
१चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
२रास्वपा नेता राजु राईले पार्टी छाडे
३बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
४गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
५कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
६धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
७धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
८बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
९बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
१०धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
११पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
१२नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
६चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
७२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
८फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१२‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
जनकपुरधाम। प्रदेश २ मा प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ। बुधबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले असोज २० गते प्रदेश सभा अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए।
उनका अनुसार संवैधानिक व्यवस्थाअनुसार सोही दिन मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनेछन्। जनता समाजवादी पार्टी (जसपा) टुक्रिएपछि मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन्।
संविधानको धारा १८८ को उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भए वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिए तीस दिनभित्र विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नु पर्नेछ भनिएको छ।
जसपा, नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार रहेकाले मुख्यमन्त्रीले सहजै विश्वसाको मत पाउने अवस्था छ। १०४ प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा सत्तारूढ जसपाका ३९, कांग्रेसका १९ र माओवादीका ८ जना सांसद छन्।
त्यसैगरी नेकपा (एकीकृत समाजवादी) लाई समेत सरकारमा सहभागी गराउने तयारी छ। संघमा गठबन्धनको सरकार बनेलगत्तै एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सहभागी गराइने मन्त्री साहले बताए। कुन मन्त्रालय दिने छलफल चलिरहेको उनको भनाइ छ।
‘कति मन्त्रालय दिने, कुन मन्त्रालय दिने, कार्यविभाजन कसरी गर्नेबारे छलफल चलिरहेको छ। अहिलेसम्म टुंगो लागिसकेको छैन्,’ उनले भने। १३ जना प्रदेश सभा सदस्य रहेको एकीकृत समाजवादीसमेत सरकारमा सहभागी भए दुई तिहाइको सरकार बन्ने छ।
मन्त्रालय बाँडफाँटमा झमेलाका कारण एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतलाई अप्ठेरो परेको छ। कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले ६ वटा मन्त्रालय टुक्रयाएर १० वटा बनाएका थिए। त्यसमध्ये ८ वटा मन्त्रालयमा भागबन्डाअनुसार मन्त्री नियुक्त गरिए पनि वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि र कानुन न्ययाय तथा प्रदेश सभा मन्त्रालय मुख्यमन्त्री आफैंसँग राखेका छन्।
ती दुबै मन्त्रालय दिएर एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री राउतको तयारी छ। ती दुबै मन्त्रालय हलुका रहेकाले त्यसले मात्र सरकारमा सहभागी नहुने एकीकृत समाजवादीका संसदीय दलका नेता शत्रुधन महतोले बताए।
‘सरकारमा जाँदा जनताका अपेक्षा धेरै हुन्छन्। त्यो मन्त्रालय लिएर धेरै कामै गर्न सकिदैन। सरकारले होमवर्क गरिरहेको छ। सम्मानजनक मन्त्रालय दिएपछि सरकारमा सहभागी हुन्छौं,’ उनले भने। सरकारमा सहभागी हुन काम गर्न सक्ने कम्तीमा दुईवटा मन्त्रालय र एक राज्यमन्त्री पाउनु पर्ने उनको अडान छ।
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार