
१रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
२रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
३लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
४पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
५पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
९२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१२स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
पोखरा । गण्डकी प्रदेशमा पूर्वमुख्यमन्त्री र वर्तमान सरकार बीच भ्रष्टाचारको आरोप–प्रत्यारोप चलिरहेको छ । वर्तमान सरकारले तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बजेटमा नै नभएको आयोजनाहरुको ठेक्का लगाएको भन्दै विरोध गरिरहेको सन्दर्भमा आज पत्रकार सम्मेलन गर्दै प्रतिपक्ष दलका नेता गुरुङले उल्टै सरकारमाथि नै भ्रष्टाचारको आरोप लगाएका छन् ।
एमाले संसदीय दलका नेता एवं निर्वतमान मुख्यमन्त्री गुरुङले आज शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वको सरकारले भ्रष्टाचारको शुरुवात गरेको आरोप लगाए ।
मुख्यमन्त्री पोखरेल नेतृत्वको प्रदेश सरकारले कार्यकर्ता पोस्न १६ करोडभन्दा बढि रकम रकमान्तर गर्दै भ्रष्टाचारको शुरुवात गरेको आरोप लगाए । ‘गैरबजेटरी खर्च नै भ्रष्टाचारको पहिलो सुरुवात हो,’ प्रतिपक्ष दलका नेता गुरुङले भने–‘उहाँहरुले भ्रष्टाचारको शुरुवात गरिसक्नु भएको छ ।’
वर्तमान सरकारका प्रवक्ता तथा सामाजिक विकास मन्त्री कुमार खड्काले निवर्तमान मुख्यमन्त्री गुरुङले बजेटमा नै नभएको १० वटा बहुबर्षे आयोजनामा ४ अर्ब ५१ करोड रुपैयाँको ठेक्का लगाएको आरोप लगाएका थिए । त्यसको खण्डन गर्दै निवर्तमान मुख्यमन्त्री गुरुङले उल्टै सरकारमाथि नै भ्रष्टाचारको आरोप लगाएका छन् ।
गठबन्धनका सांसदहरूको मागका आधारमा भन्दै नयाँ गठित सरकारले रातो किताबमा उल्लेख नरहेका डेढ सय योजनामा असार दोस्रो साता बजेट विनियोजन गरेको थियो । गुरुङले भने–‘योजनामा बजेट विनियोजन गरेर मात्र हुँदैन, टेण्डर गर्नुपर्यो, नभए उपभोक्ता समिति गठन गर्नुपर्ने होला, १० दिनमा यो सम्भव हुँदैन ।’ मन्त्री खड्काले आफ्नो गल्ती ढाकछोप गर्न झ्याली पिटेको भन्दै लगाईएको आरोप मिथ्या रहेको नेता गुरुङको भनाई थियो ।
पोखरेल नेतृत्वको प्रदेश सरकारले नयाँ सरकार गठन भएको १ महिना बित्न लाग्दा समेत आजसम्म न त मन्त्रिपरिषद् विस्तार गर्न सकेको छ, न त असार १ गते संसदमा पेश गरेको बजेटमाथि अझै छलफल भएको छ ।
बजेट पास भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने धारणा मुख्यमन्त्री पोखरेलले सार्वजनिक गरिसकेका छन् । बजेटका सन्दर्भमा संसद बैठक बोलाएर छलफल हुँदैछ । प्रतिपक्ष दल नेकपा एमालेका नेता गुरुङले आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारले ल्याउने रातो किताब हेरेरमात्र बजेटमाथि समर्थन वा विरोध गर्ने जनाएका छन् ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव