
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
काठमाडौँ । पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका अगुवा संस्थाले विदेशी पर्यटकलाई आकर्षण गर्न हवाईमार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट प्रवेशाज्ञा (भिसा) अनअराइभल सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।
निजी क्षेत्रसँग साझेदारी गरी पर्यटन प्रवद्र्धन गर्ने जिम्मा पाएको नेपाल पर्यटन बोर्डले सम्बद्ध सङ्घसंस्थासँग बृहत छलफल गरी भिसा प्रक्रिया सहज तुल्याई स्वास्थ्य मापदण्डलाई सरलीकरण गर्न तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध गरेको हो । विद्यमान मापदण्डले नेपालको पर्यटन क्षेत्रको छवि अझ खस्किएको र अन्तराष्ट्रिय बजारमा पर्यटनको नकारात्मक सन्देश जानसक्ने खतरा औँल्याउँदै बोर्डले यथाशीघ्र केही शर्तहरु पुनरावलोकन गर्न मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ ।
व्यवसायीसँगको छलफल र सुझावपछि बोर्डले गरेको १२ बुँदे निर्णयमा हवाईमार्गबाट नेपाल भित्रिने यात्रुको हकमा हवाईयात्रा प्रारम्भ हुने पहिलो प्रस्थानविन्दुबाट ९६ घण्टाको अवधिमा गरिएको कोभिड–१९ नेगेटिभ रिपोर्ट अनिवार्य भएको हुनुपर्ने तर पाँच वर्षमुनिका बालबालिकाको हकमा यो नियम लागू नहुने व्यवस्था गर्न भनिएको छ ।
भारतीयबाहेक अन्य मुलुकका यात्रुले नेपाल आई पुनः कोभिडको परीक्षण गर्नुपर्ने र सो रिपोर्ट नेगेटिभ आएको खण्डमा क्वारेन्टिनमा बस्न नपर्ने, यात्रुको स्वाब सङ्कलन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने र २४ घण्टाभित्र पिसिआर रिपोर्ट दिने व्यवस्था मिलाइनुपर्ने उल्लेख छ ।
भारतीय नागरिकको हकमा नेपाल–भारत ट्राभल बबल सम्झौताअनुसार नियम यथावत राख्न सुझाइएको छ । भारतसँग जोडिएका सम्पूर्ण नाका खुला गरी स्थलमार्गबाट निजी तथा पर्यटकीय सवारी साधन लिएर नेपाल भित्रिने भारतीय तथा अन्य मुलुकका यात्रुको लागि ९६ घण्टा अवधिमा गरिएको कोभिड नेगेटिभ रिपोर्ट भएको हुनुपर्ने छ । स्थलमार्गबाट निजी तथा पर्यटकीय सवारी साधन लिएर नेपाल भित्रिने भारतीय यात्रुले यहाँ आई पुनः कोभिडको परीक्षण गर्नुपर्ने र सो रिपोर्ट नेगेटिभ आएको खण्डमा क्वारेन्टिनमा बस्न नपर्ने तथा यात्रुको स्वाब सङ्कलन नेपाल आएको नाकाबाट नै हुने र २४ घण्टाभित्र पिसिआर रिपोर्ट दिने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
त्यसैगरी कोभिडको खोप लगाएका यात्रीको हकमा खोप सर्टिफिकेट उपलब्ध गरेको खण्डमा पिसिआर रिपोर्ट नचाहिने, कोभिडको पुनः नेपालमा पिसिआर परीक्षण गर्न नपर्ने र क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गर्न भनिएको छ । नेपालका सम्पूर्ण पर्यटकीय गन्तव्य तथा सम्पूर्ण गतिविधि (होटल, यात्रा, पदयात्रा, हाइकिङ, रेस्टुरेन्ट, स्पा, ¥याफ्टिङ, प्याराग्लाइडिङ, घरवास कार्यक्रम, साहसिक गतिविधि, पर्यटकीय सवारी साधन, पार्टी प्यालेस, रात्रिकालीनलगायत) गतिविधि पूर्णरूपमा तोकिएको मापदण्ड अपनाएर सञ्चालन गर्ने माग गरिएको छ ।
पर्यटकको सुविधाका लागि नेपालभित्र आवश्यकता महसुस गरेमा होटल र अस्पतालले सहकार्य गरी प्रत्येक प्रदेशमा कोभिड केयर सेन्टर सञ्चालन गर्न सक्ने, नेपाल भित्रिने सम्पूर्ण यात्रुहरुको अनिवार्य यात्रा बीमा गरिएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
त्यस्तै नेपाल भ्रमणमा आउने पर्यटकलाई प्रवेशाज्ञा सिफारिस सम्बन्धमा पालना गर्नुपर्ने शर्तहरुमा भ्रमण तालिका, आगमन मिति, यात्रा बीमा र पदयात्राको हकमा ट्रेकिङ कम्पनीले तयार पारेको यात्रा तालिकाको लागि अन्य शर्त यथावत नै रहने रहेको छ । भ्रमण र ¥याफ्टिङको हकमा एजेन्सीले तयार पारेको आइटीनरी, व्यक्तिगत यात्रुको हकमा होटल बुकिङ, पदयात्राको हकमा ट्रेकिङ कम्पनीको यात्रा तालिका, गाइड र पोर्टको सुनिश्चितता हुनुपर्नेछ । उल्लेखित प्रमाण उपलब्ध गरेको आधारमा अध्यागमन विभागले सोझै पर्यटक भिसा दिने व्यवस्था मिलाउन बोर्डले अनुरोध गरेको छ । विदेशी पर्यटकका लागि विद्यमान स्वास्थ्य मापदण्ड सरलीकरणका लागि बोर्डले दुई दिनअघि पर्यटन व्यवसायीसँग छलफल गरेको थियो । सोही आधारमा बोर्डले ‘भिजिटर प्रोटोकल’ बनाएको हो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी