
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
जिन्दगीको परीक्षार्थीलाई
मूल ग्रन्थ बेच्दैन
सन्दर्भ पुस्तक पनि बेच्दैन
केवल गेसपेपर बेच्छ
आजको बजार ।
पोखरा । विद्रोह चेत बोकेर कविता लेख्ने कवि कल्पना चिलुवालले हालै सार्वजनिक गरेको ‘चुल्ठो’ कविता सङ्ग्रहभित्रको बजारको ‘रमिताशास्त्र’ शीर्षकको कविताको अंश हो यो । साहित्यमा विम्ब र प्रतीकको अत्यधिक प्रयोग गरेर क्लिष्ट शैलीमा नभई सरल र सहज शब्दबाट बेजोड प्रहार गर्न सक्ने विद्रोही चेतकी कवि चिलुवालको चुल्ठो पहिलो कविता सङ्ग्रह हो ।
सङ्ग्रहमा हरेक दिन हरेक परिवेश घर, परिवार, समाज र राज्य सत्ताका शासकहरुको असहिष्णु व्यवहारका भोगाइहरुको कटाक्ष कवितामार्फत उजागार गरिएको छ । कवि सरस्वती प्रतीक्षा चुल्ठो कविता सङ्ग्रहका हरेक शब्दमा दमित आवाजको रागिलो प्रहार भएको बताउनुहुन्छ । “चिलुवाल बाहिर शान्त स्वभावकी तर विद्रोही चेतकी एक हस्ताक्षर हुन्, उनका हरेक कवितामा रिस छ तर पनि त्यो रिस बेजोड सुन्दर रूपमा कवितामा उत्रिएको छ”, कवि प्रतीक्षाले भन्नुभयो, “चिलुवालको जवानीमा पनि मायाको उन्माद नभई रिसको बेगले नै कविता कोरिएको छ, नारीवाद मात्र होइन अन्य धेरै वादको कोलाज कवितामा छ ।”
चुल्ठोमाथि साहित्यकार सुमिनाको धारणा पनि उस्तै छ । उहाँका अनुसार समाज रूपान्तरणमा विद्रोहको उद्घोष गरेर निदाएको समाजलाई उठाउन सङ्ग्रहभित्रका हरेक कविता अस्त्र बनेका छन् । परिवर्तनको उद्घोष गरेका हरेक कवितामा लेखकीय दम भएको उहाँको भनाइ छ । साहित्यकार डा कृष्णराज अधिकारी विम्ब र प्रतीक कम प्रयोग गरिए पनि कविताले समाजको यथार्थलाई पस्कन सफल भएको टिप्पणी गर्नुभयो । “समाजका कथित मूल्यमान्यताले दबाइएका आवाज चुल्ठोमा रहेको छ ।” डा अधिकारीले आधुनिकता र परम्पराबीचको यथार्थ, श्रमिकका दमित आवाजहरु, लाहुरेको कथा, उपभोक्तावादले मान्छेमा गरेको शोषण, वातावरणीय न्यायका सवालमा सबै पक्षबाट चुल्ठो सशक्त कविता कृति भएर उदाएको बताउनुभयो ।
सङ्ग्रहका सर्जक चिलुवालले समाज रूपान्तरणका लागि सानैदेखि सशस्त्र विद्रोहमा लागे पनि कालान्तरमा समाजले अझै काँचुली फेर्न नसकेको अवस्थाले पिरोलिरहँदा तिनै मौनतामा रहेका आवाजलाई शब्दमा उतारेको बताउनुभयो । “मैले कविता लेखेर कवि हुन चुल्ठो ल्याएकी हैन, दुई दशकदेखि म साहित्य सिर्जनामा छु । राजनीतिक चेतसँगै सामाजिक यथार्थताका मुद्दा सङ्ग्रहमा बढी केन्द्रीत छन्, सँगसँगै म स्वयं नारी भएकाले मैले अनुभूत गरेका कुरा छुटाउन भएन जुन व्यक्तिगत नभई आम महिलासँग जोडिएका छन् ।” चिलुवालले कविता हरेक परिवेश र घटनाक्रमका साक्षी र आफ्नो समयको दस्तावेज हुनेगरेको बताउनुभयो । “यो एउटा दस्तावेज पनि हो जो वर्षौँपछि पढ्दा पनि समाजको यथार्थ बुझन सकिन्छ ।” उहाँले कविताको बारेमा आम पाठकनै न्यायाधीश भएकाले यसको निर्णय गरेर फैसला सुनाउने जिम्मा पाठकलाई छोडिदिएको बताउनुभयो । बेला प्रकाशनले बजारमा ल्याएको चुल्ठोमा ५५ वटा कविता सङ्गृहित छन् ।

१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन