
१डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
२पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
३विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
४सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
५ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
६विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१०बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
११शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
९सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१०आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
११फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१२‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
गोरखा, २५ असोज । गोरखाको चुमनुव्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङको बीचमा गएको ठूलो पहिरोले थुनिएको बुढीगण्डकी नदी फुटेपछि आइतबार बिहान भीषण बाढी आएको छ। बिहान करिब साढे ४ बजे ठूलो आवाजसहित नदी फुटेर आएको बाढीले संरचनाहरू बगाउनुका साथै तटीय क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको छ।
अहिलेसम्म मानवीय क्षति नभए पनि चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार लेकमा रहेका ५ जना गोठाला सम्पर्कविहीन छन्। बाढीको पूर्वसूचना पाएपछि स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ भागेका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो।
६ जिल्लामा उच्च सतर्कता र उद्धार पहलः
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आरूघाट स्टेसनमा बिहान पौने १० बजे बूढीगण्डकीको जलसतह ८.४३ मिटर पुगेको छ, जुन खतराको तोकिएको तह (५ मिटर) भन्दा धेरै बढी हो।
बूढीगण्डकी सिउरेनीटारमा पुगेर त्रिशूली नदीमा मिसिने भएकाले प्राधिकरणले तल्लो तटीय क्षेत्रका गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिम गरी ६ वटा जिल्लाका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा स्थानीय जनप्रतिनिधिहरूले माइकिङ गर्दै सतर्कता अपनाउन आग्रह गरिरहेका छन्। गृहमन्त्री सुधन गुरुङले बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीनवटै सुरक्षा निकाय परिचालन भइसकेको जानकारी दिएका छन्।