
१स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
३पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
७‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
८पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
काठमाडौं, १८ असोज । अन्य दलहरू आन्तरिक विवाद र अल्झनमा रुमल्लिएका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ६ महिनापछि हुने स्थानीय तहको निर्वाचनको तयारीमा पूर्ण रूपमा होमिएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पाँच घण्टा लामो केन्द्रीय समिति बैठकले स्थानीय निर्वाचनलाई लक्षित गर्दै विभिन्न महत्त्वपूर्ण राजनीतिक तथा सांगठनिक निर्णयहरू गरेको हो।
बैठकले महामन्त्री विपिन आचार्यको संयोजकत्वमा शक्तिशाली ‘केन्द्रीय उम्मेदवार छनोट समिति’ गठन गरेको छ। सात सदस्यीय यस समितिमा मिलन लिम्बू, रहवर अन्सारी, तोसिमा कार्की, कवीन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी ल्हाजोम र जनकसिंह धामी मनोनयन भएका छन् भने सबै प्रदेशका पार्टी सभापतिहरू यसमा पदेन सदस्य रहनेछन्। जनतासँगको दूरी घटाएर स्थानीय तहमा बलियो पकड बनाउने उद्देश्यसहित निर्वाचन केन्द्रित रणनीतिमा अघि बढेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
स्थानीय तहको चुनावलाई केन्द्रबिन्दुमा राखेर रास्वपाले आगामी असोज २० देखि २७ गतेसम्म ७७ वटै जिल्लाका ७५३ वटै पालिकामा ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने भएको छ। केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यहरूको नेतृत्वमा सञ्चालन हुने उक्त अभियानका क्रममा नेताहरू जनताको घरदैलोमा पुगी स्थानीय सरोकार, पार्टीका एजेन्डा र जनगुनासाबारे विस्तृत छलफल तथा सुझाव संकलन गर्नेछन्। यसका लागि सबै केन्द्रीय सदस्य र सांसदहरूलाई अनिवार्य रूपमा क्षेत्रमा खटिन निर्देशन दिइएको छ।
यसैबीच, पार्टीको सांगठनिक गतिशीलतालाई थप प्रभावकारी बनाउन केन्द्रीय विभागहरूमा पनि नेतृत्व चयन गरिएको छ। प्रवास सम्पर्क विभागको प्रमुखमा मनीष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान, कानुनी मामिला विभागमा मोहनलाल आचार्य, सुशासन तथा राज्य व्यवस्था विभागमा सुदीप ढकाल र विधायन तथा संसदीय मामिला विभागमा सुलभ खरेल जिम्मेवारीमा आएका छन्। यस्तै, कृषिमा ज्ञानेन्द्र महता, श्रममा दीपककुमार साह, उपभोक्ता अधिकारमा शर्मिला खनाल, सूचना प्रविधिमा आनन्दबहादुर चन्द र संस्कृति तथा पर्यटन विभागमा डा. धनञ्जय रेग्मीलाई प्रमुख तोकिएको छ। वातावरण विभागमा धर्म केसी र सामाजिक न्याय तथा समता प्रवद्र्धनमा रिमा विश्वकर्मा प्रमुख बनेका छन् भने अभियान तथा प्रचारप्रसारमा आनन्द मिश्र र अर्थ विभागमा डिल्लीश्वर कार्की उपप्रमुखमा नियुक्त भएका छन्।
बैठकले मधेस प्रदेश संगठनको समस्या समाधान गर्न सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदन ग्रहण गरेको छ। उक्त प्रतिवेदनमाथि अध्ययन गरी पार्टी सचिवालयले आवश्यक र ठोस निर्णय लिने बताइएको छ। त्यस्तै, पार्टीको केन्द्रीय कार्यालयका लागि काठमाडौं उपत्यकाभित्र पायक पर्ने स्थानमा आफ्नै जमिन वा घर खरिद प्रक्रिया अगाडि बढाउने निर्णयसमेत बैठकले गरेको छ।
जनता र पार्टीको सम्बन्ध सुदृढ गर्न सभापति लामिछानेको कडा निर्देशन
बैठकमा पार्टी सभापति रवि लामिछानेले नेता, सांसद तथा मन्त्रीहरूलाई जनतासँगको सम्बन्ध अझै सुदृढ र प्रगाढ बनाउन कडा निर्देशन दिएका छन्। जनताको अपार विश्वासबाट सत्तामा पुगेको उल्लेख गर्दै उनले पार्टीलाई विस्तारित मात्र नभई संस्थागत रूपमा बलियो बनाउनुपर्नेमा जोड दिए।
मन्त्रीहरूलाई लक्षित गर्दै सभापति लामिछानेले चिनजान र पहुँचवालालाई मात्र भेट्ने परिपाटी अन्त्य गर्न आग्रह गरे। ‘सुझाव र गुनासा बोकेर घण्टौँ तथा कैयौँ दिन लगाएर सिंहदरबार पुग्ने सर्वसाधारणलाई सहज रूपमा भेट्नुहोस्, उहाँहरूको गुनासा सुन्नुहोस् र तत्काल सम्बोधन गर्नुहोस्,’ लामिछानेको भनाइ उद्धृत गर्दै प्रवक्ता खरेलले भने, ‘जनतासँगको सम्बन्ध टुटेको दिन हामीसँग केही पनि रहनेछैन। जनताले प्रत्यक्ष अनुभूति हुने गरी संवाद गर्नुस्।’
त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहसँगको सम्बन्ध अत्यन्तै सुमधुर रहेको र निरन्तर संवाद भइरहेको स्पष्ट पार्दै सभापति लामिछानेले सरकारलाई पूर्ण सहयोग गर्न नेताहरूलाई निर्देशन दिए। सरकार गठन भएको ६ महिनाको अवधिमा सुशासनको क्षेत्रमा प्रशंसनीय काम भएको उल्लेख गर्दै उनले भने, ‘सरकार सही ट्र्याकमा छ, जनताले परिणाम महसुस गर्न अर्को ६ महिना लाग्न सक्छ, हामी सबैले सरकारलाई सफल बनाउन सहयोग गर्नुपर्छ।’
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई