
१राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
३जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
४राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
६लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
७माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
८रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
९प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१०रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
११रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
७जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
८पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
९प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१०पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको विघटन संविधानको मर्म र भावनाविरुद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज भृकुटीमण्डपमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले संविधानमा हुँदै नभएको प्रावधान प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरिए पनि वास्तविक अर्थमा विघटन नभएको बताउनुभयो ।
“सदनभित्र गएर विकल्प खोज्दा देखिएन भने मात्र प्रतिनिधिसभा विघटन हुन सक्छ भन्ने व्यवस्था संविधानमा राखिएको हो”, प्रतिनिधिसभाभित्र सरकार बन्ने चार विकल्प हुँदासम्म विघटन गर्न नसकिने जिकिर गर्दै उहाँले भन्नुुभयो, “तर अहिले संविधानको मर्म र भावनामाथि निर्मम ढङ्गले प्रहार गरिएको छ, यो सदन, सार्वभौम सांसद र नेपाली जनताको लामो सङ्घर्ष र बलिदानमाथिको प्रहार हो ।” संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद् विघटन गरिनु बिडम्बनायुक्त भएको बताउँदै उहाँले भन्नुुभयो, “सदन विघटन भएको छैन, सदन जीवित छ, सरकार संविधानको मर्म र जनताको भावना विपरीत गएको छ, प्रतिनिधिसभा पुनःस्थापना नहुञ्जेल आन्दोलन रोकिँदैन ।”
संविधानको अक्षर र भावनालाई सर्वोच्च अदालतले सम्मान गर्ने विश्वास व्यक्त गर्दै उहाँले संविधानको मर्म र भावना न्यायालयले बुझ्दैन भनेर आफूले सोच्न पनि नसक्ने बताउनुभयो । प्रतिनिधिसभा विघटनविरुद्ध जनताले गरेको प्रदर्शनलाई संसद् पुनःस्थापनाका लागि दबाब दिएका रुपमा नबुझ्न न्यायालयलाई आग्रह गर्दै उहाँले यसलाई जनताको प्रतिरोधलाई सहजीकरणका रुपमा हेरिदिन आग्रह गर्नुभयो । समयमै गल्ती सच्याएर जाँदा जनताले माफी दिने जनाउँदै उहाँले प्रतिनिधिसभा पुनःस्थापना नहुञ्जेल आन्दोलनको आँधीबेहरी सिर्जना गरिने चेतावनी दिनुभयो ।
पार्टीभित्र बहस र छलफल शुरु गर्दा अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनको खेल खेलेको आरोप लगाउँदै उहाँले प्रधानमन्त्री कहिल्यै बैठकमा बस्न तयार नभएको जिकिर गर्नुभयो । पार्टी एकता हुँदाको बखत निर्वाचन आयोगमा पेश गरिएको केन्द्र्रीय सदस्यको विवरणअनुसार आफूहरुसँग ७० प्रतिशतभन्दा बढी सदस्य रहेको जिकिर गर्दै उहाँले पार्टीको आधिकारिता र निर्वाचन चिह्न सूर्य आफूहरुले नै पाउने जिकिर गर्नुभयो ।
सो अवसरमा नेकपा केन्द्रीय सङ्घर्ष समितिका संयोजक एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् पुनःस्थापना नभएसम्म आफूहरुको आन्दोलन नरोकिने बताउनुभयो । ऐतिहासिक आन्दोलन, संविधानको मर्म र भावना विपरीत सरकारले संसद् विघटनको सिफारिश गरेको जनाउँदै उहाँले सरकारको कदमविरुद्ध देशव्यापी आन्दोलनलाई बुलन्द पार्न आग्रह गर्नुभयो ।
पार्टी स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेशका इञ्चार्ज अष्टलक्ष्मी शाक्यले लगातार पार्टी कमिटीको बैठक बहिष्कार गर्नाका साथै जनप्रतिनिधिमूलक संस्था विघटन गरेर ओलीले जनभावना विरुद्ध कदम चालेको आरोप लगाउनुभयो ।
विरोधसभाअघि राजधानीका १३ स्थानबाट जुलूस नगर परिक्रमा गर्दै भृकुटीमण्डप पुगेको थियो । टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट निस्केको जुलूसलाई पार्टीका शीर्ष नेताले नेतृत्व गर्नुभएको थियो । नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध जनप्रदर्शन गर्न सचिवालय सदस्य श्रेष्ठका संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो । यही पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपा सडक सङ्घर्षमा उत्रिएको छ ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए