
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
जिन्दगीको परीक्षार्थीलाई
मूल ग्रन्थ बेच्दैन
सन्दर्भ पुस्तक पनि बेच्दैन
केवल गेसपेपर बेच्छ
आजको बजार ।
पोखरा । विद्रोह चेत बोकेर कविता लेख्ने कवि कल्पना चिलुवालले हालै सार्वजनिक गरेको ‘चुल्ठो’ कविता सङ्ग्रहभित्रको बजारको ‘रमिताशास्त्र’ शीर्षकको कविताको अंश हो यो । साहित्यमा विम्ब र प्रतीकको अत्यधिक प्रयोग गरेर क्लिष्ट शैलीमा नभई सरल र सहज शब्दबाट बेजोड प्रहार गर्न सक्ने विद्रोही चेतकी कवि चिलुवालको चुल्ठो पहिलो कविता सङ्ग्रह हो ।
सङ्ग्रहमा हरेक दिन हरेक परिवेश घर, परिवार, समाज र राज्य सत्ताका शासकहरुको असहिष्णु व्यवहारका भोगाइहरुको कटाक्ष कवितामार्फत उजागार गरिएको छ । कवि सरस्वती प्रतीक्षा चुल्ठो कविता सङ्ग्रहका हरेक शब्दमा दमित आवाजको रागिलो प्रहार भएको बताउनुहुन्छ । “चिलुवाल बाहिर शान्त स्वभावकी तर विद्रोही चेतकी एक हस्ताक्षर हुन्, उनका हरेक कवितामा रिस छ तर पनि त्यो रिस बेजोड सुन्दर रूपमा कवितामा उत्रिएको छ”, कवि प्रतीक्षाले भन्नुभयो, “चिलुवालको जवानीमा पनि मायाको उन्माद नभई रिसको बेगले नै कविता कोरिएको छ, नारीवाद मात्र होइन अन्य धेरै वादको कोलाज कवितामा छ ।”
चुल्ठोमाथि साहित्यकार सुमिनाको धारणा पनि उस्तै छ । उहाँका अनुसार समाज रूपान्तरणमा विद्रोहको उद्घोष गरेर निदाएको समाजलाई उठाउन सङ्ग्रहभित्रका हरेक कविता अस्त्र बनेका छन् । परिवर्तनको उद्घोष गरेका हरेक कवितामा लेखकीय दम भएको उहाँको भनाइ छ । साहित्यकार डा कृष्णराज अधिकारी विम्ब र प्रतीक कम प्रयोग गरिए पनि कविताले समाजको यथार्थलाई पस्कन सफल भएको टिप्पणी गर्नुभयो । “समाजका कथित मूल्यमान्यताले दबाइएका आवाज चुल्ठोमा रहेको छ ।” डा अधिकारीले आधुनिकता र परम्पराबीचको यथार्थ, श्रमिकका दमित आवाजहरु, लाहुरेको कथा, उपभोक्तावादले मान्छेमा गरेको शोषण, वातावरणीय न्यायका सवालमा सबै पक्षबाट चुल्ठो सशक्त कविता कृति भएर उदाएको बताउनुभयो ।
सङ्ग्रहका सर्जक चिलुवालले समाज रूपान्तरणका लागि सानैदेखि सशस्त्र विद्रोहमा लागे पनि कालान्तरमा समाजले अझै काँचुली फेर्न नसकेको अवस्थाले पिरोलिरहँदा तिनै मौनतामा रहेका आवाजलाई शब्दमा उतारेको बताउनुभयो । “मैले कविता लेखेर कवि हुन चुल्ठो ल्याएकी हैन, दुई दशकदेखि म साहित्य सिर्जनामा छु । राजनीतिक चेतसँगै सामाजिक यथार्थताका मुद्दा सङ्ग्रहमा बढी केन्द्रीत छन्, सँगसँगै म स्वयं नारी भएकाले मैले अनुभूत गरेका कुरा छुटाउन भएन जुन व्यक्तिगत नभई आम महिलासँग जोडिएका छन् ।” चिलुवालले कविता हरेक परिवेश र घटनाक्रमका साक्षी र आफ्नो समयको दस्तावेज हुनेगरेको बताउनुभयो । “यो एउटा दस्तावेज पनि हो जो वर्षौँपछि पढ्दा पनि समाजको यथार्थ बुझन सकिन्छ ।” उहाँले कविताको बारेमा आम पाठकनै न्यायाधीश भएकाले यसको निर्णय गरेर फैसला सुनाउने जिम्मा पाठकलाई छोडिदिएको बताउनुभयो । बेला प्रकाशनले बजारमा ल्याएको चुल्ठोमा ५५ वटा कविता सङ्गृहित छन् ।

१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने