
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
गोरखा, २२ भदौं । गोरखाको चुमनुब्री गाउँपालिकामा बाढीले घरबारविहीन बनाएका स्थानीय बासिन्दालाई स्थानीय होटलमा आश्रय दिएको छ।
गाउँपालिका वडा नम्बर २ र ४ को सीमामा बग्ने थेराङ खोलामा आएको लेदोसहितको बाढीका कारण पूर्ण रूपमा घरविहीन हुन पुगेका चार परिवारलाई सुरक्षित बासका लागि होटलमा राखिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए। उनका अनुसार बाढीपीडितहरूलाई वडा नम्बर ४ का सदस्य फुर्पू ठिले लामाले सञ्चालन गर्दै आएको होटलमा अस्थायी रूपमा बस्ने व्यवस्था मिलाइएको हो।
आइतबार बिहान साढे तीन बजे थेराङ खोलामा आएको बाढीले चारवटा घर, दुईवटा पुल र एक जलविद्युत आयोजनामा क्षति पुर्याएको थियो। विपद्बाट प्रभावित ओर्केन छोटेन लामा, लाक्पा भुटी लामा, नुर्बु वाङग्याल लामा र छिरिङ वाङ्दी लामाको परिवारलाई गाउँपालिकाले तत्काल राहतस्वरूप चामल, तेल, नुन, चाउचाउ, बिस्कुट, मसला र चिनीलगायतका खाद्यान्न सामग्रीहरू वितरण गरिसकेको छ।
यसैबीच, बाढीले पुलहरू बगाएपछि मनास्लु पदमार्गमा आवतजावत पूर्ण रूपमा बन्द भएको छ। पदमार्ग रोकिएपछि पर्यटक तथा स्थानीयको सहजताका लागि गाउँपालिकाले वैकल्पिक व्यवस्था गरी बाटो खुलाउने तयारी थालेको छ। वडा नम्बर ४ का अध्यक्ष पेमा ग्याल्पो लामाको नेतृत्वमा गएको टोलीले घटनास्थलको स्थलगत अवलोकन गरिसकेको छ भने सुक्सम झोलुङ्गे पुल खण्डमा वैकल्पिक बाटो निर्माणको कार्य आजैदेखि सुरु गरिने अध्यक्ष लामाले बताएका छन्।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी