
१पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
३पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
४सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
५फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
६कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
७गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१०बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
११रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
पोखरा, २३ भदौं । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम निर्वाचित भएकी छिन् । संघको ७२ वर्षको लामो इतिहासमा पहिलो पटक महिला नेतृत्व चयन गर्दै गौतमले ऐतिहासिक सफलता हात पारेकी हुन् ।
उनले अन्य तीन जना प्रत्यासीलाई पछि पार्दै निजी क्षेत्रको यस छाता संस्थाको बागडोर सम्हाल्ने पहिलो महिला बन्ने सौभाग्य प्राप्त गरेकी हुन् । यसअघि संघको इतिहासमा हीरा भट्टराई र बिन्दु कोइरालाले पनि अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरे पनि सफलता पाउन सकेका थिएनन्।
संघको ३६औँ महाधिवेशन अन्तर्गत भएको मतदानमा कुल २ हजार ७३१ मतदातामध्ये २ हजार २७४ मत खसेको थियो। सोमबार साँझ घोषित अन्तिम मतपरिणाम अनुसार गौतमले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ११४ मतान्तरले पराजित गरेकी हुन् ।
निर्वाचनमा गौतमले ७५१ मत प्राप्त गरेकी छिन् भने उनका निकटतम प्रतिस्पर्धी अर्जुन पोखरेलले ६३७ मत ल्याएका छन्। त्यसैगरी, उत्तममान बुद्धाचार्यले ६०१ मत र बलराम आचार्यले २५३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। अध्यक्ष पदका लागि गौतम र आचार्य प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए।
नवनिर्वाचित कार्यसमितिको पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ, महासचिवमा सुदीप प्रधानाङ्ग, कोषाध्यक्षमा देवेन्द्र प्रजू र उपमहासचिवमा प्रदीप राजभण्डारी निर्वाचित भएका छन्। विजयी पदाधिकारीमध्ये उद्योग उपाध्यक्षमा थापा गौतम प्यानलका हुन्।
त्यसैगरी, १० खुला सदस्यतर्फ अमृत पोख्रेल, दुर्गा बराल, निर्मला चापागाईं, गोविन्दबहादुर केसी, रामेश्वर अधिकारी, मनोहरि पौडेल, भानुभक्त अधिकारी, दिलीपकुमार श्रेष्ठ, रामप्रसाद कँडेल र कमलबहादुर सुनार निर्वाचित भएका छन् ।
यसअघि नै ४ वस्तुगत सदस्यतर्फ केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकाल तथा १ औद्योगिक सदस्यमा पिताम्बर अधिकारी निर्विरोध भइसकेको निर्वाचन समिति संयोजक दामु अधिकारीले जानकारी दिए । पोखरा उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग