
१पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
३फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
४कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
५गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
६भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
७पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
८बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१२तिब्बतर्फ ताल पुन: फुट्यो
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
८पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी धौलागिरी ब्यूरोले पुस ३ गते धौलागिरी बन्दको घोषणा गरेको छ । आफ्ना नेता जगेन्द्र पुन ‘जगत’को कारागारमा रहेको अवस्थामा अस्वभाविक मृत्यु भएको भन्दै नेकपाले आन्दोलनको कार्यक्रमको घोषणा गरेको हो ।
धौलागिरी ब्यूरो इन्चार्ज राजनले आज जारी गरेको विज्ञप्तिमा विभिन्न वाहनामा पटक–पटक गिरफ्तार, हिरासत र जेल जीवन बिताई रहनु भएका म्याग्दीका लोकप्रिय नेता जगेन्द्र पुन ‘जगत’को अस्वभाविक मृत्यु भएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
राज्यको नियन्त्रणमा रहँदा मानसिक तथा शारीरिक यातनाका कारण विरामी भई उपचारका क्रममा मंसिर २९ गते मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा निधन भएका म्याग्दी जनसरकार प्रमुख समेत रहेका जगतको शव आजसम्म पनि परिवारजनले बुझ्न मानेका छैनन् ।
पर्वत जेल प्रशासनले राजवन्दीको स्वास्थ्यप्रति गम्भिर खेलवाड गर्दै उपचारको सिलसिलामा चरम लापरवाही र गैरजिम्मेवारीपन देखिएको आरोप इन्चार्ज राजनले लगाएका छन् । गम्भिर प्रकृतिको विरामीलाई अस्पतालमा छिटो लिएर उपचार गर्नुको अलवा कास्की कारगारमा बुझाउन खोज्नु, अस्पताल पु¥याई सकेपछि पनि समयमा नै उपचारको प्रक्रिया अगाडि नबढाउनु, उल्टै ‘विप्लव’को मान्छे भएकोले सिध्याई दिनुपर्छ भन्ने लगायतका कारण जनसरकार प्रमुख जगतको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
राजवन्दीको स्वास्थ्य प्रति खेलवाड गर्ने र उपचार नगरी मृत्युको डिलमा पु¥याउने कार्यप्रति नेकपा धौलागिरी ब्यूरोले भत्र्सना गरेको छ । घटनाको बारेमा आवश्यक छानविन र दोषी उपर कुनै कारवाही प्रक्रिया अगाडि नबढाई उल्टै शव बुझ्न परिवारलाई दिईएको दवावप्रति पनि नेकपा धौलागिरी ब्यूरोले भत्र्सना गरेको छ ।
पर्वत जिल्ला प्रशासनका सिडिओ, डिएसपी, जेलर लगायत उपचारमा संलग्नलाई पनि यस घटनाको विषयमा छानबिनको दायरा भित्र राख्न विज्ञप्तिमा अनुरोध गरिएको छ । विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन गर्न र घटनाका दोषीलाई कारवाहीमा सहयोग पु¥याउन मानव अधिकारकर्मी, कानुनविद् र सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।
उचित छानविन र दोषी उपर कारवाही नभएको खण्डमा थप संघर्षको कार्यक्रम गर्न बाध्य हुने जानकारी दिदैं विज्ञप्तिमा संघर्षको कार्यक्रमलाई सम्पूर्ण उद्योग, व्यवसाय, यातायात, कलकारखाना, शिक्षण संस्था लगायत सम्पूर्ण संघसंस्था बन्द गरी सहयोग गर्न पनि धौलागिरी ब्यूरो इन्चार्ज राजनले अपिल गर्नुभएको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने