
१गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
२पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
३३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
४वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
५गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
६पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
७गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
८विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
९अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१०एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
११कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१२रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
गलकोट । अलि पहिल्यै गाउँघरमा प्रचलित कथन थियो, ‘चामल खाने धनी, कोदो खाने गरिब’ । गरिबको खान्की भनेर चिनिँदै आएको अन्न कोदोका परिकारप्रति पछिल्लो समय धनीको आकर्षण बढ्न थालेको छ । अहिले होटल, रेष्टुँरा तथा घरवासमा पुगेका पर्यटकले कोदोको परिकार खुब मिठो मानेर खान थालेका छन् भने घरवास सञ्चालक कुनै दिन गरिबको खानाको रूपमा चिनिएको कोदोका परिकार बनाएर मनग्य आम्दानी लिन थालेका छन् ।
सामान्यतयाः कोदोको ढिडो, रोटी खाना र खाजाको रूपमा प्रयोग गरिन्छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरवासमा भने कोदोको सेलरोटी प्रमुख आकर्षणका रूपमा छ । बर्खामा आलु र हिउँदमा कोदोको ढिडो र सेलरोटी घरवासको विशेष आकर्षणको रुपमा राखिएको छ । घरवास पुग्ने पाहुनाले चामलको सेल रोटी खाएको भए पनि कोदोको सेल नखाएको भन्दै खुब रुचाउँदै खाने गरेको घरवास सञ्चालक बताउँछन् । कोदोको सेलरोटीले आगन्तुक पाहुनालाई निकै लोभ्याउँदो रहेछ । आगन्तुक पाहुनाले कोदोको ढिडो, कोेदोको सेलरोटी, फापरको परिकार, उसिनेका आलु, सिल्टुमरको चटनी, आलु चिप्स, आलु अचार, आलु रोटीलगायतका परिकारले आन्तरिक तथा बाह्य पाहुनाको मन जित्ने गरेको घरवास सञ्चालक माया घर्तीले बताउनुभयो ।
उच्च पहाडी गाउँको चिसो स्थानमा पाइने कोदो र आलु स्वादिलो हुने भएकाले पाहुनाले कोदो र आलुका विभिन्न परिकारका स्वाद निकै मिठो मानेर खाने गरेको बेलढुङ्गा सामुदायिक घरवासका सचिव गोपाल श्रीसले जानकारी दिनुभयो । “आगन्तुक पर्यटक र पाहुनालाई उनीहरुको इच्छाअनुसार खुवाउने चलन भए पनि हाम्रोमा कोदोको सेल र उसिनेको आलु अनिवार्य छ”, श्रीसले भन्नुभयो, “आलु र कोदोको परिकारलाई नै मुख्य आकर्षण बनाएका छौँ, जसमध्ये कोदोको सेलरोटी र उसिनेको आलु प्रमुख परिकारका रूपमा लिइएको छ ।”
सामान्यतया सेलरोटी चामलको पिठोबाट बनाउने भए पनि ओखलेका महिलाले कोदोको पिठोबाट सेलरोटी बनाउने गरेका छन् । जुन अलि पृथक र फरक स्वादको रूपमा घरवासमा आएका पाहुनाले खाने गरेका छन् । कोदोको सेल निकै फरक र स्वादिष्ट रहेको घरवास पुग्नुभएका बागलुङ बजारका मनकुमारी केसीले बताउनुभयो । कोदोको सेल र आलुको परिकारले बागलुङका अन्य घरवासको तुलनामा बेलढुङ्गा घरवासको छुट्टै पहिचान दिन सफल भएको आन्तरिक पर्यटक दीपक गौतमले बताउनुभयो ।
घरवासमा दोस्रोपटक आउने पाहुनाले सिधै आलु र कोदोको सेल रोज्ने गरेको घरवासका सञ्चालिका माया श्रीसले बताउनुभयो । घरवासमा आयातित खाद्य सामग्रीलाई निषेध गरी स्थानीयस्तरमा उत्पादित खानाका परिकारलाई विशेषरूपमा प्रवद्र्धन गर्ने स्थानीयवासीको योजना छ । गाउँकै मुख्य बालीको रूपमा उत्पादन हुने आलु, कोदो, सिन्की, कुखुरा, खसी, साग तथा फापरको व्यावसायीकरण र अन्य उत्पादनलाई समेत प्रवद्र्धन गर्न अब गाउँलाई अग्र्यानिक भिलेजका रूपमा स्थापित गर्ने योजनासमेत बनाइएको घरवासका सञ्चालक श्रीसको भनाइ छ ।
कोदोको सेलरोटी र आलुको परिकारसँगै सिस्नोको खोले, फापरको पिठो, मकै, भटमास, बाँकाको सिन्कीलगायतका परिकारको समेत स्वाद लिन सकिन्छ । हाल एक रातमा ५० जना आरामदायीरूपमा बस्न मिल्ने गरी १२ घरमा घरवास व्यवस्थित गरिएको घरवास सञ्चालक उमा श्रीसले जानकारी दिनुभयो ।
बागलुङको धम्जा ओखले र म्याग्दीको भकिम्लीको सीमामा अवस्थित दुई हजार ६०० मिटर उचाइमा रहेको पर्यटकीयस्थल बेलढुङ्गाको अवलोकनका लागि आन्तरिक पर्यटक बढ्दै गएपछि दुई वर्षअघिदेखि घरवास सञ्चालनमा ल्याइएको थियो । बेलढुङ्गामा सूर्योदय, हिमाल र सुन्दर मनोरम प्राकृतिक दृश्यावलोकन गर्न पर्यटक आउने गरेका छन् ।
घरवासमा आउने पाहुनाको स्वागत सत्कारका लागि गण्डकी प्रदेश सरकारको रु १० लाख र काठेखोला गाउँपालिकाको रु एक लाख सहयोगमा २०० क्षमताको सामुदायिक भवनसमेत निर्माण गरिएको छ । जसमा पाहुनालाई सामूहिकरूपमा नाचगानसहित स्वागत सत्कार गरिनेछ । त्यसपछि खाना र आवासका लागि घरघरमा व्यवस्था छ । गाउँ पुगेका पाहुनालाई परम्परागत झाँकी, सालैजो, ठाडोभाका, यानीमायालगायत मौलिक गीत–सङ्गीत र नाच देखाउने गरिन्छ । पछिल्लो समय घरवासलाई समेत प्रवद्र्धन गर्ने गरी बागलुङ नगरपालिकाको पञ्चकोटबाट संसारकोट, कारिकोट, थाप्लेको धुरी, कान्छो धवलागिरि हुँदै धम्जा र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सिमानामा समेत पर्ने बेलढुङ्गा चढ्ने गरी पदमार्ग निर्माण थालनी गरिएको छ ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ