
१मनाङ र अन्नपूर्ण गाउँपालिकामा लेक लागेर चारजनाको मृत्यु
२प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
३निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
४चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
५निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
६‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
७जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
८नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
९विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१०अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
११स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
१२जेन-जी आन्दोलन : नेपाली सेनाको स्पष्टीकरण
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
७सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
८पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
९जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
१०आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
११प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
१२विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
भगवान् गिरी
लिस्बन । पोखरा घर भई दुई वर्ष पहिला युरोपेली मुलुक बेल्जियम भ्रमण प्रवेषाज्ञामा आउनुभएका सुन्दर गुरुङ युरोपमै बस्ने चाहनानुसार अस्थायी अनुमतिपत्र बनाउन सजिलो हुन्छ भन्दै पोर्चुगल आउनुभयो तर के गर्नु उहाँको समस्या नेपाली राहदानीको म्याद सकियो । पोर्चुगलमा नवीकरण गर्न दूतावास नभएकाले पोर्चुगललाई पनि हेर्ने गरी जिम्मेवारी पाएको फ्रान्सस्थित नेपाली दूतावासमा आवेदन फाराम भरेर बुझाउन उहाँ फ्रान्स जान सक्नुभएन तसर्थ उहाँको राहदानी बनाउन कठिनाइ भयो ।
पोर्चुगलबाट आवेदन फारम भरेर पठाउँदा समयमा राहदानी आएन । राहदानी समयमा नआएपछि लामो समयसम्म प्रतीक्षा गरेको अस्थायी वसोवास अनुमतिपत्र बनाउन पोर्चुगलको अध्यागमन विभाग सेफले दिएको समय त्यत्तिकै गुम्यो । गुल्मीका सञ्जीव ज्ञवाली डेनमार्कमा विद्यार्थी प्रवेषाज्ञामा श्रीमतीसहित आउनुभएको हो । उहाँहरुले पनि डेनमार्कको बसाइमा भविष्य देख्नु भएन र अस्थायी अनुमतिपत्र बनाउने हुट्हुटीले उहाँ पढाइलाई बिट मार्दै पोर्चुगल हानिनुभयो । पोर्चुगल आएपछि बच्चा जन्मियो । बच्चाको नेपाली राहदानी बनाउन एक वर्षअगाडि नै आवेदन फाराम भरेर पठाएको भए पनि अहिलेसम्म अत्तोपत्तो छैन ।
त्यस्तै एक नेपाली युवा पोर्चुगलसम्म आइपुग्दा नेपाली २५ लाख रुपैयाँ ऋण लाग्यो । उहाँले सोचेअनुसार न कमाई भयो, न समयमै अस्थायी अनुमतिपत्र बन्यो । आर्थिक भार बढ्यो, ब्याज तिर्न गाह्रो भयो । आफ्नो नाममा रहेको जग्गा बिक्री गरेर ऋण तिर्ने मनसाय बनाउँदै नेपाल भएकी श्रीमतीलाई मञ्जुरीनामा दिनुपर्ने तर प्रक्रिया पूरा गर्न निकै झन्झट झेल्नुपरेको बताउनुहुन्छ ।
सेवाग्राहीका यी र यस्तै समस्या दिनानुदिन बढ्दै गइरहेका छन् । नेपालीको चाप बढेकोबढ्यै छ । यहाँका नेपालीहरुले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलको सहजीकरणमा दूतावाससँग सम्बन्धित आवेदन फारम भरेर पठाउने काम गर्दै आएका छन् ।
पछिल्लो समयमा सङ्घले लामो समय फारम राजश्वको रकम दूतावासमा नपठाएको गुनासो आउन थालेपछि राजदूतावासले चासो दिएर सोधपुछ गरेपछि मात्रै गैरआवासीय नेपाली सङ्घ पोर्चुगलले प्रभावकारीरूपमा आवेदन फाराम समयमा नै पठाउने प्रतिबद्धता गर्दै रोकिएका आवेदन फाराम र राजश्वको रकम पेरिसस्थित दूतावासलाई बुझाएको फ्रान्सका लागि राजदूत दीपक अधिकारीले बताउनुभयो ।
फ्रान्सस्थित नेपाली दूतावासले पोर्चुगल पनि हेर्ने जिम्मेवारी पाएको हुनाले पोर्चुगलसँग सम्बन्धित राहदानीको आवेदन फारम, मञ्जुरीनामालगायतका काम गर्नुपर्दछ । राजदूत अधिकारीका अनुसार कोभिडका कारण एक देशदेखि अर्को देशमा जान समस्या भएकाले साथै राजदूतावासमा कर्मचारीको सङ्ख्या पनि कम भएको हुनाले नियमित पोर्चुगल आएर कार्य सम्पादन गर्न कठिनाइ परेका हो । नेपाली समुदायको सामाजिक संस्था भएकाले समस्यामा परेका नेपालीलाई सहयोग गर्छ भन्ने विश्वासका साथ गैरआवासीय नेपाली सङ्घ पोर्चुगललाई जिम्मेवारी दिनु परेको राजदूत अधिकारीले प्रस्ट पार्नुभएको छ ।
गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका कार्यवाहक अध्यक्ष सीता श्रेष्ठले विगतमा विभिन्न प्राविधिक समस्या आइपरेका कारण सेवाग्राहीले समस्या झेल्नुपरेको स्वीकार गर्दै आगामी दिनमा थप व्यवस्थापनका साथ आवेदन फाराम भरेर छिटोछरितो र दुरुस्त पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आवेदन फाराम हुलाकमार्फत पठाउनुपर्ने भएकाले हुलाक सेवा कहिलेकाहीँ ढिला हुने गर्दछ भने दूतावासले पनि नेपाल पठाउन पर्याप्त फाराम नभएको भन्दै रोकेर राख्नाले ढिलो हुने समस्याले सेवाग्राही महिनौँ प्रतीक्षा गर्नुपर्ने बाध्यता छ ।
यस्ता समस्या त कैयौँ छन् । पोर्चुगलमा नेपालीको सङ्ख्या बढ्दो छ । हालसम्म नेपाल सरकारले राजदूतावास वा नेपाल सरकारको आधिकारिक निकाय स्थापना गर्न चासो नै देखाएको पाइँदैन । दूतावास स्थापना गर्नुपर्ने भन्दै बेलाबखत सामाजिक सञ्जालका भित्ताहरू भरिन्छन् । पोर्चुगलमा भएका नेपाली मात्र होइन, नेपालभित्रै पनि पोर्चुगलमा दूतावास स्थापना हुनुपर्छ भन्ने पक्षमा बहस हुन थालेको छ ।
केही वर्षयता दूतावास स्थापनाका लागि पोर्चुगलमा बस्दै आएका नेपाली समुदाय, राजनीतिक पार्टी आबद्ध प्रवासी सङ्घ–सङ्गठन, जातीय तथा क्षेत्रीय सङ्घ–सङ्गठन, गैरआवासीय नेपाली सङ्घ पोर्चुगललगायतले विभिन्न समयमा नेपाल सरकारसमक्ष ज्ञापनपत्रसमेत बुझाउँदै आएका छन् । अहिले पोर्चुगलमा अनुमानित ३० हजार नेपाली बसोबास गर्छन् । नेपाल सरकारले अवैतनिक वाणिज्यदूतमार्फत काम गराइरहेको छ । विभिन्न समयमा एनआरएनए पोर्चुगलले आफ्नै पालामा दूतावास ल्याउने भन्दै आए पनि आजसम्म न दूतावास स्थापना भयो न कुनै पहलकदमी नै भयो । नेपाली समुदायका अगुवाहरू पनि सरकार खासै गम्भीर नबनेको गुनासो गर्छन् ।
पोर्चुगलमा नेपालीको सङ्ख्या बढ्दै गएकाले दैनिक रुपमा नेपालीले समस्या झेल्नु परेको नेपाल सरकार र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वयं जानकार हुनुहुन्छ । सरकार नेपाली समुदायको फाइदाभन्दा पनि पोर्चुगलसँग नेपालको व्यापार, पर्यटकको आगमन र विप्रेषण आप्रवाह उत्साहजनक नभएको भन्दै पछि हटेको कुरा पटकपटकको भ्रमण र पोर्चुगलमा रहेका नेपाली समुदायहरुको भेटमा मन्त्री ज्ञवालीले बताउँदै आउनुभएको छ ।
मन्त्रालयले दूतावास स्थापना गर्दा ठूलो धनराशि खर्च हुने र राज्यलाई थप आर्थिक भार बढ्ने देखेर सरकारको प्राथमिकतामा नपरेको बताइरहेको छ । सरकारले पोर्चुगलका नेपालीको समस्या दृष्टिगत गर्दै सरकारी कर्मचारी खटाएर पेरिस राजदूतावासको मातहत रही कामको सहजीकरण गर्न सहज वातावरण सिर्जना गर्ने अभियानमा रहेको जानकारी दिएको छ । रासस
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी