
१श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
२भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
३१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
४पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
५पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
६पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
७आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
८स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
११टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
१२सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१२गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
पोखरा । मौलिक हक प्रचलनका लागि कानून व्यवसायीले स्वेच्छिक निःशुल्क कानूनी सेवा प्रदान गर्ने अवधारणाले एकीकृत कानूनी सहायता नीति २०७६ आएको छ । सोको कार्यान्वयनका लागि ऐन र नीति भने बन्नै बाँकी छ । निःशुल्क कानूनी सेवाबारे अभ्यास हुँदै आए पनि अझ प्रभावकारी हुन नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।
नेपाल बार एसोसिएसनले एटुजे परियोजनासँगको सहकार्यमा आज यहाँ गरेको छलफलका सहभागीले जसका लागि यो व्यवस्था गरिएको हो उनीहरु नै निःशुल्क सेवाबाट वञ्चित रहेको बताएका हुन् । एटुजे कार्यक्रमका आउटपुट लिडर रत्नकाजी श्रेष्ठले ८५ प्रतिशत नागरिकलाई यो सुविधाबारे थाहा नभएको बताउनुभयो । “थाहा पाएकामध्ये पनि कतिले सुविधा लिए त्यो अनुसन्धानकै विषय छ”, उहाँले भन्नुभयो ।
फौजदारीमा मात्र कानूनी सहायता प्रदान हुँदै आएकामा अब देवानी प्रकृतिका मुद्दामा यसको व्यवस्था गरिनुपर्ने उहाँको सुझाव छ । नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगरले संविधान र कानूनले प्रत्याभूत गरेका अधिकार कार्यान्वयनका लागि राज्यमात्र होइन सबै सरोकारवाला सचेत हुनुपर्ने बताउनुभयो ।
नेपाल बार काउन्सिल पार्षद् मुकुन्द अर्यालले कानूनी सहायता भने पनि अझैसम्म राज्यको मुख ताकेर बस्ने गरिएकाले अब सोच्ने बेला आएको जनाउनुभयो । पहिला वार्षिक रु ४० हजारभन्दा कम आम्दानी हुनेलाई यो सहायता प्रदान गर्ने प्रावधान रहे पनि अहिले भने अवस्था फेरिएको उहाँको भनाइ थियो ।
जिल्ला अदालत बार एसोसिएसन कास्कीका अध्यक्ष मुक्तिनाथ सापकोटाले हुने खानेले समेत निःशुल्क कानूनी सहायता लिँदै आएकामा अनुगमन नभएको बताउनुभयो । यूएनडीपीबाट सञ्चालित एटुजे परियोजनाका कानून अधिकृत प्रेम थापाले जसलाई चाहिएको हो उसले नपाउने अवस्था आएकाले सरकारले एकीकृत कानूनी सहायता नीति ल्याएको बताउनुभयो ।
वरिष्ठ अधिवक्ता हुने मापदण्डमा स्वेच्छिक निःशुल्क कानूनी सेवा गरेको हुनुपर्ने शर्त राखिएको उहाँको भनाइ छ । उहाँका अनुसार दक्षिण एशियामै स्वेच्छिक निःशुल्क कानूनी सहायतासम्बन्धी निर्देशिका नेपालले बनाएको छ । “बारले अभिलेखीकरण गरी निःशुल्क कानूनी सहायता दिने कानून व्यवसायीहरुको सूची बनाउँछ”, उहाँले भन्नुभयो ।
अधिवक्ता विनीता नेपालीले जतिसुकै धनाढ्य परिवारको भए पनि महिला पीडित हुँदा सडकमै आउने गरेको सुनाउनुभयो । एटुजे परियोजनाका व्यवस्थापक वसन्त अधिकारीले कानून व्यवसायी भएर सामाजिक दायित्व निर्वाह गर्नुपर्ने भएकाले निःशुल्क कानूनी सहायता दिनुपर्ने विचार राख्नुभयो । स्वेच्छिक निःशुल्क कानूनी सहायता गरेको रेकर्ड राखेर बारले पुरस्कृत गर्नुपर्ने उहाँको धारणा थियो । अधिकारीले कानूनी सहायता र निःशुल्क कानूनी सहायता फरक रहेको सुनाउनुभयो ।
सरकारी वकिल स्वतन्त्र न्यौपानेले वैतनिक कानून व्यवसायी र कानूनी सहायता समितिबीच डुप्लिकेसन भएको बताउनुभयो । अधिवक्ता शिव सुनारले अदालती शुल्क र दस्तुरहरु कानून व्यवसायीले नै तिर्नुपर्ने हो कि आफ्नो सेवा मात्रै निःशुल्क भन्ने प्रष्ट हुनुपर्ने खाँचो औँल्याउनुभयो ।
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर