
१अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
२सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
३अफवाह नफैलाउन प्रहरीको आग्रह
४बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
११गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
किरण पौड्याल
इलाम । विदाको समयमा घुम्न कहाँ जाने ? सदरमुकाम नजिकका बासिन्दाको मुखमा आउँछ–दिदीबहिनी झरना । जिल्लामा प्रशस्त पर्यटकीय÷रमणीय क्षेत्र छन् । श्रीअन्तु, माईपोखरी, सन्दकपुर, पानीटार, गजुरमुखीलगायत । एकैदिन भ्रमण गरेर फर्किन सकिने र कम खर्चमै पुगिने भएकाले दिदीबहिनी झरना धेरैको रोजाइमा पर्ने गरेको छ ।
यो झरना जान लामो बाटो हिँड्नु नपर्ने र मोटरबाटै पुगेर फर्किन सकिन्छ । यसैले पनि यो पर्यटकीय जिल्लाभित्रै पर्यटकका लागि भ्रमण क्षेत्र बनेको छ । एकै ठाउँ दुई वटा झरना, उत्रै र उस्तै, अनि सदाबहार झरिरहने । यसैले पनि धेरैको मन चोर्छ । जिल्लाकै अर्को झरना टोड्के झरना सदरमुकामबाट टाढा छ । केही विकट र कच्ची बाटो । त्यही झरना हेर्ने धोको पूरा गर्न पनि कतिपय पर्यटक दिदीबहिनी झरना पुग्छन् । दिदीबहिनी झरना पुग्न सरमुकामबाट करिब २० किमी मेची राजमार्गको यात्रामा रक्सेको बाघखोर पुगिन्छ । बाघखोरबाट अढाई किमी कच्ची सडकको यात्रा गरेपछि झरनाको छेवैमा पुग्न सकिन्छ ।
पुग्नलाई उत्ति गाह्रो नभए पनि प्रचारप्रसारको अभावमा यी दुई झरना ओझेलमा परेको थियो । जिल्ला बाहिरकाको त कुरै छोडौँ जिल्ला भित्रका धेरैले पनि भर्खरै मात्र यो झरनाका बारेमा थाहा पाउँदै गएका छन् । अहिले बिदाको दिन झण्डै २०० र अन्य दिनमा २५ जनाको सङ्ख्यामा आन्तरिक पर्यटक झरना अवलोकनमा आउन थालेको दिदीबहिनी झरना संरक्षण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर राईले बताउनुभयो ।
राईका अनुसार पछिल्लो समय सूर्योदय, देउमाई नगरपालिका, फाकफोकथुम, माङसेबुङ र सन्दकपुर गाउँपालिकाका पर्यटक आउने गरेका छन् । उहाँले नजिकैको दूरीमा दुई झरना भएकैले दिदीबहिनी झरना नामकरण गरिएको हो । लेकाली हावापानीमा एकै स्थानमा दुई झरनाको दृश्यावलोकनले पर्यटकलाई रोमाञ्चित बनाउँछ । यसले पनि पर्यटकलाई आकर्षित गराउनमा सहयोग गरेको बताइएको छ ।
कुहिरोसँग लुकामारी खेल्ने यी दिदीबहिनी झरनालाई नियाल्न आन्तरिक पर्यटकहरुको आगमनसँगै स्थानीयवासी हर्षित भएको अध्यक्ष राईले जानकारी दिनुभयो । झरना नजिकै स्थानीय परिकार खानपिन उपलब्ध गराउने भावी योजनासमेत रहेको उहाँले जानकारी दिनुभयो । यस क्षेत्रमा टिमुर, चिमफिङ्ग, वनसुपारी, चिराइतोलगायत गरी २० प्रकारका जडीबुटी सहजै उपलब्ध हुन सक्छ । गएको दुई आर्थिक वर्षमा साविक मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन समितिले रु २० लाख, प्रदेशको रु १० लाख आर्थिक सहयोग र स्थानीयको रु छ लाख गरी रु ३६ लाखको लगानीबाट रेलिङसहितको पदमार्ग, हावा घर (बिसाउनी स्थल) लगायतको निर्माणसँगै सौन्दर्य अभिवृद्धि गर्ने काम गरिएको छ ।
थप स्तरोन्नितका लागि भर्खरै सङ्घीय सरकारले पठाएको टोलीले “महभीरको दिदीबहिनी झरना क्षेत्रको विस्तृत अध्यन प्रतिवेदन” तयार पार्नका लागि आफ्नो कार्य सकाएर फर्किएको अध्यक्ष राईले जानकारी दिनुभयो । पछिल्लो समय झरना नजिकै आकर्षक गुफा रहेको स्थानीयवासीले बताउँदै आएका छन् । पहिलेदेखि नै गुफाको बारेमा जानकारी नभए पनि प्रचारप्रसार अभावले चिनाउन नपाएकाले पछिल्लो समय स्थलगत अवलोकनसमेत गरिएको स्थानीय सोम सुनुवार बताउनुहुन्छ । एक वृद्धको भनाइलाई आधार बनाउँदै हेर्न जाँदा गुफा फेला परेको सुनुवारको भनाइ छ । “गुफा कति ठूलो छ पत्ता छैन । हामीले नै पहिलोचोटि हेरेका हौँ”, सुनुवारले भन्नुभयो, “नामजाँच गर्नुपर्ने देखिन्छ । अनि प्रचारप्रसारको अभाव छ ।” गुफाको प्रचारप्रसार गर्न सके दिदीबहिनी झरना आउनेको सङ्ख्यामा वृद्धि हुने स्थानीयवासीको अनुमान छ । पछिल्लो समय झरनाको उचाइ पत्ता लागेको समेत स्थानीयले बताए । ठूलो (दिदी) झरनाको उचाइ ६८ फिट र सानो (बहिनी) ५८ फिट रहेको बताइएको छ ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन