
१भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
२१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
३पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
४पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
५पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
६आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
७स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
८कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
९मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१०टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
११सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
१२स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
पोखरा । अखिल क्रान्तिकारी जिल्ला समिति कास्कीले कम्युनिष्ट विद्यार्थी अभियानको आरम्भ गरेको छ । ‘सम्पूर्ण वामपन्थी, प्रगतिशिल, देशभक्त, जनतान्त्रिक विद्यार्थीहरु एक हौं’ भन्ने मूल नारासहित अखिल क्रान्तिकारी कास्कीले जनप्रिय बहुमुखी क्याम्पसबाट अभियान शुरु गरेको हो ।
अभियानका क्रममा जनयुद्धका सहिद योद्धा शेखर सापकोटाको स्मृतिमा अखिल क्रान्तिकारी कास्कीले सभाको आयोजना गरेको थियो । सो कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल कम्युनिष्ट पार्टी कास्कीका जिल्ला सेक्रेटरी विश्वासले सहिद सापकोटाको त्याग र बलिदानको उच्च सम्मान गर्दै उहाँहरुले देखेको सपना पुरा गर्न अर्को सहिद बन्न तयार रहेको बताए ।
कास्की सेक्रेटरी विश्वासले कम्युनिष्ट विद्यार्थी अभियानको सफलताको कामना गर्दै यो अभियानले विद्यार्थीको राजनीतिक चेत खुलाउने र तार्किक रुपमा शिक्षा क्षेत्र र कम्युनिष्ट आन्दोलनका बारेमा बहस गर्न सक्ने दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गरे ।
अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एवम् गण्डक ब्युरो संयोजक अटलले अभियानको सार बिषय ‘परिवर्तन’ र ‘क्रान्ति’ नै रहेको खुलासा गरे । केन्द्रीय सदस्य अटलले भने–‘अहिलेको शिक्षा नीतिले विद्यार्थीहरुको भविष्य नै अन्यौंलमा रहेको छ । त्यसैले वैज्ञानिक समाजवादी व्यवस्था र व्यवहारिक शिक्षा ल्याउने यो अभियानमा तपाईहरुको योगदान र त्याग कोसेढुङ्गा सावित हुनेछ ।’
अखिल क्रान्तिकारी केन्द्रीय सदस्य एवम् सहिद पुत्र प्रकाश बास्तोला ‘मार्शल’ले शैक्षिक क्षेत्रमा देखिएको वेथितिको अन्त्यका लागि निजी क्षेत्रका नाममा लादिएको दलालीकरण, माफियागिरी र मनोपलीलाई तोड्न एकीकृत जनक्रान्तिको अभियानमा विद्यार्थीहरु संगठित हुँदै जानुपर्नेमा जोड दिए ।
अखिल क्रान्तिकारी कास्कीका अध्यक्ष पुरन पुनले शिक्षा क्षेत्रमा देखिएको विकृति र विद्यार्थीमाथि हुने ज्यादतीपूर्ण कार्यहरुका विरुद्धमा संगठनले पटक–पटक खबरदारी गर्दै आईरहेको भन्दै अभियानमा जुट्न सबैलाई आह्वान गरे ।
कार्यक्रममा अखिल क्रान्तिकारी कास्की जिल्ला उपाध्यक्ष कमला र सचिव युवराज थापाले यो अभियानले विद्यार्थीलाई राजनीति बुझ्न सहयोग पु¥याउने र शिक्षा क्षेत्रमा देखिएका विकृतिहरुलाई खबरदारी गर्न सक्षम बनाउने विचार व्यक्त गरे ।
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर