
१काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
२कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
३स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
४नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
८सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
९मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१०गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
११तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
१२लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
६उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
७लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
८उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
९मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
१०सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
११कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
१२सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
पोखरा । राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, टुँडिखेलका एक शिक्षकले छात्रालाई होटलमा लगेर रक्सी र मासु खाँदै परीक्षा लिएको रहस्य खुलेको छ । राष्ट्रिय माविका शिक्षक शिरिष कुमार बस्ताकोटीले एक छात्रालाई होटलको एक कोठामा राखेर आफूले रक्सी र मासु खाँदै परीक्षा लिएका हुन् ।
प्रधानाध्यापक सुर्य तिवारी, सहायक केन्द्राध्यक्ष घनश्याम रेग्मी र शिक्षक शिरिष कुमार बस्ताकोटीको मिलेमतोमा यो जघन्य घटना घटाईएको हो । एकसाता अघि देखि भित्रभित्रै यो घटनाका विषयमा विवाद चर्किएपछि प्रधानाध्यापक सूर्य तिवारीले सो छात्राको परीक्षा नै रद्द गर्न राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश पोखरामा उजुरी दिएका थिए ।
विद्यालय भित्र लिनु पर्ने परीक्षा शिक्षक शिरिष कुमार बस्ताकोटीले होटलमा पु¥याएर लिएको घटनामा सो परीक्षाका लागि केन्द्राध्यक्ष समेत रहेका प्रधानाध्यापक तिवारी र सहायक केन्द्राध्यक्ष रेग्मीले पूर्णरुपमा सहयोग गरेको देखिन्छ ।
शिक्षक शिरिष कुमार बस्ताकोटीले होटलमा लगेर परीक्षा लिएको विद्यालयमा गठित छानबिन समिति अगाडि लिखित रुपमा स्वीकार गरेका छन् । त्यसैगरी सहायक केन्द्राध्यक्ष रेग्मीले लिखित पत्रमा अस्विकार गरेपनि त्यस दिनको टेलिफोन सम्पर्क र ती छात्राको बयानमा रेग्मीको संलग्नता पनि प्रष्ट रुपमा देखिन्छ ।
घटना भित्रभित्रै दवाउन छात्राका अभिभावकलाई बारम्बार विभिन्न शिक्षकहरुले धम्की दिदैं आईरहेका छन् । कक्षा ११ की ती छात्राले अंग्रेजी र शिक्षा तर्फको शैक्षणिक विधि विषयको आंशिक परीक्षा पोखरा वडा नं. ३२, खोलाको छेउस्थित एक होटलको रुममा बसेर साँझ अबेरसम्म दिएकी थिईन् ।
यसरी एक छात्रालाई होटलको कोठामा लगेर परीक्षा लिने शिक्षक शिरिष कुमार बस्ताकोटी, यसको लागि आवश्यक तयारी मिलाई दिने प्रधानाध्यापक सूर्य तिवारी र सहायक केन्द्राध्यक्ष घनश्याम रेग्मीमाथि कस्तो कारवाही हुन्छ, त्यो भने हेर्न नै बाँकी छ ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा