
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वासुदेव पौडेल
पोखरा । हिमाल आरोहणका दृष्टिबाट नेपालकै पहिलो प्रदेश भए पनि आरोहणका गतिविधि न्यून हुने गरेको गण्डकीमा पहिलोपटक संस्थागत हिमाल आरोहण सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवम् नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको आयोजनामा संस्थागतरुपमा धम्पुस पिक आरोहण गरिएको हो ।
कोरोना महामारीले सुस्ताएको पर्यटनलाई आन्तरिक पर्यटन प्रवद्र्धनमार्फत पुनरोत्थान गर्न नेपाल पर्यटन बोर्ड (गण्डकी प्रदेश) र नेपाल पर्वतारोहण सङ्घ (गण्डकी प्रदेश) को संयुक्त पहलमा दुई महिलासहित छ नेपालीको टोलीले मुस्ताङ जिल्लामा अवस्थित छ हजार १२ मिटर अग्लो धम्पुस पिकको सफल आरोहण गरेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पर्यटन विभागबाट अनुमति लिएर नेपाल पर्वतारोहण सङ्घको प्राविधिक सहयोगमा उनीहरूले सो पिक आरोहण गरेका हुन् । आरोहण दलका संयोजक जीवनराज सापकोटाका अनुसार हिजो माघ ३ गते बिहान ११ः४८ बजे छ जनाको टोली शिखरमा पुगेर नेपालको झण्डा फहराएको थियो । गत पुस २७ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आरोहीसहित नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण सङ्घ (गण्डकी प्रदेश) का प्रतिनिधि, पर्यटन व्यवसायी र सञ्चारकर्मीसहितको २६ जनाको टोलीलाई नेपालको, गण्डकी प्रदेश सरकारको, नेपाल पर्यटन बोर्डको र नेपाल पर्वतारोहण सङ्घको झण्डा हस्तान्तरण गर्दै धम्पुस पिकको सफल आरोहणको शुभकामना दिनुभएको थियो ।
आरोहणमा सहभागीमध्ये टासी पासाङ गुरुङ (मुस्ताङ), मनु गुरुङ (मनाङ), दीपेशबाबु सुवेदी (कास्की), सनकुमार जुग्जाली (म्याग्दी), सुदीप गौतम (कास्की) र हीराकुमारी मल्ल (स्याङ्जा) ले सफल आरोहण गरेका छन् । आरोहण दलका संयोजक सापकोटाका अनुसार अत्यन्त तीव्र गतिको हावाका कारण अन्य पर्वतारोहीहरू भने शिखर नजीकै पुगेर पनि फर्कन बाध्य हुनुभएको थियो भने कान्तिपुर दैनिकका दीपक परियार लेक लागेका कारण आधार शिविरबाट फर्कनुभएको थियो ।
पर्वतारोहण र पर्वतीय पर्यटनका लागि नेपाल विश्वमै अग्रणी रहे तापनि आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्य राखेर नेपालीलाई पनि तुलनात्मकरुपमा कम खर्च र प्राविधिक तयारीमा नै धम्पुस पिकजस्ता धेरै हिमशिखरहरुको अरोहण गराउन सकिन्छ भन्ने सन्देश दिनका लागि संस्थागतरुपमा नै हिमाल आरोहण गराइएको नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले बताउनुभयो ।
फ्रेन्च नागरिक मौरिस हर्जोगले सन् १९५० को जुन ३ मा गण्डकी प्रदेशमा अवस्थित आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम चढेर विश्वमा पर्वतारोहणको इतिहास रचेको भए तापनि हाल धेरै कम पर्वतारोहीले मात्र अन्नपूर्ण र धवलागिरि हिमशृङ्खलामा रहेका शिखरहरुको आरोहण गर्ने गरेका छन् । अन्तर्राष्ट्रिय पर्वतारोहीको रोजाइमा आठ हजार मिटरभन्दा अग्ला हिमालका अलावा नेपाल पर्वतारोहण सङ्घले आरोहण अनुमति दिने आमादब्लम, मीरा पिक, आइल्यान्ड पिक, पिसाङ पिकहरु पर्दछन् । यीमध्ये मनाङ जिल्लाको पिसाङ पिक अन्नपूर्ण शृङ्खलामा पर्दछ भने अन्य पिकहरु सगरमाथा क्षेत्रमा पर्दछन् । आरोहणको जेठो हिमाल अन्नपूर्ण पहिलोसहितका धेरै अग्ला तथा विभिन्न उचाइका हिमाल रहेर पनि गण्डकीमा हिमाल आरोहणले गति भने लिएको पाइँदैन ।
मौरिस हर्जाेगको टोली आरोहणमा जाँदा र आउँदा बसेका पोखरासहित गण्डकीका विभिन्न स्थान त्यसपछि मात्र पर्यटकीयरुपमा उपयोग हुन थालेका छन् । पछिल्लो समयमा गण्डकी प्रदेशले आफूलाई पर्यटनको राजधानीका रुपमा स्थापित गर्दै गएको छ । मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथमको आरोहण गरेसँगै बढ्दै गएको पर्यटकीय गतिविधि र त्यसको एक दशकपछि सन् १९६० देखि पोखरामा ‘हिप्पी’ पर्यटकको आगमन भएको पर्यटनका जानकार बताउँछन् ।
सन् १९६६ मा विश्व पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरमा गरेको पदयात्राले समग्र गण्डकी प्रदेशलाई हिमाल आरोहणका साथै पदयात्रा पर्यटनको आकर्षक गन्तव्य पुष्टि गरेको थियो । हिमाल आरोहण र पदयात्रा पर्यटनको जगमा भएको हिप्पी पर्यटकको आगमनपछि पोखराको पर्यटकीय पूर्वाधार विकास सन् १९८० को दशकदेखि बिस्तारै फस्टाउन थालेको पाइन्छ ।
गण्डकी प्रदेशमा अन्नपूर्ण, धवलागिरि, मनास्लुजस्ता हिमशृङ्खला छन् । अन्नपूर्ण हिमशृङ्खलाअन्तर्गत सात हजार मिटरभन्दा बढी उचाइका अन्नपूर्ण पहिलोसहित, दोस्रो, तेस्रो र चौथो, अन्नपूर्ण साउथ, गङ्गापूर्ण, बराह शिखर हिमाल छन् । अन्नपूर्ण शृङ्खलाअन्तर्गत नै तिलिचो पिक, नीलगिरि, लमजुङ आदि हिमाल रहेका छन् । त्यस्तै गण्डकीकै धवलागिरि हिमशृङ्खलामा सात हजार मिटरभन्दा माथिका धवलागिरि पहिलोसहित दोस्रो, तेस्रो र चौथो, गुर्जा, चुरेनजस्ता हिमाल रहेका छन् । धवलागिरि शृङ्खलामा नै सीता चुचुरा हिमाल पर्दछ ।
गण्डकी प्रदेशभित्रकै मनास्लु हिमशृङ्खलामा मनास्लु, ङ्यादीचुली, हिमाल चुली, बौद्ध हिमाल आदि रहेका छन् । विभिन्न हिमशृङ्खलामा धेरै सङ्ख्यामा हिमाल समेटिए पनि यहाँका हिमालमा खासै आरोहण हुने गरेको छैन । हिमाल आरोहणको नेपाल सरकार पर्यटन विभाग र नेपाल पर्वतारोहण सङ्घले व्यवस्थापन गर्ने गर्दछन् ।
नेपाल पर्वतारोहण सङ्घले नेपालका विभिन्न २७ हिमालको आरोहणको व्यवस्थापन गर्दै आएकामा गण्डकीमा मात्रै छवटा हिमाल पर्दछन् । यसमध्ये चुलुइष्ट छ हजार ५८४ मिटरको उचाइमा छ भने सिन्गुचुली छ हजार ५०१, हिउँचुली छ हजार ४४१, चुलु बेष्ट छ हजार ४१९, लाक्र्या पिक छ हजार ४१६ र पिसाङ पिक छ हजार ९१ मिटर उचाइमा छन् । पछिल्ला समयमा पिसाङ पिक हिमाल आरोहणका लागि चर्चामा आउने गरेको छ । संस्थागतरुपमा धम्पुस पिकको सफल आरोहणसँगै आगामी दिनमा गण्डकी प्रदेशमा हिमाल आरोहणका गतिविधि बढ्ने विश्वास गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले बताउनुभयो ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल