
१सामाजिक सञ्जालमा हुने गतिविधिको कडा निगरानी
२चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
३रास्वपा नेता राजु राईले पार्टी छाडे
४बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
५गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
६कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
७धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
८धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
९बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
१०बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
११धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
१२पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
६चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
७२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
८फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
९फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१२बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
तारानाथ आचार्य
बलेवा । बागलुङ नगरपालिका–१३ पैञ्युपाटास्थित पहरेलेक प्याराग्लाइडिङ गर्न उपयुक्त ठाउँको रुपमा छनोट भएको छ ।
यहाँ उत्तरतर्फ हावा बहन्छ, त्यसैले प्याराग्लाइडिङका लागि यो उपयुक्त ठाउँ भएको हो । स्थानीयवासीका अनुसार प्राकृतिक दृष्य पोखराको भन्दा कम छैन, हिमालको दृष्य पनि यहाँबाट सुन्दर देखिन्छ । त्यसैले प्याराग्लाइडिङको व्यावसायिक उडान गर्ने गरी यहाँ पूर्वाधार निर्माण थालिएको छ ।
“पहरे प्राकृतिक थलो हो, यसको उपयोग गरेर प्याराग्लाइडिङ चलाउँदा बलेवाको पर्यटनमा फड्को मार्न सकिन्छ”, प्याराग्लाइडिङका लागि पूर्वाधार बनाउन बनेको उपभोक्ता समितिका सचिव भरत पौडेलले भन्नुभयो, “कालीगण्डकीको तिरदेखि भकुण्डेको शिरसम्मका प्रकृतिका उपहार उपयोग गर्दैछौँ ।”
हावाको बेग मिल्ने र दृश्यावलोकनमा राम्रो देखिएपछि गण्डकी प्रदेश सरकारले रु २० लाख विनियोजन गरेर पूर्वाधार निर्माण थालेको सचिव पौडेलको भनाइ छ । बागलुङ नगरपालिका–६ स्थित एउटा पहाडमा घुम्न पुगेका युवाले बुद्धको आकृति देखेपछि प्रचार थाले ।
पछिल्लो समय बुद्ध हिलको नामले चर्चा पाएको पहाडमा पुग्ने आन्तरिक पर्यटक बढ्दै छन् । वडा कार्यालयले बुद्ध हिलमा पुग्ने पदमार्ग निर्माणमा चासो देखाएको छ । तस्बिर खिच्दा देखिने आकृतिले आन्तरिक पर्यटक मोहित भएको वडाध्यक्ष खेमराज सापकोटाले बताउनुभयो ।
काठेखोला गाउँपालिका–७ रेशमा स्थित माहुरी झरना पछिल्लो समय चर्चामा छ । रेश खोलामा पर्ने झरना हिजो पनि थियो तर प्रचार थिएन । पछिल्लो समय माहुरी झरनाको प्रचार शुरु भएको छ । स्थानीय युवाकै सक्रियतामा थालिएको प्रचारले मूर्तरुप मात्रै लिएको छैन, झरना पुग्न पदमार्गको निर्माणमा वडा कार्यालयले लगानी गरेको छ ।
स्थानीयवासीले उपभोक्ता समूह बनाएर पदमार्गका लागि श्रमदान गरेका छन् । झरनाको प्रचारप्रसार र यहाँ आउने पर्यटकका कारण रेशका स्थानीयवासीको आम्दानीसँग जोडिने वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । खहरेमा बगिरहेको पानीकोे सुन्दरताले रेशको पर्यटनमा प्रभाव पार्ने प्रचुर सम्भावना छ । व्यवसायी युवा राजु कार्की र उहाँको परिवारको सक्रियतामा बागलुङ नगरपालिका–१४ नारायणस्थानमा बञ्जीजम्प शुरु भएको छ ।
कालीगण्डकीको खोँच र धौलागिरि हिम शृङ्खलाको उपयोग गर्दै बञ्जी चलाउने प्रयत्न भइरहेको छ । रु २० करोड लगानीमा रिसोर्टसहित बनेको बञ्जीले प्रकृतिको सौन्दर्यता, बलेवा तथा पर्वतको कुश्मा बजारमा आर्थिक क्रियाकलापमा टेवा पु¥याउने व्यवसायी कार्कीको भनाइ छ ।
बागलुङमा रहेको प्राकृतिक सम्पदाको उपयोग गरेर पर्यटनको विकास गर्ने होडबाजीनै चलेको छ । ढोरपाटन शिकार आरक्षको मनोरम दृष्यको प्रचार होस् अथवा घुम्टेको धुरी बागलुङमा प्रकृतिकरुपमै आन्तरिक पर्यटकका लागि उपयुक्त गन्तव्य छन् । “हामीले सम्भावनाको खोजी नगरेर मात्रै हो, प्रकृतिले दिएका उपहार धेरै छन्”, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले भन्नुभयो, “गाईघाटको झरना, डुडेलेक र घुम्टे पर्यटकका लागि हामीले विकास गर्न लागेका प्राकृतिक सम्पदा हुन् ।” ताराखोलाले वातारण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ तयार गरेर कार्यान्वयनमा ल्याएको छ ।
ती स्थानका अलवा बागलुङमा वडा, पालिका र जिल्ला तहमै प्राकृतिक सम्पदासँग जोडेर पर्यटनका काम भइरहेका छन् । ‘एक वडा एक पहिचानको कार्यक्रम बनाइएको छ’ काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले भन्नुभयो, “धार्मिक, प्राकृतिक सम्पदाको उपयोग गरेर पर्यटनको विकासका योजना छन् ।”
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार