
१सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
२२०६२ देखिका उच्च पदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने
३मन्त्री बन्न नपाएको झोंकमा द्रोर्णकुमारले दिए राजीनामा
४गण्डकी प्रदेशका नयाँ मन्त्रीहरुले आजै लिए सपथ
५गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेरको तयारी
६सिर्जनाको हत्यामा थप दुईजना आफ्नै भाञ्जा र ज्वाई पक्राउ
७सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कँडेल
८सर्वोच्च अदालतबाट दोषी ठहर भएकाहरु अझै फरार
९अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
१०मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक
११डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
१२सेनाद्वारा अन्नपूर्ण गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
६कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
७पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
८लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
९अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
१०मक्किएको काँग्रेसलाई बचाउन खोज्दा खोज्दैं आफैं ढले गगन थापा, दिए सभापति पदबाट राजीनामा
११कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
१२महान्यायाधिवक्ता सविता भण्डारीको हर्कतहरु, ७ अर्ब रुपैयाँको राजश्व छलिमा वर्ल्डलिंकलाई क्लिन चिट
भगवान् गिरी
लिस्बन । पोखरा घर भई दुई वर्ष पहिला युरोपेली मुलुक बेल्जियम भ्रमण प्रवेषाज्ञामा आउनुभएका सुन्दर गुरुङ युरोपमै बस्ने चाहनानुसार अस्थायी अनुमतिपत्र बनाउन सजिलो हुन्छ भन्दै पोर्चुगल आउनुभयो तर के गर्नु उहाँको समस्या नेपाली राहदानीको म्याद सकियो । पोर्चुगलमा नवीकरण गर्न दूतावास नभएकाले पोर्चुगललाई पनि हेर्ने गरी जिम्मेवारी पाएको फ्रान्सस्थित नेपाली दूतावासमा आवेदन फाराम भरेर बुझाउन उहाँ फ्रान्स जान सक्नुभएन तसर्थ उहाँको राहदानी बनाउन कठिनाइ भयो ।
पोर्चुगलबाट आवेदन फारम भरेर पठाउँदा समयमा राहदानी आएन । राहदानी समयमा नआएपछि लामो समयसम्म प्रतीक्षा गरेको अस्थायी वसोवास अनुमतिपत्र बनाउन पोर्चुगलको अध्यागमन विभाग सेफले दिएको समय त्यत्तिकै गुम्यो । गुल्मीका सञ्जीव ज्ञवाली डेनमार्कमा विद्यार्थी प्रवेषाज्ञामा श्रीमतीसहित आउनुभएको हो । उहाँहरुले पनि डेनमार्कको बसाइमा भविष्य देख्नु भएन र अस्थायी अनुमतिपत्र बनाउने हुट्हुटीले उहाँ पढाइलाई बिट मार्दै पोर्चुगल हानिनुभयो । पोर्चुगल आएपछि बच्चा जन्मियो । बच्चाको नेपाली राहदानी बनाउन एक वर्षअगाडि नै आवेदन फाराम भरेर पठाएको भए पनि अहिलेसम्म अत्तोपत्तो छैन ।
त्यस्तै एक नेपाली युवा पोर्चुगलसम्म आइपुग्दा नेपाली २५ लाख रुपैयाँ ऋण लाग्यो । उहाँले सोचेअनुसार न कमाई भयो, न समयमै अस्थायी अनुमतिपत्र बन्यो । आर्थिक भार बढ्यो, ब्याज तिर्न गाह्रो भयो । आफ्नो नाममा रहेको जग्गा बिक्री गरेर ऋण तिर्ने मनसाय बनाउँदै नेपाल भएकी श्रीमतीलाई मञ्जुरीनामा दिनुपर्ने तर प्रक्रिया पूरा गर्न निकै झन्झट झेल्नुपरेको बताउनुहुन्छ ।
सेवाग्राहीका यी र यस्तै समस्या दिनानुदिन बढ्दै गइरहेका छन् । नेपालीको चाप बढेकोबढ्यै छ । यहाँका नेपालीहरुले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलको सहजीकरणमा दूतावाससँग सम्बन्धित आवेदन फारम भरेर पठाउने काम गर्दै आएका छन् ।
पछिल्लो समयमा सङ्घले लामो समय फारम राजश्वको रकम दूतावासमा नपठाएको गुनासो आउन थालेपछि राजदूतावासले चासो दिएर सोधपुछ गरेपछि मात्रै गैरआवासीय नेपाली सङ्घ पोर्चुगलले प्रभावकारीरूपमा आवेदन फाराम समयमा नै पठाउने प्रतिबद्धता गर्दै रोकिएका आवेदन फाराम र राजश्वको रकम पेरिसस्थित दूतावासलाई बुझाएको फ्रान्सका लागि राजदूत दीपक अधिकारीले बताउनुभयो ।
फ्रान्सस्थित नेपाली दूतावासले पोर्चुगल पनि हेर्ने जिम्मेवारी पाएको हुनाले पोर्चुगलसँग सम्बन्धित राहदानीको आवेदन फारम, मञ्जुरीनामालगायतका काम गर्नुपर्दछ । राजदूत अधिकारीका अनुसार कोभिडका कारण एक देशदेखि अर्को देशमा जान समस्या भएकाले साथै राजदूतावासमा कर्मचारीको सङ्ख्या पनि कम भएको हुनाले नियमित पोर्चुगल आएर कार्य सम्पादन गर्न कठिनाइ परेका हो । नेपाली समुदायको सामाजिक संस्था भएकाले समस्यामा परेका नेपालीलाई सहयोग गर्छ भन्ने विश्वासका साथ गैरआवासीय नेपाली सङ्घ पोर्चुगललाई जिम्मेवारी दिनु परेको राजदूत अधिकारीले प्रस्ट पार्नुभएको छ ।
गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका कार्यवाहक अध्यक्ष सीता श्रेष्ठले विगतमा विभिन्न प्राविधिक समस्या आइपरेका कारण सेवाग्राहीले समस्या झेल्नुपरेको स्वीकार गर्दै आगामी दिनमा थप व्यवस्थापनका साथ आवेदन फाराम भरेर छिटोछरितो र दुरुस्त पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आवेदन फाराम हुलाकमार्फत पठाउनुपर्ने भएकाले हुलाक सेवा कहिलेकाहीँ ढिला हुने गर्दछ भने दूतावासले पनि नेपाल पठाउन पर्याप्त फाराम नभएको भन्दै रोकेर राख्नाले ढिलो हुने समस्याले सेवाग्राही महिनौँ प्रतीक्षा गर्नुपर्ने बाध्यता छ ।
यस्ता समस्या त कैयौँ छन् । पोर्चुगलमा नेपालीको सङ्ख्या बढ्दो छ । हालसम्म नेपाल सरकारले राजदूतावास वा नेपाल सरकारको आधिकारिक निकाय स्थापना गर्न चासो नै देखाएको पाइँदैन । दूतावास स्थापना गर्नुपर्ने भन्दै बेलाबखत सामाजिक सञ्जालका भित्ताहरू भरिन्छन् । पोर्चुगलमा भएका नेपाली मात्र होइन, नेपालभित्रै पनि पोर्चुगलमा दूतावास स्थापना हुनुपर्छ भन्ने पक्षमा बहस हुन थालेको छ ।
केही वर्षयता दूतावास स्थापनाका लागि पोर्चुगलमा बस्दै आएका नेपाली समुदाय, राजनीतिक पार्टी आबद्ध प्रवासी सङ्घ–सङ्गठन, जातीय तथा क्षेत्रीय सङ्घ–सङ्गठन, गैरआवासीय नेपाली सङ्घ पोर्चुगललगायतले विभिन्न समयमा नेपाल सरकारसमक्ष ज्ञापनपत्रसमेत बुझाउँदै आएका छन् । अहिले पोर्चुगलमा अनुमानित ३० हजार नेपाली बसोबास गर्छन् । नेपाल सरकारले अवैतनिक वाणिज्यदूतमार्फत काम गराइरहेको छ । विभिन्न समयमा एनआरएनए पोर्चुगलले आफ्नै पालामा दूतावास ल्याउने भन्दै आए पनि आजसम्म न दूतावास स्थापना भयो न कुनै पहलकदमी नै भयो । नेपाली समुदायका अगुवाहरू पनि सरकार खासै गम्भीर नबनेको गुनासो गर्छन् ।
पोर्चुगलमा नेपालीको सङ्ख्या बढ्दै गएकाले दैनिक रुपमा नेपालीले समस्या झेल्नु परेको नेपाल सरकार र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वयं जानकार हुनुहुन्छ । सरकार नेपाली समुदायको फाइदाभन्दा पनि पोर्चुगलसँग नेपालको व्यापार, पर्यटकको आगमन र विप्रेषण आप्रवाह उत्साहजनक नभएको भन्दै पछि हटेको कुरा पटकपटकको भ्रमण र पोर्चुगलमा रहेका नेपाली समुदायहरुको भेटमा मन्त्री ज्ञवालीले बताउँदै आउनुभएको छ ।
मन्त्रालयले दूतावास स्थापना गर्दा ठूलो धनराशि खर्च हुने र राज्यलाई थप आर्थिक भार बढ्ने देखेर सरकारको प्राथमिकतामा नपरेको बताइरहेको छ । सरकारले पोर्चुगलका नेपालीको समस्या दृष्टिगत गर्दै सरकारी कर्मचारी खटाएर पेरिस राजदूतावासको मातहत रही कामको सहजीकरण गर्न सहज वातावरण सिर्जना गर्ने अभियानमा रहेको जानकारी दिएको छ । रासस
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ