
१भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
२१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
३पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
४पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
५पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
६आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
७स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
८कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
९मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१०टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
११सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
१२स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
चितवन । रत्ननगर नगरपालिकाले भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपूर्जा वितरण प्रक्रिया शुरुआत गरेको छ । नगरस्तरीय भूमीसम्बन्धी समस्या समाधान सहजीकरण समितिको बैंठकले लालपूर्जा वितरणको लागि औपचारिक रुपमा काम शुरु गर्ने निर्णय गरेको हो ।
बैठकले सुकुम्वासीको बसोबास रहेको र नगरभित्रको सार्वजनिक जग्गाको लगत सङ्कलन गर्नका लागि सूचना प्रकाशन तथा सुकुम्वासी समुदायबाट निवेदन माग गर्ने निर्णय भएको नगरप्रमुख नारायण वनले जानकारी दिनुभयो । एक हस्ताभित्र सुकुम्वासीबाट लालपूर्जाको लागि फारम भर्ने काम शुरु गर्ने गरी तयारी गरिएको उहाँले बताउनुभयो । फारम भर्ने काम एक महिनाभित्र सकेर अन्य कामलाई अगाडि बढाउने योजना रहेको प्रमुख वनको भनाइ छ ।
यही बीचमा जग्गा वितरण गर्ने आधार निर्माण गर्ने तथा नापी कार्यालय भरतपुरसँग प्राविधिक तथा अन्य आवश्यक सामग्री माग गर्ने बैठकले निर्णय गरेको छ । तत्कालै तथ्याङ्क सङ्कलकलाई अभिमुखीकण कार्यक्रमको आयोजना गरी कार्यक्षेत्रमा पठाउने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले जानकारी दिनुभयो ।
बैठकमा उपप्रमुख बिमला दुवाडी, नेकपाका नगरअध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे, कार्यपालिका सदस्य सरस्वती लामा, रीता विक, गीता दाहाल, लुमन्ती आवासका लागि सहयोग समूहका कार्यक्षेत्र संयोजक सिंह लामाको सहभागिता रहेको थियो । रत्ननगरमा एक हजार ५०० बढी सुकुम्वासीको घरधुरी रहेको तथ्याङ्क छ ।
चिसाप साहित्य पुरस्कारका लागि स्रष्टा छनोट
चितवन साहित्य परिषदले स्थापना गरेका विभन्न तीन वटा साहित्यिक पुरस्कारको लागि स्रष्टा चयन गरिएको छ । परिषद्ले यसवर्षको चिसाप गायत्री सरस्वती साहित्य पुरस्कार आख्यानकार प्राज्ञ माया ठकुरी, चिसाप कृष्णकुमारी गुरुङ साहित्य पुरस्कार आख्यानकार मीनराज वसन्त र चिसाप कृष्ण कृष्णा साहित्य पुरस्कार आख्यानकार नानी बिभुलाई अर्पण गर्ने जनाएको छ ।
परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा बसेको बैठकले वसन्तको ‘पिपिरी’ र विभुको ‘अनुक्रोश’ उपन्यासका लागि उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । कवि शिरोमणि लेखनाथ पौड्यालको १३७औँ जन्मजयन्तीको अवसर पारेर आगामी शनिबार विशेष साहित्यिक कार्यक्रम गरी पुरस्कार समर्पण गरिने परिषद्ले जनाएको छ । ती पुरस्कारको राशि जनही रु १५ हजार पैंतालीस र सम्मानपत्र रहेको परिषद्का सचिव बालकृष्ण थपलियाले जानकारी दिनुभयो ।
वृद्धाश्रमका लागि अक्षयकोष अभियान
देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको समाज कल्याण केन्द्र वृद्धाश्रम सञ्चालनका लागि आजीवन सदस्य अक्षयकोष निर्माण अभियान सञ्चालन गरिएको छ । एक व्यक्तिबाट रु १५ हजार ५०० लिएर आजीवन सदस्य बनाउने गरी अभियान शुरु गरिएको हो ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक एवं वृद्धाश्रमका अध्यक्ष धीरणबाबु घिमिरेका अनुसार एक हजार जना सदस्य बनाएर रु एक करोड ५५ लाखको अक्षयकोष बनाउन लागिएको हो । अभियान सञ्चालन गरेसँगै ८१ जना सदस्य भइसकेका छन् । उहाँले भन्नुभयो, “एक हजार आजीवन सदस्य बनेसँगै वृद्धाश्रमका लागि सरकारको भरपर्नुपर्दैन ।” वृद्धाश्रममा हाल ३८ जना वृद्धवृद्धा रहेका छन् । वृद्धाश्रमको क्षमता ५० जनाको रहेको छ ।
उहाँका अनुसार ६ जना कर्मचारीले वृद्धाश्रम हेर्दै आएका छन् । जायजन्म र जायजेथा नभएका ६० वर्ष नाघेका वृद्ववृद्वालाई स्थानीय तहको सिफारीसमा वृद्धाश्रममा राख्ने गरिन्छ । हाल रहेका वृद्ववृद्वा देशभरका १२ जिल्लाका रहेका छन् । अभियानमा साथ र सहयोगका लागि उहाँले सबैसँग आग्रह गर्नुभयो ।
हाल सो वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई आवश्यक खाद्यन्न र लत्ताकपडा दाताले पु¥याउँदै आएका छन् । उहाँका अनुसार पछिल्लो समय वृद्धाश्रममा भौतिक संरचना थप निर्माण गरी सुविधा सम्पन्न बनाइएको छ । वृद्धवृद्धालाई बस्ने ठाउँदेखि नुहाउनका लागि तातो पानी, वातावरण अनुकूलित आवास क्षेत्र टेलिभिजन जडान लगायतका काम गरिएको छ । विसं २०५२ बाट वृद्धाश्रम सञ्चालनमा ल्याइएको हो । धेरैको चाहना जीवनको अन्तिम क्षण धार्मिकस्थलमा बिताउने इच्छा हुने गर्दछ । परिवारबाट पालनपोषण नपाएका वृद्धाश्रममा बस्छन् भने आर्थिक अवस्था राम्रो भएकाले देवघाटमानै कुटी निर्माण गरेर बस्ने गरेका छन् ।
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर