
१आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
२‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
३‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
४पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
५डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
६ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
७पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
८डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
९पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१०विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
११सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
बलेवा । झुटो विवरण पेश गरेर नागरिकता बनाउनेको कागजात राम्रोसँग जाँच नगरेकोे भन्दै बागलुङका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीसहित थप तीन कर्मचारीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । गिरी हाल मनाङमा प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ । नागरिकता दिने तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी गिरी, प्रशासकीय अधिकृत कृष्णराज गौतम र नागरिकताको फाँटवाला नासु विष्णुप्रसाद शर्माविरुद्ध पनि मुद्दा परेको अदालतले जनाइएको छ ।
झुटो विवरण पेश गरेर नागरिकता बनाउने बागलुङ नगरपालिका वडा नं ६ का पंकज सापकोटा यसअघि नै पक्राउ परेका थिए । उनीसहित अन्य दुई पक्राउ परेका थिए भने वडाध्यक्षसहितका तीन फरार छन् । सापकोटाले वडा नं ४ को झुटो विवरण पेश गरेर नागरिकता बनाएपछि अदालतमा मुद्दा परेको थियो ।
सापकोटाले ईश्वर आचार्य नाम देखाएर नागरिकता बनाएको भेटिएपछि जिल्ला सरकारी वकिलको कार्यालयले सापकोटासहितलाई प्रतिवादी बनाएर मुद्दा दिएको थियो । उक्त मुद्दामा पक्राउ परेका तीन जनालाई जिल्ला अदालतले शुक्रबार धरौटीमा रिहा गरेको छ । शुक्रबार भएको थुनछेकको बहसपछि जिल्ला अदालतको आदेशमा उनीहरु धरौटीमा छुटेका हुन् ।
उक्त मुद्दामा वडा नं ४ का अध्यक्ष धु्रवबहादुर केसीसहित वडासचिव प्रेमबहादुर खड्का, नागरिकता बनाउने सापकोटा, उनका काका नाता लगाएर सनाखत गरेका सन्तोष आचार्य, प्रमाणपत्र दिने शिक्षकलगायतलाई अदालतले तीन साताअघि पक्राउ आदेश दिएको थियो । प्रहरीले सापकोटासहित आचार्य र वडासचिव खड्कालाई मात्र पक्राउ गरेको थियो । वडाध्यक्ष केसीसहितका अन्य व्यक्ति भने फरार छन् ।
जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासले शुक्रबार उनीहरुलाई धरौटीमा रिहा गरेको हो । झुटो विवरण पेश गरेर नागरिकता लिने सापकोटा नागरिकता लिएकामा रु ५० हजार र राहदानी लिएकामा ६० हजार गरी एक लाख १० हजार धरौटीमा छुटेका छन् । त्यस्तै काका नाता बनाएर सनाखत गर्ने आचार्यलाई रु ३० हजार धरौटीमा छुटाउने आदेश दिइएको हो । वडासचिव खड्कालाई भने शुद्ध तारेखमा छुटाइएको हो ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’