
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
८मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
९सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
काठमाडौँ । व्यसायलाई सञ्चालनमा ल्याएर पर्यटन उद्योगलाई विस्तारै पुनःस्थापना गर्नुपर्ने व्यवसायीले माग गरेका छन् । कोभिड–१९ को सङ्क्रमण शुरु भएपछि लकडाउनका कारण ठमेल क्षेत्र अहिलेसम्म ठप्प छ । दिवाकालीन व्यवसाय सञ्चालनमा आए पनि व्यापारिक लाभ लिन नसकेको ठमेल पर्यटन परिषद्को गुनासो छ ।
पर्यटन व्यवसायमा चुलिँदै गएको आर्थिक सङ्कट व्यवस्थापन गर्न ठमेल खुला गर्नुपर्ने र रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन हुने वातावरण बनाउनुपर्ने व्यवसायीको माग रहेको छ । बिहीबार ठमेल पर्यटन विकास परिषद्ले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा महानगरीय प्रहरी परिसरका प्रमुख अशोक सिंहले सरकारले सञ्चालनको अनुमति दिएन भनिरहँदा व्यवसायलाई थप व्यवस्थापन गर्नेतर्फ पनि ध्यान दिन आग्रह गर्नुभयो । “ठमेलमा व्यवसायी र घरधनीका आफ्ना–आफ्नै गुनासा र समस्या छन् । छुट्टाछुट्टै सुन्दा कुरा सबैका जायज लागे पनि दुवै पक्षले समझदारी नगरी व्यवसाय अघि बढाउन सकिँदै”, कामपा–२६ का अध्यक्ष ख्यामराज तिवारीले भन्नुभयो ।
ठमेल बन्द भएपछि नेपालको पर्यटन उद्योगमा ठूलो धक्का लागेको छ भन्दै परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले यसलाई क्रमशः खोल्दै लानुपर्ने बताउनुभयो । त्यस क्रममा व्यवसायीले रात्रिकालीन व्यवसाय गर्दा कोटेश्वर, सुन्धारा, दरबारमार्ग र ठमेललाई एउटै मापदण्डमा सञ्चालन गर्ने प्रबन्ध गर्नुपर्नेमा जोड दिएका थिए । कुनै ठाउँमा ९ बजे, कतै १० बजे र कतै ११ बजे व्यवसाय बन्द गर्ने व्यवहार असमान भएको उनीहरूको गुनासो थियो ।
छलफलमा सहभागी घरधनीले ठमेलमा रातको समयमा हुने जमघट, चर्को आवाज र सडकमा देखिने अश्लील गतिविधिले परिवारसँग बस्ने र आनन्दसँग सुत्ने वातावरण नभएको गुनासो गरेका थिए । यस क्षेत्रमा करिब १० हजार व्यवसायी र दुई हजार घरधनी छन् । सिजनमा ठमेलले दैनिक रु ३० देखि ३५ करोड र अफसिजनमा रु १८ देखि २० करोड कारोवार गर्ने गरेको थियो ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’