
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
एजेन्सी । अफगानिस्तानका क्याम्पसमा महिलालाई अध्ययन अध्यापनका लागि प्रतिबन्ध लगाएपछि अहिले क्याम्पसहरू सुनसान भएका छन् । तालिवान सरकारले क्याम्पसहरूमा महिलालाई प्रतिबन्ध लगाएपछि महिलाहरू क्याम्पस नगएकाले क्याम्पस सुनसान भएका हुन् ।
पहिला पहिला भिडभाड तथा चहल पहल हुने क्याम्पसहरूमा अहिले शान्त र सुनसान भएको शिक्षकहरूले जानकारी दिएका छन् । अमेरिकाबाट प्रकाशित हुँदै आएको वासिङ्टनपोष्टले प्रकाशित गरेको समाचारअनुसार क्याम्पसहरूमा पुरुषहरु मात्रै देखिएका छन् ।
तालिवान सरकारले महिलाहरूलाई शैक्षिक संस्थाहरुमा गएर अध्ययन अध्यापन गर्न, सार्वजनिक कार्यक्रममा सहभागी हुन, एक्लै घर बाहिर निस्कन प्रतिवन्ध लगाएको छ । सरकारको यो निर्णयको सर्वत्र विरोध भइरहेको छ भने छात्रा तथा शिक्षिकाहरूले पनि असन्तुष्टि जनाउँदै आएका छन् ।
विद्यालय गएका छात्राहरूलाई पनि इस्लामिक पोशाक लगाएर जानु पर्ने र कक्षामा छात्रहरूसँग राख्न नहुने मापदण्ड तय गरिएको छ । तालिवान प्रवक्ता बिलाल कारिमीले भने महिलाहरूकै हितका लागि यस्ता व्यवस्था गरिएको दावी गरेका छन् । तर याे कदमकाे विश्वभरबाट बिराेध सुरू हुन थालेकाे छ ।
अफगानिस्तानमा तालिवान विद्रोहीहरुले अघिल्लो महिना सत्ता कब्जा गरेपछि आफ्नो सरकार बनाउदै नयाँ व्यवस्थाहरु लागू गरेका छन् ।