
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा । गण्डकी प्रदेशमा पूर्वमुख्यमन्त्री र वर्तमान सरकार बीच भ्रष्टाचारको आरोप–प्रत्यारोप चलिरहेको छ । वर्तमान सरकारले तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बजेटमा नै नभएको आयोजनाहरुको ठेक्का लगाएको भन्दै विरोध गरिरहेको सन्दर्भमा आज पत्रकार सम्मेलन गर्दै प्रतिपक्ष दलका नेता गुरुङले उल्टै सरकारमाथि नै भ्रष्टाचारको आरोप लगाएका छन् ।
एमाले संसदीय दलका नेता एवं निर्वतमान मुख्यमन्त्री गुरुङले आज शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वको सरकारले भ्रष्टाचारको शुरुवात गरेको आरोप लगाए ।
मुख्यमन्त्री पोखरेल नेतृत्वको प्रदेश सरकारले कार्यकर्ता पोस्न १६ करोडभन्दा बढि रकम रकमान्तर गर्दै भ्रष्टाचारको शुरुवात गरेको आरोप लगाए । ‘गैरबजेटरी खर्च नै भ्रष्टाचारको पहिलो सुरुवात हो,’ प्रतिपक्ष दलका नेता गुरुङले भने–‘उहाँहरुले भ्रष्टाचारको शुरुवात गरिसक्नु भएको छ ।’
वर्तमान सरकारका प्रवक्ता तथा सामाजिक विकास मन्त्री कुमार खड्काले निवर्तमान मुख्यमन्त्री गुरुङले बजेटमा नै नभएको १० वटा बहुबर्षे आयोजनामा ४ अर्ब ५१ करोड रुपैयाँको ठेक्का लगाएको आरोप लगाएका थिए । त्यसको खण्डन गर्दै निवर्तमान मुख्यमन्त्री गुरुङले उल्टै सरकारमाथि नै भ्रष्टाचारको आरोप लगाएका छन् ।
गठबन्धनका सांसदहरूको मागका आधारमा भन्दै नयाँ गठित सरकारले रातो किताबमा उल्लेख नरहेका डेढ सय योजनामा असार दोस्रो साता बजेट विनियोजन गरेको थियो । गुरुङले भने–‘योजनामा बजेट विनियोजन गरेर मात्र हुँदैन, टेण्डर गर्नुपर्यो, नभए उपभोक्ता समिति गठन गर्नुपर्ने होला, १० दिनमा यो सम्भव हुँदैन ।’ मन्त्री खड्काले आफ्नो गल्ती ढाकछोप गर्न झ्याली पिटेको भन्दै लगाईएको आरोप मिथ्या रहेको नेता गुरुङको भनाई थियो ।
पोखरेल नेतृत्वको प्रदेश सरकारले नयाँ सरकार गठन भएको १ महिना बित्न लाग्दा समेत आजसम्म न त मन्त्रिपरिषद् विस्तार गर्न सकेको छ, न त असार १ गते संसदमा पेश गरेको बजेटमाथि अझै छलफल भएको छ ।
बजेट पास भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने धारणा मुख्यमन्त्री पोखरेलले सार्वजनिक गरिसकेका छन् । बजेटका सन्दर्भमा संसद बैठक बोलाएर छलफल हुँदैछ । प्रतिपक्ष दल नेकपा एमालेका नेता गुरुङले आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारले ल्याउने रातो किताब हेरेरमात्र बजेटमाथि समर्थन वा विरोध गर्ने जनाएका छन् ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’