
१फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
३‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
४पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
पोखरा, १६ असोज । पोखरा महानगरपालिकाले फेवातालमा मिसिने फिर्के खोलालाई अतिक्रमणमुक्त गरी प्राकृतिक बहाव कायम राख्न खोलाघरभित्र निर्माण गरिएका अवैध संरचना हटाउने अभियान पुनः सुरु गरेको छ। ५ महिनाअघि आंशिक रूपमा रोकिएको यो अभियानअन्तर्गत बिहीबारदेखि डोजर लगाएर पूर्ण रूपमा संरचना हटाउन थालिएको हो।
महानगरपालिकाले यसअघि गत जेठ १० गतेदेखि फिर्के खोलाका मापदण्ड विपरीतका संरचना हटाउने कार्यको थालनी गरेको थियो। केही संरचना हटाएपछि स्थानीय घरधनी तथा सङ्घ-संस्थाहरूले आफैँ संरचना हटाउने प्रतिबद्धता जनाउँदै समय मागेका थिए। तोकिएको सीमा, वर्षायाम र विभिन्न प्राकृतिक आपत्कालीन परिस्थितिलाई मध्यनजर गर्दै महानगरले थप समय उपलब्ध गराए पनि अधिकांशले अटेर गरेपछि बाध्य भएर डोजर चलाउनु परेको नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाले जानकारी दिए।
पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलामा गरिएको नापजाँच अनुसार स्थायी र अस्थायी गरी कुल १६० वटा अवैध संरचना रहेका छन्। यसअघि पहिलो चरणमा १०२ वटा संरचना हटिसकेका छन्। बाँकी रहेका ५८ वटा संरचना हटाउने क्रममा दोस्रो चरणको पहिलो दिन बिहीबार ६ वटा संरचना भत्काइएको महानगरले जनाएको छ।
लामो कानुनी तथा प्रशासनिक प्रक्रिया र अदालतको आदेशसमेतको पालना गरेरै खोलाको प्राकृतिक बहाव क्षेत्र संरक्षण, बाढी तथा डुबानको जोखिम न्यूनीकरण र सुरक्षित पोखरा निर्माणका लागि यो कदम चालिएको महानगरपालिकाको भनाई छ । ‘माइकिङमार्फत सूचना जारी गर्दा र स्वेच्छाले हटाउन पर्याप्त समय दिँदा पनि नहटाइएकाले संरचना हटाउने कार्यलाई निरन्तरता दिनुपरेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको प्रतिक्रिया छ ।
महानगरको यस कदमप्रति नागरिक समाजले स्वागत गरेको छ। नागरिक समाज पोखराका संस्थापक संयोजक तथा अभियन्ता रामबहादुर पौडेलले खोलाघर खाली गर्ने अभियान सुरु भएकामा खुसी व्यक्त गर्दै अब यसलाई अधुरो छाड्न नहुने बताए। उनले खोलाघरका संरचना पूर्ण रूपमा खाली गरेपछि महानगरले दोस्रो चरणमा मुआब्जा वितरण र खोलाका दायाँबायाँ फुटट्र्याक तथा साइकल लेन सहितको ’फिर्के करिडोर’ निर्माणमा तुरुन्त लाग्नुपर्ने सुझाव दिए। साथै, फिर्के करिडोरको काम पूर्ण रूपमा सम्पन्न भएमा मेयर धनराज आचार्यसहित सम्बन्धित वडाका अध्यक्षहरूलाई सार्वजनिक समारोहमा सम्मान गर्ने उनले घोषणा गरे।
महानगरपालिकाले यो सफाइ अभियान सम्पन्न भएपछि ’फिर्के परियोजना’ सञ्चालन गर्ने महत्वाकांक्षी योजना अगाडि बढाएको छ। यस परियोजनाअन्तर्गत खोला करिडोर निर्माण, हरियाली प्रवद्र्धन र यस क्षेत्रलाई प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
साबिकको ग्यारजातीदेखि सराङकोट हुँदै हाल पोखरा महानगरपालिकाका विभिन्न ८ वटा वडा भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ ८ किलोमिटर रहेको छ। प्राविधिक नापजाँचका क्रममा यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको पाइएको छ भने यसको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ वटा सीमा स्तम्भ गाडिएका छन्।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई