
१सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
३महान्यायाधिवक्ताको विवादास्पद निर्णय
४नेपाली काँग्रेसको सभापतिमा गगन थापा
५तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
६पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१०चुनावी मैदानमा विप्लव
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
चितवन । रत्ननगर नगरपालिकाले भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपूर्जा वितरण प्रक्रिया शुरुआत गरेको छ । नगरस्तरीय भूमीसम्बन्धी समस्या समाधान सहजीकरण समितिको बैंठकले लालपूर्जा वितरणको लागि औपचारिक रुपमा काम शुरु गर्ने निर्णय गरेको हो ।
बैठकले सुकुम्वासीको बसोबास रहेको र नगरभित्रको सार्वजनिक जग्गाको लगत सङ्कलन गर्नका लागि सूचना प्रकाशन तथा सुकुम्वासी समुदायबाट निवेदन माग गर्ने निर्णय भएको नगरप्रमुख नारायण वनले जानकारी दिनुभयो । एक हस्ताभित्र सुकुम्वासीबाट लालपूर्जाको लागि फारम भर्ने काम शुरु गर्ने गरी तयारी गरिएको उहाँले बताउनुभयो । फारम भर्ने काम एक महिनाभित्र सकेर अन्य कामलाई अगाडि बढाउने योजना रहेको प्रमुख वनको भनाइ छ ।
यही बीचमा जग्गा वितरण गर्ने आधार निर्माण गर्ने तथा नापी कार्यालय भरतपुरसँग प्राविधिक तथा अन्य आवश्यक सामग्री माग गर्ने बैठकले निर्णय गरेको छ । तत्कालै तथ्याङ्क सङ्कलकलाई अभिमुखीकण कार्यक्रमको आयोजना गरी कार्यक्षेत्रमा पठाउने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले जानकारी दिनुभयो ।
बैठकमा उपप्रमुख बिमला दुवाडी, नेकपाका नगरअध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे, कार्यपालिका सदस्य सरस्वती लामा, रीता विक, गीता दाहाल, लुमन्ती आवासका लागि सहयोग समूहका कार्यक्षेत्र संयोजक सिंह लामाको सहभागिता रहेको थियो । रत्ननगरमा एक हजार ५०० बढी सुकुम्वासीको घरधुरी रहेको तथ्याङ्क छ ।
चिसाप साहित्य पुरस्कारका लागि स्रष्टा छनोट
चितवन साहित्य परिषदले स्थापना गरेका विभन्न तीन वटा साहित्यिक पुरस्कारको लागि स्रष्टा चयन गरिएको छ । परिषद्ले यसवर्षको चिसाप गायत्री सरस्वती साहित्य पुरस्कार आख्यानकार प्राज्ञ माया ठकुरी, चिसाप कृष्णकुमारी गुरुङ साहित्य पुरस्कार आख्यानकार मीनराज वसन्त र चिसाप कृष्ण कृष्णा साहित्य पुरस्कार आख्यानकार नानी बिभुलाई अर्पण गर्ने जनाएको छ ।
परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा बसेको बैठकले वसन्तको ‘पिपिरी’ र विभुको ‘अनुक्रोश’ उपन्यासका लागि उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । कवि शिरोमणि लेखनाथ पौड्यालको १३७औँ जन्मजयन्तीको अवसर पारेर आगामी शनिबार विशेष साहित्यिक कार्यक्रम गरी पुरस्कार समर्पण गरिने परिषद्ले जनाएको छ । ती पुरस्कारको राशि जनही रु १५ हजार पैंतालीस र सम्मानपत्र रहेको परिषद्का सचिव बालकृष्ण थपलियाले जानकारी दिनुभयो ।
वृद्धाश्रमका लागि अक्षयकोष अभियान
देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको समाज कल्याण केन्द्र वृद्धाश्रम सञ्चालनका लागि आजीवन सदस्य अक्षयकोष निर्माण अभियान सञ्चालन गरिएको छ । एक व्यक्तिबाट रु १५ हजार ५०० लिएर आजीवन सदस्य बनाउने गरी अभियान शुरु गरिएको हो ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक एवं वृद्धाश्रमका अध्यक्ष धीरणबाबु घिमिरेका अनुसार एक हजार जना सदस्य बनाएर रु एक करोड ५५ लाखको अक्षयकोष बनाउन लागिएको हो । अभियान सञ्चालन गरेसँगै ८१ जना सदस्य भइसकेका छन् । उहाँले भन्नुभयो, “एक हजार आजीवन सदस्य बनेसँगै वृद्धाश्रमका लागि सरकारको भरपर्नुपर्दैन ।” वृद्धाश्रममा हाल ३८ जना वृद्धवृद्धा रहेका छन् । वृद्धाश्रमको क्षमता ५० जनाको रहेको छ ।
उहाँका अनुसार ६ जना कर्मचारीले वृद्धाश्रम हेर्दै आएका छन् । जायजन्म र जायजेथा नभएका ६० वर्ष नाघेका वृद्ववृद्वालाई स्थानीय तहको सिफारीसमा वृद्धाश्रममा राख्ने गरिन्छ । हाल रहेका वृद्ववृद्वा देशभरका १२ जिल्लाका रहेका छन् । अभियानमा साथ र सहयोगका लागि उहाँले सबैसँग आग्रह गर्नुभयो ।
हाल सो वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई आवश्यक खाद्यन्न र लत्ताकपडा दाताले पु¥याउँदै आएका छन् । उहाँका अनुसार पछिल्लो समय वृद्धाश्रममा भौतिक संरचना थप निर्माण गरी सुविधा सम्पन्न बनाइएको छ । वृद्धवृद्धालाई बस्ने ठाउँदेखि नुहाउनका लागि तातो पानी, वातावरण अनुकूलित आवास क्षेत्र टेलिभिजन जडान लगायतका काम गरिएको छ । विसं २०५२ बाट वृद्धाश्रम सञ्चालनमा ल्याइएको हो । धेरैको चाहना जीवनको अन्तिम क्षण धार्मिकस्थलमा बिताउने इच्छा हुने गर्दछ । परिवारबाट पालनपोषण नपाएका वृद्धाश्रममा बस्छन् भने आर्थिक अवस्था राम्रो भएकाले देवघाटमानै कुटी निर्माण गरेर बस्ने गरेका छन् ।
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर