
१राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४चुनावी मैदानमा विप्लव
५राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१२रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
पोखरा । कास्की निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सांसद विद्या भट्टराईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत चालू वर्षका योजना सार्वजनिक गर्नुभएको छ ।
सांसद भट्टराईले आज पोखरामा पत्रकार सम्मेलन गरी पोखरा महानगरपालिकाअन्तर्गतका ११ वडा रहेको आफ्नो निर्वाचन क्षेत्रमा पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत रु चार करोड बजेटबाट ३० योजना छनोट गरिएको जानकारी दिनुभयो ।
प्रतिनिधिसभा सदस्य भट्टराईले चालू वर्षमा नै सम्पन्न गर्न सकिने खालका पूर्वाधार विकासमा केन्द्रित गरेर योजना छनोट गरेको बताउनुभयो । गत वर्ष मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनबाट प्रतिनिधिसभामा विजयी सांसद भट्टराईले आफूले एक वर्षका अवधिमा अल्पकालीन योजना सम्पन्न गर्ने तथा दीर्घकालीन योजनालाई प्राथमिकताका साथ अघि बढाउने कार्य गरेको बताउनुभयो ।
सांसद भट्टराईले पोखरा–७ र ६ जोड्ने मूलखोकमा बन्दै गरेको अपूरो कल्भर्टसहितको पुल निर्माण र रिटेनिङ वालमा रु २५ लाख बजेट छुट्याउनुभएको छ । पोखरा–११ को कालिकाचोक व्यँसघारी सडक स्तरोन्नति, रामघाट परोपकार संस्था किरियापुत्री भवन जाने बाटो स्तरोन्नतिमा रु २५ लाख बजेट विनियोजन गरिएको सांसद भट्टराईले जानकारी दिनुभयो ।
वडा नं ८ को शिवालय मार्ग ढल निर्माण र रक्तसञ्चार केन्द्र पूर्वाधार निर्माणमा रु २०/२० लाखका दरले विनियोजन गरिएको छ । पोखरा–३३ को खैरेनी सिगारेवास, लामगादी, उपल्लो पुँडीटार सामुदायिक भवन निर्माणमा रु २० लाख, वडा नं २० को हरिहर आमा समूह, शिव बहुउद्देश्यीय भवन तथा देवीडाँडा मालिकमार्ग सडकमा रु १५ लाख, मौजा लामडाँडा खेलमैदान र कुरगाउँ सांस्कृतिकस्थल संरक्षणमा रु १५ लाख वडा नं २१ को सेल्टारी कृषि सडक र एकहाते रामदी खानेपानीका लागि रु १५ लाख बजेट छुट््याइएको छ ।
वडा नं ९ मा महेन्द्र मावि र नवप्रभात माविका भौतिक संरचना निर्माणमा रु १० लाख, जलारी समाज भवन, शान्ति दर्शन बहुउद्देश्यीय भवनमा रु १० लाख र शान्ति वनस्थित स्मृति सभाहल र साहारा आधारभूत विद्यालयको स्तरोन्नतिका लागि रु १० लाख तथा जिल्ला ट्राफिक कार्यालयमा पूर्वाधार निर्माणमा रु १० लाख छुट््याइएको छ ।
वडा नं १५ मा फूलबारी मार्ग सडक र अलकापुर मार्ग स्तरोन्नतिका लागि रु १५ लाख दरले बजेट विनियोजन गरिएको छ । वडा नं १७ मा आँखा अस्पतालदेखि रामनगरटोलको सडक स्तरोन्नतिमा रु १५ लाख तथा खरबारी सोतोको भलपानी निकास र जनकल्याण टोल भवनका लागि रु १५ लाख छुट्याईएको छ ।
यसैगरी पोखरा–४ मा बूढानीलकण्ठ बहुउद्देश्यीय सामुदायिक भवन निर्माण र गणेश मन्दिर पछाडिको सडक स्तरोन्नतिमा रु १०÷१० लाख विनियोजन गरिएको छ ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने