News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

तम्घास । गुल्मीमा ट्र्याक्टर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा परी जिल्लाको मुसिकोट नगरपालिका–५ की ३१ वर्षीया पार्वती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारनाथ पन्तले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालिकाको वामिटक्सारबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु३त ११०० नंको ट्र्याक्टर चिउरी डाँडामा दुर्घटनामा परेको हो । दुर्घटनामा इस्मा गाउँपालिका–२ का चालक ३२ वर्षीय कृष्ण कुमाल घाइते हुनुभएको छ । उहाँको गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । ट्र्याक्टर अनियन्त्रित भई सडकदेखि ७०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।