
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
पोखरा । अबिरल परेको बर्षाका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा क्षति पुगेको छ । मनाङ जिल्लाको नासो गाउँपालिका वडा नं. १ मा पर्ने तालगाउँमा मस्र्याङदी नदीमा आएको बाढीका कारण डुबानमा परेको छ । त्यहाँ रहेका ६० घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय मनाङले जानकारी दिएको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार तीनसयजना स्थानीयवासीलाई कारागारको नयाँ निर्मित भवनमा सुरक्षित राखिएको छ । प्रमुख जिल्ला अधिकारी लामिछानेका अनुसार तालगाउँ पुरै डुबानमा परेको छ । मानवीय क्षति नभएको र ती गाउँलेहरुलाई सुरक्षित ठाउँमा सारिएको भएपनि अत्यावश्यक र आधारभूत कुराहरु पु¥याउन नसकिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।
पाल र अन्य खाद्यान्न सहयोगका लागि लमजुङस्थित रेडक्रस सोसाईटीलाई गुहार मागिए पनि ठाउँ–ठाउँमा बाटो बाढीले बगाउँदा र पुर्दा टोली अझै पुग्न सकेको छैन । यता काठमाडौंबाट उद्धार र राहत सामाग्री बोकेर जाने तयारीमा रहेको हेलिकोप्टर अबिरल बर्षाका कारण उड्न नसकेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । मनाङमा यतिबेला विजुली समेत छैन भने टेलिफोन सेवा ठाउँ ठाउँमा अवरुद्ध भएको छ । मनाङमा बाढिका कारण भएको क्षतिको यकिन विवरण अझै आउन सकेको छैन ।
कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रलाई जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले यी क्षेत्रहरुमा खतराको संकेत देखिएको भन्दै साईरन बजाएको थियो । कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा भारी वर्षा मापन भएकाले खतराको संकेत स्वरुप साइरन बजाइएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
खतराको साईरन बजे लगत्तै गण्डकी प्रदेशका सुरक्षा निकायहरु ‘हाई अलर्ट’मा रहेका छन् । गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी घनश्याम अर्यालका अनुसार सुरक्षा निकायहरुलाई जोखिम क्षेत्रहरु वरपर ‘हाई अलर्ट’मा राखिएको छ । त्यसैगरी, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लगातारको वर्षाका कारण मनाङमा भएको क्षतिप्रति दुःख प्रकट गर्दै तत्काल उद्धार र राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्याल कास्कीका प्रवक्ता एवं डिएसपी सुवास खड्काका अनुसार मनाङको सदरकुमाम चामेस्थित तातोपानी कुण्ड नजिकैको वस्तीमा समेत बाढी पसेको छ । बाढीले चामे गाउँपालिका वडा नं. १ तिमाङ खोलाको बेलिब्रिज र तिमाङखोला मैं रहेको ३२ किलोवाटको स्याल्कयुखोला लघुजलविद्युत गृहमा पनि क्षति क्षति पु¥याएको छ ।
कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माणाधिन सुपरमादी हाइड्रोपावरमा समेत बाढीले क्षति पु¥याएको छ । हाइड्रोपावर सञ्चालक धनराज आचार्यका अनुसार एक्साभेटर, लोडर, ठुलो जेनेटर, ४ ट्रक भन्दा बढि रडहरु लगायतका १५ करोड रुपैयाँ बराबरका सामाग्रीहरु बाढीले बगाएको छ ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति