
१रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
२लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
३पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
४पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
५लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
६मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
७भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
८२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
९काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
१०कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
“नेपालको संविधान २०७३ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ को उपदफा २ मा गाउँपालिका तथा नगरपालिकाले सार्वजनिक तथा सामुदायिक सम्पति बेचबिखन गर्न वा अरु कुनै व्यहोराले हक हस्तान्तरण गर्न वा लिजमा दिन पाउने छैन भन्ने व्यवस्था छ ।” संविधान र प्रचलित कानुन समेत उलङ्घन गर्दै यी योजनाहरु अगाडी बढाइरहेका छन् ।’
पोखराका प्राकृतिक स्रोत साधानहरु बिना अध्ययन, बिना दिर्घकालीन गुरुयोजना, हालसम्म अध्ययन गरिएको अध्ययन प्रतिवेदनलाई समेत बेवास्ता गरि सेतीनदी स्थित सेती खोंच पर्यटन पूर्वाधार विकास आयोजना, रामघाट र मोरेखरे क्षेत्रमा स्थायी ड्याम निर्माण गरि नदीजन्य सामाग्री संकलन गर्ने, पाताले छाँगोमा सीसा पुल निर्माण तथा अन्य पूर्वाधार विकास गर्ने, फेवातालमा (Water Sport) सञ्चालन गर्ने र फेवा सिल्टेसन नाममा फेवाताल जलाधार क्षेत्रका फुर्से, अँधेरी लगायतका खोला–नालाबाट प्राकृतिक स्रोत ढुङ्गा, गिट्टि लगायतका उत्खनन् र बिक्री बितरण गर्न पोखरा महानगर पालिकाले ठेक्कापट्टा लगाएको र कतिपय योजना लगाउन तयारीमा रहेको हुँदा पोखरा महानगरका अमूल्य प्राकृतिक निधिका रुपमा रहेका सेती नदी, पातले छाँगो, फेवाताल र फेवा जलाधार क्षेत्र संरक्षण, प्रवर्दन र विकासको लागि राजनीतिक पार्टी, विज्ञहरु, नागरिक समाज, सम्बन्धित सरोकारवाला र पत्रकार मित्रहरुलाई आह्वान गर्दछु ।
“नेपालको संविधान २०७३ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ को उपदफा २ मा गाउँपालिका तथा नगरपालिकाले सार्वजनिक तथा सामुदायिक सम्पति बेचबिखन गर्न वा अरु कुनै व्यहोराले हक हस्तान्तरण गर्न वा लिजमा दिन पाउने छैन भन्ने व्यवस्था छ ।” संविधान र प्रचलित कानुन समेत उलङ्घन गर्दै यी योजनाहरु अगाडी बढाइरहेका छन् ।
१) सेती नदीको प्राकृतिक सुन्दरताभित्र प्राकृतिक आश्चर्य लुकेको छ, योे प्रकृतिले पोखरालाई दिइएको सुन्दर उपहार मध्ये एक हो । धर्तीभित्र कलकल गर्दै मधुर आवाज दिदै बग्ने शुक्ला गण्डकीको नामले समेत संसारमा प्रसिद्व यो नदीको प्राकृतिक स्वरुप भावीपुस्तालाई यहीँ अवस्थामा सुम्पनु पर्छ । सेती खोंचमा जलचर, थलचर, जंगली जनावार, विभिन्न प्रजातिका पशुपंछीको वासस्थान पनि भएकाले यसरी क्याफे, रेष्टुरेण्टहरु बनाउनाले दुर्लभ विभिन्न प्रजातिका जीवजन्तु तथा पशुपंछी नै लोप हुने र प्रकृतिमा प्रतिकुल असर पर्न सक्छ ।
२) सेती नदी, पाताले छाँगोका बारेमा हालसम्म अध्ययन गरिएका प्रतिवेदनहरु, जस्तैः खानी तथा भू–गर्भ बिभाग र जिओ साइन्स इन्स्टिच्युट अफ जर्मनीको रिर्पोट–२०५८, जर्मनको भू–वैज्ञानिक तथा प्राकृतिक स्रोत साधान संस्था (वि.जि.आर)ले गरेको अध्ययन प्रतिवेदन (सेतीको डिल पाताले छाँगोको आसपास असाध्यै जोखिमयुक्त छ भनी उल्लेख गरिएको छ ।)
३) पातले छाँगो आफैमा एउटा प्राकृतिक सौन्दर्य र मनोरम छाँगो हो । खोलाबाट बग्दै आएको पानी छाँगो बनेर पाताल तर्फ धर्तीलाई कम्पन गर्दै अलप हुँदा बाफको मुस्लो निस्केर आकाशसम्म पुग्ने दृश्य पर्यटकको पहिलो रोजाई हो । यसमा संसारमै असफल भएको सिसाको पुल बनाएर आकर्षण बनाउन खोज्नु अनावश्यक रुपमा कुरुप बनाउन खोज्नु मात्र हो । एवम् प्रकृति माथि नै दोहन गर्न खोज्नु हो ।
४) फेवाताल संरक्षणको हालसम्म भएका अध्ययन प्रतिवेदन जाइका, आईयुसियन, लामिछाने आयोग र सम्मानित सर्वोच्च अदालतको फैसला कार्यान्वयन गरी फेवाताल जलाधार क्षेत्रको भू–उपयोग परिवर्तन गरी भूक्षय कम गर्ने कार्य नीति तयार पारी ल्याउनु पर्नेमा प्राकृतिक स्रोत साधान दोहन हुने गरी योजना ल्याइएको ।
५) भूगोलविदहरुको भनाई अनुसार फेवातालको जलाधार क्षेत्रको भू–बनोट खुकुलो छ । यस क्षेत्र नेपालकै सबै भन्दा बढि वर्षा हुने ठाउँ पनि हो । फेवातालको मुहानको रुपमा रहेका हर्पन, अँधेरी लगायतका खोलाहरुमा वर्षाको समयमा पानीको प्रवाह अत्यन्त तीव्र हुने गर्दछ । प्राकृतिक स्रोतहरु ढुङ्गा, गिट्टि, बालुवा उत्खनन्, संकलन र बिक्री बितरण गर्नको लागि ठेक्कापट्टा दिनु प्रकृति माथिकै दोहन हो ।
६) पोखरा महागनरको बिच भागमा रहेको रामघाट ऐतिहासिक, धार्मिक, सामाजिक र पर्यटकीय दृष्टिकोणबाट अति महत्वपूर्ण छ । यस क्षेत्रमा राममन्दिर, गीतामन्दिर, लक्ष्मीनारायण मन्दिर, शिवालय मन्दिर, बौद्धअर्घौं सदन, तमु प्येल्हु संघ, पुन समाज लगायतका मठमन्दिर र बौद्ध गुम्बाहरु रहेका छन् । यस क्षेत्रभित्र रामघाट, तुलसीघाट र शान्तिघाट लगायतका घाटहरु रहेका छन् । यिनै घाटहरुमा प्राचीन समयदेखी दाहसंस्कार कार्य हुँदै आईरहेको छ । यस्तो पवित्र भूमिलाई ४० वर्षको लागि ठेक्कापट्टा दिन खोज्नु सुन्दर पोखराको सभ्यता माथि नै कुत्सित मनसायको पराकाष्ठ हो ।
७) पोखरा महानगरपालिका वडा नं. २७ स्थित साविक लेखनाथकै प्रसिद्ध घाटको रुपमा रहेको मोरेखरे पौराणिक कालदेखि नै धार्मिक एवं सांस्कृतिक महत्वको क्षेत्र हो । सभ्यताको प्रारम्भिक चरण देखि नै यस घाटमा विभिन्न सामाजिक संस्कारका कार्यहरु हुँदै आएका छन् । यस घाटमा मानवको जन्म देखि मृत्यु पर्यन्तका धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्य हुदै आएको छ । (क्रमशः)
(लेखक पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष हुन् ।-सम्पादक)
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव