
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
काबुल, १३ भदौ। अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै फेरि अर्को विस्फोट भएको छ ।
शक्तिशाली विस्फोटनको घटना भएर झण्डै १७० भन्दा बढी मानिसको मृत्यु भएको केही दिनपछि आइतबार फेरि अर्को विस्फोटन भएको हो ।
विमानस्थलबाट अमेरिकी नेतृत्वको सेनाले उद्धार तथा सहयोगका कार्यहरु गरिरहेका बेला त्यस कार्यलाई प्रभावित पार्ने गरी विस्फोटन भएको विश्लेषण गरिएको छ ।
विमानस्थल नजिकै पर्ने बाक्लो बस्ती भएको आवास क्षेत्रमा विस्फोटन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
स्थानीय समयअनुसार आइतबार साँझ ४ः५५ मा विस्फोटनको घटना भएको र अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भइनसकेको अधिकारीहरुले जनाएका छन् ।
विस्फोटनपछि काबुलको आकाशमा ठूलो धुवाँको मुस्लो देखिएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । विस्फोटनको घटनाप्रति यो समाचार लेख्दासम्म कसैले पनि जिम्मेवारी लिएका छैनन् ।
काबुल विमानस्थल नजिकै यसअघि गत बिहीबार पनि शक्तिशाली विस्फोटन भएको थियो । घटनामा परी कम्तीमा १३ अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको मृत्यु भएको थियो ।
विस्फोटनका कारण अरू २०० जना घाइते भएको र उनीहरुमध्ये धेरैको अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
पहिलो विस्फोटनपछि पनि दर्जनौँ विमानहरुले हजारौँ मानिसलाई काबुल विमास्थलबाट उद्धार गरेर अन्यत्र लगेका छन् ।
अफगानिस्तानमा यही अगस्त १४ तारिखका दिन तालिबान विद्रोहीहरुले केन्द्रीय राजधानी काबुल कब्जा गरेपछि हजारौँ मानिसले अफगानिस्तान छाडेका छन् ।
अफगानिस्तान छाड्न विमानस्थलमा हजारौँको भीड लागिरहेपछि त्यसलाई रोक्न तालिबान विद्रोहीहरुले नै दबाब दिइरहेका बेला विस्फोटनका घटना भएका हुन् ।
अमेरिका र बेलायती अधिकारीहरुले पहिलो विस्फोटन हुनु अगाडि पनि विस्फोटन हुनसक्ने आशङ्का गरेका थिए भने आइतबारको विस्फोटन हुनु अगाडि पनि दोस्रो विस्फोटन हुनसक्ने चेतावनी दिएका थिए । रासस/सिन्ह्वा/एएनआई