लमजुङ । लमजुङको भुलभुलेलाई केन्द्रबिन्दु बनाएर आज विहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ रेक्टरस्केलको भूकम्प गएको छ । भुकम्पका कारण घर भत्किँदा र भागदौडका क्रममा केही मानिस घाईते समेत भएका छन् ।
भूकम्पले गर्दा कच्ची घर र गोठहरूमा क्षति पुगेको छ । साथै केही ठाउँमा सुख्खा पहिरो पनि गएको तर थप पूर्ण विवरणहरु भने आईसकेको छैन ।
लमजुङमा आज विहान गएको भूकम्पमा परी घाईते महिलाको उपचार गरिदैं
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज विहान गएको भूकम्प ५.८ रेक्टरस्केलको र जमिनको सतहबाट १५ किलोमिटर गहिराईमा रहेको थियो । आज गएको भूकम्पको धक्का गोरखा, तनहुँ, कास्की, स्याङ्जा, धादिङ हुँदै काठमाडौं लगायतका जिल्लाहरुमा महसुश गरिएको थियो ।
आज विहान गएको भूकम्पका कारण लमजुङस्थित भुलभुलेमा ८५ वर्षीया वृद्धा घाईते भएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनुसार घाइते महिलाको उपचार भईरहेको छ ।