
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
३‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
४जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
५नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
६विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
७अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
८स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
९जेन-जी आन्दोलन : नेपाली सेनाको स्पष्टीकरण
१०नर्सलाई सरकारी सरह तलब र सुविधा सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
११‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
१२पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
१‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने
६समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
७पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
८पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
९सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
१०माओवादी नेताहरूको विलासी जीवनशैलीमाथि प्रश्न
११आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
१२जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत साइकल लेन निर्माण शुरु गरेको छ । गत आर्थिक वर्षदेखि शुरु भएको साइकल लेन निर्माणलाई बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ ।
मुकुन्देश्वरीदेखि रामकोट जोड्ने गरी साइकल लेनको काम पुनः थालिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । गत जेठ महिनामा शुरु गरिएको उक्त काममार्फत गाउँपालिकाले २७ जनालाई रोजगारी दिएको थियो । मङ्गलबारबाट १५ अतिविपन्न श्रमिकलाई उक्त काममा परिचालन गरिएको अध्यक्ष थापाले बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले अतिविपन्न श्रमिकलाई माघसम्मका लागि रोजगारी दिइएको जानकारी दिनुभयो । साइकल लेनको विभिन्न स्थानमा साइकल पार्क, पोखरी तथा विश्रामस्थलसमेत निर्माण गरिनेछ ।
गाउँपालिकामा आर्थिक वर्ष २०७७÷७८ मा वडा नं १ मा २९, वडा नं २ मा ५६, वडा नं ३ मा ८०, वडा नं ४ मा १४, वडा नं ५ मा ६१ र वडा नं ६ मा १२० जना सूचीकृत भएका छन् । सूचीकृत ३६० मध्ये प्राथमिकता क्रममा परेका अतिविपन्न श्रमिकलाई गाउँपालिकाले नियमित विकास निर्माण कार्यक्रमअन्तर्गतका आयोजनामा परिचालन गरी रोजगारी प्रदान गर्ने गाउँपालिकाका रोजगार संयोजक शरणसिंह गुरुङले जानकारी दिनुभयो । गाउँपालिकामा चालु आर्थिक वर्षमा दातृ निकाय र नेपाल सरकारबाट कूल रु ६८ लाख २५ हजार सःशर्त अनुदान रकम ज्यालामा खर्च गर्ने गरी विनियोजन भएको छ ।
गाउँपालिकाले चालु आवको नीति तथा कार्यक्रममा समावेश गरेको ‘गाउँ प्रमुखसँग रोजगार’ कार्यक्रमलाई पनि प्रधानमन्त्री रोजगार कार्यक्रमसँगै अगाडि बढाउने तयारी गरेको छ । उक्त कार्यक्रमका लागि गाउँपालिकाले चालु आवमा रु ३० लाख बजेट विनियोजन गरेको छ । बन्दीपुर गाउँपालिका–२ बाट वडा नं ३ रामकोट जोडिने उक्त साइकल लेन चार किमीको हुनेछ । साइकल लेनले गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । देश तथा विदेशमा प्रख्यात रहेको बन्दीपुरमा नयाँ–नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने उद्देश्यसहित साइकल लेन निर्माण शुरु गरिएको हो । “साइकल लेन निर्माणपछि राष्ट्रियस्तरका साइकल प्रतियोगिता बन्दीपुरमा गर्न सकिने र यसले यहाँको प्रचारप्रसार हुनेछ”, गाउँपालिकाका अध्यक्ष थापाले भन्नुभयो ।
गाउँपालिकाले विकासका लागि गुरुयोजना नै बनाएर अगाडि बढेको छ । गाउँपालिकाले बन्दीपुरको २० वर्षे गुरुयोजना तयार गरिसकेको छ । काठमाडौँ, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रको पनि केन्द्रका रूपमा विकास गर्ने गाउँपालिकाको सोच छ । बन्दीपुर आफैँमा एउटा प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले यसलाई संरक्षण, संवद्र्धन र विकास गरी यो क्षेत्रको प्रमुख आयस्रोत नै पर्यटन बनाउने योजनासहित गाउँपालिकाले कार्यक्रम अगाडि बढाउने थापाले जानकारी दिनुभयो ।
सोहीबमोजिम गाउँपालिकाले वडा नं २ स्थित थानीमाई मन्दिरबाट पदमार्ग पर्खाल निर्माण शुरु गरिसकेको छ । चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी गत वर्षदेखि नै पदमार्ग पर्खाल निर्माणको काम भइरहेको छ ।
१‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने