
१गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
२पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
३३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
४वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
५गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
६पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
७गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
८विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
९अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१०एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
११कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१२रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
दिलकुमार लिम्बू
फुलिङ्लिङ । फुङ्लिङकी मनिषा तामाङलाई नजिकबाट कञ्चनजङ्घा हिमाल आधार शिविर पुग्ने रहर सानैदेखि थियो । पढाइ र घरायसी कामका कारण जान पाएकी थिइनन् । यस वर्षको दशैँ बिदामा उनले त्यो रहर पूरा गरिन् ।
“पहिले त हिमालमा विदेशी मात्रै जान्छन् जस्तो लाग्थ्यो तर त्यस्तो होइन रहेछ”, उनले भनिन्, “आफ्नै जिल्लामा रहेको विश्वको तेस्रो अग्लो हिमालको फेदमा पुग्दा निकै खुशी लागेको छ ।” कञ्चनजङ्घा हिमाल, आधार शिविर, पदमार्ग, बाटामा देखिने हिमाली दृश्य आफूले सुनेभन्दा निकै राम्रो लागेको उनको अनुभव छ । मनिषा मात्रै होइन पछिल्लो एक महिनामा ७० भन्दा धेरै जिल्लावासी कञ्चनजङ्घा आधार शिविर पुगेर फर्किएका छन् । सय हाराहारी यात्रामा छन् । कोहिले भने जाने योजना बनाउँदै गरेको आधार शिविर प्रवेशद्वार घुन्साका व्यवसायी धार्के शेर्पाले बताउनुभयो ।
“अघिल्लो वर्षहरुमा नेपाली खासै आउँदैनथे । त्यसमा पनि घुम्नैका लागि भनेर ताप्लेजुङ्गे आएको मलाइ थाहा थिएन”, उहाँले भन्नुभयो, “अहिले जिल्लाकै मानिस धेरै आइरहेका छन् ।” विदेशी पर्यटक नआएको समयमा आन्तरिक पर्यटकले भए पनि आफूहरुलाई केही राहत भएको उहाँको भनाइ छ । विदेशी भने एक जना अमेरिकी र एक जना चिनियाँ मात्रै गएको उहाँले सुनाउनुभयो ।
कोरोना माहामारीका कारण सरकारले लकडाउन गरेपछि विदेशी र स्वदेशी पर्यटकले घुम्न पाएनन् । पर्यटकीय क्षेत्रका होटल/पसल पनि बन्द भए । चैतयता पर्यटकीय गतिविधि ठप्प नै भयो । अहिले माहामारीकै अवस्था रहे पनि जिल्लाका पर्यटकीयस्थलमा चहलपहल बढेको छ । आन्तरिक पर्यटकले भए पनि केही आशा जगाएको कञ्चनजङ्घा आधार शिविरमा पर्ने ग्याब्लाका पासाङ शेर्पाले बताउनुभयो ।
फुङ्लिङ नगरपालिका–४ का वडाध्यक्ष जितेन लिम्बू गत हप्ता आधार शिविर (पाङ्पेमा) पुगेर फर्किनुभयो । छ जनाको टोलीसहित जानुभएका उहाँको पनि जाने रहर भने पहिल्यैदेखिको थियो । “बाहिरका साथीले कञ्चनजङ्घाको बारेमा सोध्थे । त्यसबेला बताउन आफैँलाई अप्ठ्यारो लाग्थ्यो”, लिम्बूले भन्नुभयो, “एक पटक पुग्नै पर्ने ठाउँ रहेछ ।” पछिल्लो समय नेपालीमा घुम्ने बानीको विकास भइरहेको र त्यसलाई राज्यले थप प्रवद्र्धन गर्नुपर्ने कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पूर्वकार्यालय सचिव तेञ्जिङ वालुङ बताउनुहुन्छ । “आफ्नो देश/जिल्ला/गाउँ घुम्न चाहनेलाई राज्यले प्रोत्साहन गर्नुपर्छ, विभिन्न छुट र बिदा दिने योजना ल्याउनुपर्छ”, उहाँले भन्नुभयो ।
भदौ–कात्तिक र फागुन–वैशाख यहाँ पर्यटक आउने ‘सिजन’ हो । अघिल्लो वर्ष एक हजार ३०० ले आधार शिविर घुमेको परिषद्को तथ्याङ्क छ । कञ्चनजङ्घा पदमार्गमा ६२ वटा होटल सञ्चालनमा छन् । नेपालमा कोरोना फैलिएपछि ती सबै बन्द थिए । अहिले आन्तरिक पर्यटक गएपछि अधिकांश होटल खुलेका छन् भने केही बन्द नै छन् ।
पदमार्गमा पर्ने सेकाथुम, जापानटार, आम्जिलेसा, ढाङ्ग्याम, ग्याब्ला, फले, घुन्सा, खम्वाचेन, लोनाक, चेइराम, सेलेले, ओक्तान र तोरोङ्देनका स्थानीयवासी हिमाल घुम्न आउने पर्यटकमै आश्रित छन् । पर्यटक नआएपछि आफूहरु मारमा परेको फलेका नोर्बु शेर्पाले बताउनुभयो । सिरिजङ्घा गाउँपालिकामा पर्ने आठ हजार ५८६ मिटर अग्लो कञ्चनजङ्घा हिमालका दुई आधार शिविर छन् । पाङ्पेमा रहेको उत्तरी आधार शिविर हो । यहाँबाट हिमाल हेर्न मात्रै सकिन्छ । हिमाल चढ्ने दक्षिणी आधार शिविर ओक्तानबाट हो ।
आधार शिविर जाने पदमार्ग पनि दुई वटै छन् । सदरमुकाम फुङ्लिङबाट सिरिजङ्घा गाउँपालिकाको हप्पुखोला–याम्फुदिन हुँदै एउटा र फक्ताङलुङ गाउँपालिकाको तापेथोक–घुन्सा हुँदै जाने अर्को । एउटा आधार शिविर मात्रै गए फुङ्लिङबाट ८–१० दिन र दुवै गए १५–२० दिन लाग्छ । फुङ्लिङबाट पदमार्गमा होटल र टि हाउस प्रशस्तै रहेकाले दुवै आधार शिविर पुग्न सहज रहेको तापेथोकका व्यवसायी सुसन लिम्बूले बताउनुभयो ।
व्यवस्थापन परिषद्को निवार्चन हुँदै :
ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को शुक्रबारदेखि निर्वाचन हुने भएको छ । निर्वाचन तालिका सोमबार परिषद्को कार्यालय फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा सार्वजानिक गरिएको हो । पुस १७ गतेदेखि उपभोक्ता समूह, आमा समूह र सामुदायिक वन उपभोक्ता समूह निर्वाचन प्रक्रिया गरी माघ १२ गतेसम्ममा परिषद्को निर्वाचन गर्ने तयारी भएको परिषद्का संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताउनुभयो ।
पूर्वतयारीका साथ संरक्षण व्यवस्थापन कार्यालय कार्मचारी कार्य क्षेत्रसम्म पुगिसकेको तिवारीले बताउनुभयो । सबै सुरक्षा प्रबन्ध भइसकेको केही कार्यालयका काम मात्र बाँकी रहेको तिवारीले बताउनुभयो । गत वर्ष जेठ २८ मा परिषद् अध्यक्ष खकेन्द्र फेम्बूको पाँचवर्षे कार्यावधि पूरा भएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले एक वर्षका लागि कार्यावधि थप गरेको थियो । एक वर्षको अवधि पूरा भएपछि परिषद् विघटन भएको थियो । परिषद् विघटन भएको आठ महिनापछि निर्वाचन गर्नतिर लागेको हो । पहिला पनि निर्वाचन प्रक्रिया अगाडि बढाइएको थियो तर कोरोनाका कारणले निर्वाचन हुन सकिएको थिएन ।
विघटनपछि परिषद्ले पूर्णता नपाएकाले आर्थिक तथा प्रशासनिक काम सबै रोक्का भई परिषद्अन्तर्गतका कर्मचारीलाई गत असारयता पारिश्रमिक दिन सकिएको थिएन । जडीबुटी सङ्कलन निकासी पुर्जी, वनपैदावारसम्बन्धी क्रियाकलापका साथै पर्यटन विकास पूर्वाधारसम्बन्धी काम सञ्चालन गर्न समस्या भइरहेको जनाइएको छ । समृद्ध पहाड परियोजना र परिषद्बीच पाँच वर्षयता सम्झौता भएअनुसार कार्यक्रम सञ्चालन हुँदै आएको छ । लामो समयसम्म परिषद्ले पूर्णता नपाउँदा व्यक्तिगत लगानी गरेर केही कार्यक्रम गर्नुपरेको परियोजना ताप्लेजुङका कार्यक्रम संयोजक चित्राकुमारी चङ्सूले बताउनुभयो । गत असार मसान्तमा पूर्ण सम्झौता गर्नुपर्ने भए पनि परिषद् गठन नभएकाले अहिलेसम्म सम्झौता हुन नसकेको जनाइएको छ ।
परिषद्को पूर्ण गठनका लागि विभागले गत साउन ७ गते पत्रमार्फत कात्तिक मसान्तसम्म परिषद्को पूर्ण गठन सकाएर विभागमा प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । विभागको निर्देशनानुसार परिषद्ले आफ्नो तयारी गरे पनि कोरोनाका कारण जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले तत्कालका लागि परिषद्को पूर्ण गठन नगर्न पत्रमार्फत निर्देशन दिएसँगै पूर्ण गठन प्रक्रिया रोकिएको परिषद्का प्रमुख प्रशासकीय अधिकृत तिवारीले बताउनुभयो । परिषद् लामो समय गठन हुन नसकिरहेका समयमा परिषद्ले खेप्दै आएको प्रशासनिक समस्या नयाँ परिषद् आएपछि समाधान हुने तिवारीले बताउनुभयो । कञ्चनजङ्घा संरक्षण ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका र सिरिजङ्घा गाउँपालिकाभित्र दुई हजार ३५ किलोमिटरमा क्षेत्रफलमा फैलिएको छ ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ