
१कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
२लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
३कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
४आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
५पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
६एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
७बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
८श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
१०जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
११पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
१२समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
८‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
९पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
टेकराज पोखरेल
नवलपुर । कोरोना भाइरसका कारण करिब नौ महिना सुनसान बनेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित मौला कालिका मन्दिरमा धार्मिक पर्यटकको चहलपहल शुरु भएको छ । गत पुस १ गतेदेखि मन्दिरमा सर्वसाधारणका लागि पूजा खुला गरिएपछि मन्दिरमा चहलपहल बढ्दै गएको हो ।
नारायणी नदी पुलबाट करिब चार किलोमिटर उत्तरमा पर्ने मौला कालिका मन्दिर ऐतिहासिक धार्मिक पर्यटकीयस्थल भएकाले समेत जिल्ला बाहिरका पर्यटकसमेत आउने गरेका धार्मिक सेवा समिति मौला कालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताउनुभयो । १६औँ शताब्दीको इतिहास बोकेको सो मन्दिर धार्मिक हिसाबले देशभर तथा छिमेकी मुलुकमा समेत प्रख्यात भएकाले धार्मिक तीर्थयात्रीका लागि महत्वपूर्ण गन्तव्य बनेको सापकोटाले बताउनुभयो । “कोभिड–१९ सङ्क्रमणको त्रासका कारण लामो समयसम्म मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोकेका थियौँ”, मन्दिरका अध्यक्ष सापकोटाले भन्नुभयो, “पुस १ गतेदेखि धार्मिकस्थल खुला गर्ने निर्णयसँगै हामीले पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै मन्दिर खुला गरेका हौँ ।”
मन्दिर खुला भएसँगै नवलपरासी, चितवनलगायत देशका विभिन्न स्थानबाट धार्मिक पर्यटक आउन शुरु भएको उहाँले बताउनुभयो । “शनिबार तथा बिदाको दिनमा दैनिक तीन हजारभन्दा बढी मानिस आउन थालेका छन्”, सापकोटाले भन्नुभयो, “अन्य दिनमा समेत एक हजारभन्दा बढी मानिस पूजाआजाका लागि आउने गर्नुभएको छ ।” लामो समय बन्द भएको धार्मिक गतिविधि पुनः सञ्चालन हुँदा सोहीअनुसार भक्तजन मन्दिरमा आउन थालेका उहाँले बताउनुभयो ।
मन्दिरमा पूजाआजासँगै ‘मर्निङवाक’का लागि समेत स्थानीयवासी आउने गरेको सापकोटाले बताउनुभयो । करिब दुई किलोमिटरको पैदलयात्रापछि मन्दिरमा पुग्न सकिने भन्दै सापकोटाले भन्नुभयो, “मन्दिरमा पुग्नका लागि एक हजार ८८२ खुट्किला चढ्नुपर्छ ।” मन्दिरमा खुट्किला निर्माण भएसँगै मन्दिरमा दर्शनका लागि आउने भक्तालुलाई सहजता थपिएको उहाँको भनाइ छ ।
मौला कालिका मन्दिरलाई पवित्र तीर्थस्थल देवघाटधामसँग जोड्नका लागि समेत पदमार्ग निर्माण गरिएको छ । करिब तीन हजार ४०० मिटर लम्बाइको पदमार्गले देवघाट र मौला कालिका मन्दिरका धार्मिक पर्यटकलाई जोड्नका लागि सहयोग गर्ने पदमार्ग निर्माण समितिका संयोजक टङ्कनाथ पौडेलले बताउनुभयो । “देवघाट आएका धार्मिक पर्यटकलाई मौला कालिका मन्दिरसम्म पु¥याउन हामीले पदमार्ग निर्माण गरेका हौँ”, पौडेलले भन्नुभयो, “पदमार्गका कारण देवघाट र मौला कालिका मन्दिरको दूरीसमेत छोटिएको छ ।”
पदमार्ग निर्माण नहुँदै देवघाट आएका तीर्थयात्रीलाई मौला कालिका मन्दिर पुग्नका लागि नारायणगढ भएर जानुपर्ने बाध्यता रहेको भन्दै पौडेलले भन्नुभयो, “अब त्यो झन्झट गर्नुपर्दैन । उहाँहरु देवघाटबाट सिधै करिब साँढे तीन किलोमिटरको पैदलयात्रापछि मौला कालिका मन्दिर पुग्न सक्नुहुनेछ ।” पदमार्ग निर्माणपछि देवघाटबाट मौला कालिका जान चाहने धार्मिक पर्यटकको समयको समेत बचत भएको र यसले दुवै ठाउँमा पर्यटक बढाउन केही भए पनि मद्दत पुगेको उहाँको भनाइ छ ।
मौला कालिका मन्दिर पुगेर दर्शन गरेपछि मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण यहाँ टाढा–टाढाबाट तीर्थयात्री आउने गरेका छन् । बाँकेको कोहलपुरबाट मौला कालिका मन्दिर दर्शनका लागि आउनुभएका कृष्ण न्यौपानेले मन्दिर पुगेपछि आफ्नो मन हलुका भएको बताउनुभयो । “मन्दिरका बारेमा मैले आफन्तबाट धेरै सुनेको थिएँ, आज आफैँले अनुभूति गर्न पाएँ”, न्यौपानेले भन्नुभयो, “मन्दिरको सुन्दरता, यहाँको प्राकृतिक वातावरण तथा माताको सानिध्यतामा पुग्दा सबै दुःख पीडा बिर्सिने रहेछ ।”
सर्वसाधारणका लागि पुस १ गतेदेखि मन्दिर खुला गरिएको भए पनि आवश्यक स्वास्थ्य सतर्कताबिना मन्दिर प्रवेशमा निषेध गरिएको छ । गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले मन्दिर प्रवेश गरेर दर्शन गर्नका लागि अनिवार्यरूपमा मास्क लगाउनुपर्ने तथा भौतिक दूरी कायम गर्नुपर्ने बताउनुभयो । “बिदा तथा महत्वपूर्ण चाडपर्वको दिनमा मन्दिरमा भीडभाड धेरै नै हुने गरेको छ”, पौडेलले भन्नुभयो, “यस्तो अवस्थामा स्वास्थ्य सावधानी पूर्णरूपमा पालना गराउन सुरक्षाकर्मी परिचालन गरेर मानिसलाई मन्दिर प्रवेश गर्ने व्यवस्था गरेका छौँ ।”
सार्वजनिक बिदाको दिनबाहेक अन्य दिन नेपाल प्रहरीले मात्रै सुरक्षा दिँदै आएको मन्दिरमा सार्वजनिक बिदा र चाडपर्वको दिनमा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीसमेत परिचालन गरिएको पौडेलले बताउनुभयो । मन्दिर र पदमार्गस्थलमा फोहर हुन नदिन विभिन्न सङ्घसंस्थाको सहकार्यमा नियमित सरसफाइ गरिँदै आएको पौडेलको भनाइ छ ।
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ