
१नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
२ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
३अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
४सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
५अफवाह नफैलाउन प्रहरीको आग्रह
६बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
७सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
८२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
९अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
१०गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
११पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१२विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
११‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना भएमा सत्ता समीकरणको खेल, भागवण्डा र तमासाको राजनीति शुरु हुने बताउनुभएको छ । बेदकोट नगरपालिका–२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उहाँले आफू देश बनाउने अभियानमा निरन्तर लागिरहने बताउनुभयो । मुलुक निर्वाचनमा गएपछि केही व्यक्तिमा राजनीति सिद्धिने छटपटी भएको उहाँको भनाइ थियो ।
“देश बनाउन लोकतान्त्रिक आन्दोलन चलिरहन्छ”, उहाँले भन्नुभयो, “समग्र राष्ट्र परिवर्तनको आन्दोलन भएकाले सफलताका साथ अगाडि बढ्छ ।” आफूले अदालतलाई धम्की नदिएको स्पष्ट गर्दै उहाँले न्यायालय र शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास रहेको उल्लेख गर्नुभयो ।
अहिलेको आवश्यकता शिक्षा, स्वास्थ्य, आवास भएको उल्लेख गर्दै उहाँले शहरका बालबालिकाले झै गाउँका बालबालिकाले गाउँमै कम्प्युटर र इन्टरनेटको प्रयोग गरेर शिक्षा आर्जन गर्ने बताउनुभयो । पश्चिम सेती राष्ट्रकै गौरवको योजना भएकाले प्रयाप्त विद्युत् उत्पादन गरी सुदूरपश्चिमको उद्योगमा विद्युत् आपूर्तिमा सहज हुने उहाँले जनाउनुभयो ।
उहाँले भागरथी भट्ट हत्याकाण्डमा केही तत्वले राजनीति गर्न खोजे पनि सफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “अपराधीलाई प्रहरीले अनुसन्धानपछि पक्राउ गरेको छ । म कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई पनि अनुसन्धान गरी सार्वजनिक गर्न प्रशासनलाई निर्देशन दिन्छु ।” प्रम ओलीले जनतालाई समस्यामुक्त गर्न सके मात्र देशको विकास निर्माणको काम अगाडि बढ्ने बताउनुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले लडाकू व्यवस्थापनका क्रममा क्यान्टोनमेन्टमा ठूलो भ्रष्टाचार गरिएको उल्लेख गर्दै तत्कालीन पार्टीमा अमिक शेरचनको नेतृत्वमा बुझाइएको प्रतिवेदन दबाइएको बताउनुभयो । लडाकूका बीचमा त्यो प्रतिवेदन नजाओस् भनेर च्यातिएको उहाँले जानकारी दिनुभयो । उहाँले औद्यागिक क्षेत्र बनाउने प्रक्रिया सुदूरपश्चिमबाट गरिएको उल्लेख पनि जानकारी दिनुभयो ।
वन तथा वातावरणमन्त्री प्रेम आलेले महाकाली करिडोरको कार्य अगाडि बढाउन सरकारले रु ९३ करोड रकम विनियोजन गरेको बताउनुभयो । वनका कारण अड्किएको करिडोरको कार्य पूरा गर्नका लागि मन्त्रिपरिषद्को बैठकमा लगेर निर्णय गरी समाधान गरिने उहाँले जानकारी गराउनुभयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितको वर्षौदेखिको समस्या समाधान गर्नका लागि शक्तिशाली आयोग गठन गरिने उहाँले बताउनुभयो ।
श्रम तथा रोजगारमन्त्री गौरीशङ्कर चौधरीले विकासको ढोका पश्मिबाट खुलेको चर्चा गर्नु हँुदै औद्योगिक क्षेत्र स्थापनापछि यसले आर्थिक समृद्धिमा टेवा पु¥याउने बताउनुभयो ।
सङ्घीय मामिला तथा सामान्य विकासमन्त्री गणेशसिंह ठगुन्नाले प्रम ओली नेतृत्वको सरकार आउनुअघिसम्म गर्व गर्न लायकको कुनै योजना नरहेको उल्लेख गर्दै आज गेटा मेडिकल कलेज, धनगढी विमानस्थललगायतका योजना अगाडि बढेका उल्लेख गर्नुभयो ।
उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले वर्तमान सरकारले ३९६ अस्पताल एकै साथ शिलान्यास गरेर किर्तिमान कायम गरेको बताउनुभयो । उहाँले कुराले मात्रै नभएर काम गरेर समृद्धिका कार्य अगाडि बढाएको उल्लेख गर्नुभयो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको कार्य पाँच वर्षभित्रै पूरा हुने बताउनुभयो । उहाँले उद्योगलाई चाहिने विद्युत्, सडक पूर्वाधार, जग्गालगायत उपलब्ध गराइने जानकारी दिनुभयो । उद्योगको गुरुयोजनाको कार्य गरिएको उहाँले बताउनुभयो । उद्योगका लागि छ महिनाभित्र जग्गा उपलब्ध गराउने कार्य हुने उहाँले जानकारी दिनुभयो । उद्योग स्थापना भएपछि ५० हजार मान्छेलाई प्रत्यक्ष रुपमा रोजगारी दिइने उहाँले बताउनुभयो ।
उहाँले भोलिदेखि नै काम शुरु गरिने जानकारी दिनुभयो । पहिलो चरणमा ४०० बिघा जग्गामा १०० उद्योग स्थापनाको बाटो खुलाइएको जानकारी दिनुभयो । उहाँले अबको एक महिनाभित्र उद्योगका लागि आवेदन माग गरिने र छ महिनाभित्र जग्गा उपलब्ध गराइने बताउनुभयो ।
अध्यक्ष बस्नेतले चाँडै उक्त क्षेत्रमा पर्ने चार हजार रुख कटानको प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो । उहाँले सो रुखको काटिने सङ्ख्या सो परिणममा भए पनि बुट्यान बढी रहेका तथा सालका रुख ५०० को हाराहारीमा रहेका बताउनुभयो । उहाँले एक उद्योगलाई पाँच कट्ठादेखि पाँच बिघा जग्गा छुट्याइएको जानकारी दिनुभयो । रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “जुन उद्योगले रोजगारी सुनिश्चितता गर्छ र काम गर्ने आशय पेश गर्छ त्यस उद्योगलाई बाटो, विद्युत्, पानीलगायतका सुविधा दिइन्छ ।”
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन