
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नियुक्त गर्न माग गर्दै विपक्षी सांसदहरूले प्रदेश प्रमुख कार्यालयमा दाबी पत्र दर्ता गरेका छन् । विपक्षी गठबन्धनले बहुमत ३१ सांसदको हस्ताक्षर सहित गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष बुझाएका हुन् ।
कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा प्रदेश प्रमुखको निवासमा सशरीर उपस्थित भएर सांसदले हस्ताक्षर बुझाएका हुन् । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन समर्थन जनाउँदै गण्डकी प्रदेश प्रमुख पौडेलसमक्ष विपक्षी गठबन्धनले बुझाएको ३१ सांसदको हस्ताक्षर सनाखत पनि गरिसकिएको छ ।
आज नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई समक्ष हस्ताक्षरसहितको दावी पत्र पेश गरेका हुन् ।
हस्ताक्षर बुझाई सकेपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदैं नेपाली कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित कृष्णचन्द्र नेपाली पोखरेलले सशरिर उपस्थित भएर प्रदेश प्रमुख समक्ष दावी पत्र दर्ता गरेको बताए ।
आज बसेको गण्डकी प्रदेश सभाले प्रदेश प्रमुख समक्ष गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसक्दा पदच्युत भएको र अर्का राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पदमुक्त गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाएको थियो । लगत्तै प्रदेश प्रमुख सिता कुमारी पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिईन् । प्रदेश प्रमुख पौडेलले नयाँ सरकारका गठनका लागि आह्वान गरेको दुईघण्टा भित्रमा नै विपक्षी गठबन्धनसहितको टोली दावी पत्र लिएर पुगेको थियो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र गरी ३१ जना सांसदहरुले मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गर्न सशरिर उपस्थित भएर हस्ताक्षर सनाखत गराएका छन् । बजेट ल्याउनुपर्ने समयको चापलाई मध्यनजर गर्दै छिट्टै निर्णय गर्न विपक्षी गठबन्धनले प्रदेश प्रमुख समक्ष आग्रह गरेका छन् । प्रदेश प्रमुखले आज विपक्षी गठबन्धनले दावी प्रस्तुत गरेका विषयमा भोलि ३ बजेसम्म अध्ययन गरी निर्णय दिने बताएकी छिन् ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’