
१५३ मृतकका परिवारलाई ८ करोड राहत
२मनाङ र अन्नपूर्ण गाउँपालिकामा लेक लागेर चारजनाको मृत्यु
३प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
४निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
५चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
६निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
७‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
८जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
९नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
१२स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
७सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
८जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
९प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
१०आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
११इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
१२विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको महत्वपूर्ण पर्यटकीय गन्तव्य र अन्नपूर्ण आधार शिविर (एविसी) पदमार्गको मुख्य प्रवेश विन्दु घान्द्रुक गाउँ १० महिनापछि पर्यटकका लागि खुला हुने भएको छ । साहशिक ग्रामीण पर्यटनको गन्तव्य घान्द्रुक गाउँ र विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर जानका आगामी माघ १ गतेदेखि पर्यटकका लागि खुला गरिने घान्द्रुक पर्यटन व्यवस्थापन समितिले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी जनाएको हो ।
कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि गत चैत पहिलो सातादेखि बन्द भएको घान्द्रुकका होटल र अन्नपूर्ण आधार शिविरको पदयात्रा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने गरी खुला गर्न लागिएको बताइन्छ । सरकारले केही महिनाअघि पर्यटन क्षेत्र खुला गर्ने निर्णय गरेर देशका धेरैतिरका गन्तव्यमा चहलपहल शुरु भए पनि घान्द्रुक खुलाउँदा पर्यटकको आउँजाउँ बढ्ने र यसबाट गाउँमा सङ्क्रमणको सम्भावित जोखिम बढ्ने भएकाले हालसम्म बन्द गरिएकामा आगामी जनवरी १४(माघ १) देखि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी खुला गर्ने निर्णय गरिएको समितिका अध्यक्ष किसम गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो, “लामो समय घान्द्रुक क्षेत्र बन्द हुँदा पर्यटनमा आश्रित हामी व्यवसायी मारमा पर्दै गयौँ । कोरोनाको त्राससँगै डराएर बसिरहँदा व्यवसाय पनि धरासायी हुने अवस्था आएपछि सबै खाले पर्यटकका लागि स्वास्थ्य मापदण्ड पूरा गरेर खुलाउने निर्णय गरेका हौँ ।” समितिले सङ्क्रमण न्यूनीकरण र लक्षण देखिएका पाहुनालाई राख्नका लागि छुट्टै आइसोलेशनको व्यवस्था गरेको छ ।
पदयात्राका क्रममा पर्यटकलाई ज्वरो आएमा अन्नपूर्ण गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा आइसोलेशन घरमा नर्सहरुको निगरानीमा राखिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । घान्द्रुक खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटक घान्द्रुक हुँदै टाढापानी, देउराली, घोरेपानीसम्म पनि आउँजाउँ गर्न सक्ने समितिले जनाएको छ । घान्द्रुकबाट पर्यटक छोमरुङ, सिनुवा, बम्बु, दोभान, हिमालय देउराली हुँदै माछापुच्छ्रे आधार शिविर तथा अन्नपूर्ण आधार शिविर पुग्न सक्नेछन् ।
छोमरुङ गाउँभन्दा माथि अन्नपूर्ण आधार शिविरसम्म भने स्वदेशी तथा विदेशी पर्यटकलाई पिसिआर अनिवार्य गरिएको छोमरुङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष वुद्धिबहादुर गुरुङले जानकारी दिनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले कोरोनापछि बन्द भएका पर्यटकीय गन्तव्य खुला हुनु सकारात्मक रहेको बताउनुभयो । गण्डकी प्रदेशमा घान्द्रुकबाहेक अन्य सबै गन्तव्य खुला भइसकेको उहाँको भनाइ छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले लामो समय घान्द्रुक नखुल्दा पर्यटन क्षेत्र प्रभावित बनेको बताउँदै कोरोनासँग जुध्दै पर्यटन क्षेत्रलाई पुनः सञ्चालन गर्नुको विकल्प नभएको बताउनुभयो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी