘यति राम्रो दिनमा साथि लुईस र मैले बेस क्याप झर्ने निर्णय गर्यौं। किनभने हिमालको अवस्था र मेरो खुट्टाको अवस्थाले गर्दा चुचुरोमा पुग्न असम्भव जस्तै थियो,’ कार्लोसले दुखित हुँदै सामाजिक संजालमा आफ्ना भावानाहरु पोखेका छन्।
यसपटक हिमालमा धेरै हिउँ परेको र हिमालको मौसम अन्य बेलामा भन्दा भिन्न रहेको कार्लोसको बुझाइ रहेको छ। हिमालमा एकदमै चिसो बढेको र खुट्टामा दुखाई बढेपछि कार्लोसले उचाई चुम्न सकेनन्। क्याम्प वानबाटै आरोहण स्थगित गर्दै बेस क्याम्प झरे।
‘मैले धेरैनै ठूलो कोशिस गरे। सकेको बल लगाए। अन्तिमसम्म पनि मेहनत गरिरहे। मेरो खुट्टाको मांशपेशीको दुखाइ एकदमै धेरै थियो। खुट्टामा नशाको दुखाइ पनि रह्यो। हिमपात बढी भएका कारण र खुट्टाको दुखाइले गर्दा परिस्थिति असहज रह्यो,’ उनले भने। झन्डै तीन वर्षअघि उनको घुँडाको शल्यक्रिया भएको थियो ।
धवलागिरिको चुचुरोमा पुग्ने उनको १२औं पटकको प्रयास पनि असफल रह्यो। ‘म धेरै पटक यहाँ आए।अझै पनि पटक पटक आउनलाई कुनै दु:ख छैन। तर जति पटक पनि यहाँ आए म आफ्नै खुट्टाले तल झरे।अहिलेसम्म हिमालयबाट कसैले उद्दार गर्नु परेको छैन,’ कार्लोसले भने।
श्रीमती क्रिष्टिना दे घान्चियोले तयार पारेको फुलगुच्छा कार्लोसको हातमै थियो । उनले हिमालको चुचुरोमा चढाउने सोचेका थिए। तर सकेनन्। ‘मेरी श्रीमतीले दिएको फूल यसपटक चुचुरोमा पुर्याउन सकिन। बेस क्याम्पको पूजामा चढाइदिएको छु,’ कार्लोसले सुनाए।
कोरोना महामारीका कारण उनकै उमेर समूहका धेरै मान्छेहरुले ज्यान गुमाएका छन्। ती सबै बृद्व मान्छेहरुको सम्झना गर्दै कार्लोस धवलागिरि चढ्न आएका थिए । उनीहरूको सम्झनामा पनि कार्लोसले चुचुरोमा फुल चढाउने योजना थियो। ‘फेरि अर्को वर्ष बसन्त ऋतुमा फर्केर आउनेछु। मलाई हौसला बढाउने सबैलाई धेरै धेरै धन्यवाद। मैले जिन्दगीमा कसैलाई पनि ठगिन। कोशिस गर्नेछु जिन्दगीमा कसैलाई पनि ठग्न नपरोस्,’ उनले भने।
कार्लोस यसै वर्ष अप्रिलमा पनि धवलागिरि पुगेका थिए। तर उनको यात्रा क्याम्प वानसम्म मात्र रह्यो। नेपालमा कोरोनाको दोस्रो लहरले त्रासदी बढ्यो। फलस्वरूप स्पेन सरकारले कार्लोसलगायत हिमालमा फसेका पर्वतारोहीहरुलाई चार्टर विमानमार्फत स्वदेश फर्काएको थियो । त्यसो त सन् २०२० मा नेपाल भ्रमण वर्षको अवसर पारेर धवलागिरि पुग्ने उनको योजना थियो। कोरोना भाइरस महामारी उनका लागि बाधक बन्यो ।
सबैभन्दा बढी उमेरमा विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ शिखर आरोहण गरेर कीर्तिमान राख्ने कार्लोसको सपना छ । उक्त कीर्तिमान राख्न अब उनले धवलागिरि र तिब्बतको सीसापाङ्माको चुचुरो चुम्न मात्र बाँकी छ ।
सन् १९९८ मा उनको पहिलो प्रयास थियो । कार्लोसले दुई दशकयता १२औं पटक चुचुरो चुम्न कोशिस गरे । तर, सफल बनेका छैनन्। उनी ८ हजार ५० मिटर उचाइसम्म पुगेका थिए तर ११७ मिटर माथि पुग्न नसक्दा धवलागिरिको चुचुरो टेक्ने सपना अझै अधुरै छ ।
उनले ७५ वर्षको उमेरमा कंचनजंघा र ७७ वर्षको उमेरमा अन्नपूर्ण हिमालको आरोहण गरेका थिए । ६२ वर्षको उमेरमा सगरमाथा शिखरमा पाइला टेके । विश्वको सर्वोच्च शिखरमा पुग्ने सबैभन्दा वृद्ध व्यक्तिको रेकर्ड केही समय उनको नाममा पनि रह्यो र पछि तोडियो ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग