
१आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
२‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
३‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
४पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
५डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
६ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
७पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
८डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
९पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१०विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
११सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
८‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
९सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
बनेपा । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले निरन्तर ३० वर्षसम्म काम गरेर ६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि मासिक रु १० हजार भत्ता र आपत्कालीन अवस्थामा रहेकालाई सहयोग गर्ने कोष स्थापना गरेर कार्यान्वयनमा ल्याउने काम भइरहेको बताउनुभएको छ ।
‘नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाको २८औँ स्थापना दिवस तथा वार्षिक साधारणसभामा बिहीबार बनेपामा उहाँले ती काम छिट्टै कार्यान्वयनमा आउने बताउनुभयो । उहाँले महासङ्घको पहलमा रु पाँच करोड ३४ लाखको ‘पत्रकार सम्मान वृद्धि कोष’ स्थापना गरेर ३० वर्ष निरन्तर पत्रकारिता गरेर ६५ वर्ष पुगेकालाई पेन्सन दिने व्यवस्था गरेको उल्लेख गर्दै त्यससँगै द्वन्द्व पीडित र अपाङ्गता भएकालाई मासिक रु १० हजारका दरले जीवन निर्वाह भत्ता दिने निर्णय भएअनुरुप त्यसलाई छिट्टै कार्यान्वयनमा ल्याउने विषयमा प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो ।
आपत्कालीन अवस्थामा सहयोग गर्न रु एक करोडको कोष स्थापना गरेकामा त्यसका लागि अहिले रु ६० लाख जम्मा भइसकेको र बाँकी रु ४० लाख महाधिवेशनसम्म पुग्दा जम्मा गरिसक्ने उहाँले बताउनुभयो । पत्रकारिता पेशा गरेर अरु वैकल्पिक पेशा नभएका पत्रकारका लागि सहयोग गर्न केन्द्रले सबै जिल्लाबाट सिफारिसका लागि आग्रह गरेकामा अहिलेसम्ममा ६०० पत्रकारलाई सहयोग गरिसकेको उहाँले बताउनुभयो ।
कार्यक्रममा उहाँले समानुपातिक विज्ञापन ऐन लागू गर्न भनेर उठाएको मुद्दा अब छिट्टै कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभयो छ । सरकारले विज्ञापन बोर्ड बनाइसकेको र अब छिट्टै सबै मिडियालाई समानुपातिक ढङ्गले वितरण गर्ने भएकाले त्यो कार्यान्वयनमा आएपछि सबै सञ्चारगृहलाई सहयोग पुग्ने बताउनुभयो । त्यसका लागि आफूहरुको कार्यकालमा नै प्रयोगमा ल्याउन पहल भइरहेको अध्यक्ष आचार्यले बताउनुभयो ।
समानुपातिक विज्ञापन मात्रै लागू भयो भने सबैका लागि राम्रो हुने भएकाले त्यसलाई छिटो कार्यान्वयनमा ल्याउन सबै ठाउँबाट दबाब दिन आवश्यक रहेको उहाँले बताउनुभयो । छिटो कार्यान्वयनका लागि सुझाव दिए पनि कर्मचारीतन्त्रबाट उचित सहयोग नभइरहेको भन्दै त्यसका लागि सबै ठाउँबाट दबाब दिन आवश्यक रहेको उहाँको भनाइ थियो ।
महासङ्घको जग भनेको जिल्ला शाखा भएकाले शाखा जति मजबुत हुन्छ, त्यति नै बलियो हुने भन्दै जिल्लालाई सबै अधिकार दिएर बलियो, जवाफदेही र जिम्मेवार बनाउने काममा केन्द्र लागिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नागरिकको अगुवा संस्थाले केही पनि नलुकाउने र हरेक जिल्लाले वेबसाइटमा राख्ने काम हुनेछ ।” त्यसका लागि सबै जिल्ला शाखाको आफ्नै भवन बनाउने र पत्रकारको हकहित र अधिकारका लागि गर्नुपर्ने सबै काम जिल्लाबाट नै हुनेगरी प्रक्रिया अगाडि बढाइसकेको उहाँले बताउनुभयो । त्यसको निगरानी प्रदेशले गर्ने र नीतिगत कुरामा केन्द्रले लबिङ गर्ने उहाँको भनाइ छ । पत्रकार महासङ्घको सबै जिल्ला, प्रदेश र केन्द्र बलियो हुँदा सङ्घीयता पनि बलियो हुने र सरकार पनि बलियो हुने भएकाले सबैलाई बलियो बनाउन सरकारसँग छलफल भइरहेको हुँदा त्यसका लागि महासङ्घ केन्द्रीय समिति अघि बढिरहेको उहाँले बताउनुभयो ।
सो क्रममा उहाँले महासङ्घकै पहलमा कोभिडको बेलामा सञ्चारगृहले निष्काशन गरेका पत्रकारको पक्षमा लडेर न्याय दिलाएको बताउनुभयो । पत्रकारका हकहितको पक्षमा सम्झौताहीन ढङ्गले लडेर उहाँहरुको पक्षमा काम गरिरहेको बताउनुभयो । सो अवसरमा उहाँले जिल्ला शाखामध्येमा काभ्रेपलाञ्चोक शाखा उत्कृष्ट शाखाको रूपमा सम्मान गरेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा सचिव रामप्रसाद दाहालले कोभिडका कारण यसअघि नै गरिसक्नुपर्ने महाधिवेशन अब आगामी फागुन ३ गते सम्पन्न हुने बताउनुभयो । त्यसका लागि सबै जिल्ला शाखा र प्रदेश समितिले बढी भूमिका खेल्न आवश्यक रहेको उहाँले बताउनुभयो । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझाले सरकारले गठन गर्ने भनेको आमसञ्चार प्रतिष्ठानलाई छिटो गठन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा वाग्मती प्रदेशका उपाध्यक्ष यदुनाथ गौतम, महासचिव कृष्ण सारु, सचिव सुरेश हुमागाइँ, शाखा सल्लाहकार भोजराज तिमल्सिना, भोला थापा, प्रेस सङ्गठन नेपाल वाग्मती प्रदेशका सहसंयोजक सुनिल खड्कालगायतले सदस्यता नवीकरण र त्यसका लागि खेल्नुपर्ने भूमिकाका विषयमा आ-आफ्नो धारणा राख्नुभएको थियो । सो क्रममा महासङ्घले प्रदान गर्दै आएको स्व भरतराज पत्रकारिता पुरस्कार यस वर्ष प्रदीप केसीलाई प्रदान गरेको थियो । महासङ्घले साधारणसभा सम्पन्न गर्न सहयोग गर्ने विभिन्न सङ्घसंस्थालाई सम्मान गरेको थियो ।रासस
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’